29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<123>>>
Show:
  • जीवन रहेसम्म देश र समाजको लागि काम गर्छु
    2022-08-24 03:16:46   |   Comments: 0

    बिगत लामो समयदेखि राजनीति र समाज सेवामा सक्रिय रहेका प्रकाश मर्हजन काठमाडौं क्षेत्र नं ५ “क” का प्रदेश सांसदका आकांक्षी हुन । नेपाली कांग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधी समेत रहेका मर्हजन नेविसंघका पुर्व केन्द्रिय सह महामन्त्री समेत भई सकेका छन् ।

  • यो क्षेत्रमा नेतृत्वको भ्याकुम छ, म त्यो भ्याकुम फुलफिल गर्न निर्वाचनमा होमिएको हु
    2022-06-30 03:21:54   |   Comments: 0

    आफु यो क्षेत्रमा हेभीवेटेड व्यक्तित्व भएको र आफुले क्षेत्रिय, राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरमा बिभिन्न सेवाहरुमा संलग्न रहंदा हाँसिल गरेको अनुभव, कामहरु, आफ्नो पेशागत, राजनीतिक एवं सामाजिक सम्वन्ध र आफु जुन समाजमा अर्थात क्षेत्र बस्छु त्यो समाजले आफुप्रति देखाएको बिश्वास नैं मेरो जित्ने आधार हो, उनी भन्छन ।

  • देउवा र पौडेल बिचको केमेस्ट्री
    2017-10-10 01:34:02   |   Comments: 0

    कांग्रेसलाई नेपालका आम नागरिकले मात्रै होइन विश्वले नै लोकतान्त्रिक मूल्य मान्यतामा चल्ने पार्टी भनेर चिन्दै आएको छ । अन्य राजनीतिक दललाई भन्दा छिमेकी र भौगोलिक दृष्टिका हिसावले टाढाका मित्रराष्ट्रले कांग्रेसलाई विश्वास गर्ने आधार पनि सायद यही नै हुुनसक्छ । तर राजनीतिमा यस्तो देखिदैन । पार्टीको १३ औं महाधिवेशनबाट सभापति बनेका बर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाका कारण अहिले कांग्रेसले विश्वसामु आफ्नो विश्वास गुमाउदै गएको छ । हुनतः देउवा जव जव शक्तिमा आउँछन, तव तव मुलुक र प्रजातन्त्रमाथि केहि न केहि अनिष्ट भइरहन्छ । देउवाले २०५९ सालमा आफु प्रधानमन्त्री भएको वेलामा प्रजातन्त्रलाई तत्कालिन राजा ज्ञानेन्द्रलाई बुझाए, व्यवस्थापिका संसद विघठन गरेर । त्यसपछि प्रजातन्त्रलाई पुनःस्थापन गर्न दलहरुले २०६२०६२ को १९ दिने जनआन्दोलन गर्नु प¥यो । त्यसभन्दा अघि उनलाई कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र विपरित काम गरेको भन्दै साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेपछि पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । नयाँ पार्टी गठन गर्नु देउवाको मुख्य उद्देश्य थियो, प्रधानमन्त्री बन्नु । केहि समय आफ्नो त्यो अभिष्ट प्रधानमन्त्री बनेर पुरा पनि गरे । तर, उनलाई तत्कालीन राज ज्ञानेन्द्रले असक्षमको बिल्ला लगाउँदै प्रधानमन्त्री पदबाट हटाईदिए ।

  • संकटमा नयाँ शक्ति
    2017-08-30 04:42:36   |   Comments: 0

    डा. बावुराम भट्राईको नयाँ शक्ति पार्टी संकटमा परेको छ । धुमधामकासाथ र यही चुनावमा बहुमत ल्याउने दावी गरेको नयाँ शक्तिमा बावुराम र उनकी पत्नी हिसिलायमि मात्र बाकी रहेका छन । सवैले छोडदै जादा र यो बेला सम्म आइपुदा उनका सवैभनदा निकट मानिएका देवेन्द्र पौडेलले पनि छाडे । यसैकारण उनले पौडेल सहितका १५ नेतालाई स्पष्टिकरण सोधेका छन । यसको अर्थहो अव उनीसंग कोही पनि रहेनन यो दम्पत्ति बाहेक । राजनीति ठीक ठाउमा भएन भने भावनात्मक रुपले संगठन चल्दो रहेन छ भन्ने नया खुलने हरुका लागि यो एउटा पाठ हुनु पर्छ । यही क्रम बढदै गए एकदिन उनलाइ हिसिलालेपनि छाडेको समाचार आउन सक्त छ । उनको गनतव्य त्यतै तिर लागेको देखापर्ने थालेको छ ।

  • कस्तो सरकार ? भएर पनि नभएको जस्तो ?
    2017-04-20 15:01:42   |   Comments: 0

    कुुनै पनि कुरा छ, भने त्यो देखिनुु पर्छ । त्यो कुरा भएको महसुुस जनताले गर्न सक्नुु पर्छ । तर सरकारको हकमा अहिले यो केही पनि भएको छैन । सरकार खाली औपचारिक सभा समारोह, सभा, गोष्ठी र भ्रमणमा मात्र सिमित रहेको छ । सरकारले कुुनै नयाँ परिवर्तन अथवा भनौ, कुनै नयाँ कामको सुरवात नै गर्न नसकेको महसुुस जनताले गरेकाछन । तर यो महुुसस जनताले बिना सुझबुुझ त्यतिकै गरेका होईनन । अहिले एक्काईसौं शताव्धीका जनता धेरै स्मार्ट भईसकेकाछन । अहिलेका जनताले प्रधानमन्त्री पुष्प कमल दाहाल नेतृत्वको सरकारबाट अर्थात भनौ राज्यबाट खासै केही नपाएको अनुुभव गरेकाछन ।




<<<123>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar