स्वाथ्यमा निजी लगानी गर्ने कसरी कम्युनिष्ट र समाजवादी हुनसक्छन् ?
3 - Dec-2018, Posted by: Yuwahunkar | COMMENTS: 0
स्वागत नेपाल
नेपालका जनताभन्दा नेता बढी धोकेबाज भएको भन्दा पनि जनता बढी मूर्ख र अन्धभक्त भएको कारणले जनतामारा नेतानीति जारी रहेको छ । स्वास्थ्य क्षेत्रमा यस्तै छ । कार्यकर्ताहरु जानीजानी आफ्नै छोराछोरी मार्ने नीति लिएर आउने पार्टी र तिनका नेताको विरोध न त सैद्धान्तिक रुपमा गर्न सक्छन् न त व्यवहारिक रुपमा नै । नेपाल नयाँ संधिवान सँगसँगै कसैले माने पनि नमाने पनि कानुनी र संवैधानिका रुपमै समाजवादी मुलुक कागमा मात्र चाहिँ भइसक्यो ।
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वाथ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ भने धारा ३६ मा खाद्य सम्प्रभुताको हक प्रत्याभूत गरिएको छ । यी हकहरु प्राप्त भएनन् खाद्य अधिकार पनि स्वास्थ्य सम्बन्धी हकसँग जोडिएको हुनाले अन्य मौलिक हकजस्तै नेपालको संवैधानिक इतिहासमा पहिलो पटक व्यवस्था गरिएको यी हकहरु प्राप्त भएनन् भने नागरिकले सरकार विरुद्ध मुद्दा दायर गरेर ती हकहरु लिन सक्छन् । त्यसैले सामान्यतया आधारभूत मौलिकहरुको प्रचलन व्यापार मार्फत गर्न राज्यले रोक्ने गर्छ ।
र, राज्य आफैँले तीहरु प्रत्याभूत गराउँछ । त्यसैले ती आधारभूत मौलिकहरुमा व्यापारको अपेक्षा गरिँदैन । त्यो पूँजीवादी अर्थव्यवस्था पनि सामान्यतया गरिँदै स्वाथ्यमा निजी लगानी गर्ने कसरी कम्युनिष्ट र समाजवादी हुनसक्छन् ? न भने समाजवादी मुलुकमा त झनै त्यो झनै मान्य हुँदैन । अझ, कम्युनिष्ट पार्टीहरुका लागि त स्वास्थ्यमा व्यापार र नीजि लगानी भन्ने कुरा सिद्धान्ततः कल्पनाभन्दा बाहिरको कुरा हो । तर, सबैभन्दा आश्चर्यजनक कुरा यो छ कि नेपालमा ८० प्रतिशतभन्दा बढी ठूला कम्युनिष्ट नेताको लगानी स्वास्थ्यमा छ ।
नेपाली ठूला कम्युनिष्ट पार्टीको संस्थागत लगानी पनि ८० प्रतिशतभन्दा बढी स्वास्थ्यमा छ । अब प्रश्न उठ्छ कि स्वास्थ्यमा नीजि क्षेत्रको लागनी स्वीकार गर्ने हरु कसरी कम्युनिष्ट हुन सक्छन् ? कम्युनिष्ट मात्र होइन, अब संविधान नै समाजवादी भइसकेपछि यो संविधान मान्ने सबै दलहरु पनि सिद्धान्ततः समाजवादी हुन् । अनि कसरी अरु पनि सबै दलहरु जो नीजि क्षेत्रको लगानी स्वास्थ्यमा स्वीकार गर्छन् उनीहरु कसरी समाजवादी हुन सक्छन् ? समाजवादी कुरा गरेर सोझो सोझो नेपाली जनतालाई सबै दलहरु मिलेर झुक्याइरहेका छन् ।
अहिले पनि देशभर सरकारी अस्पतालमा २ सय ५७ विशेषज्ञ चिकित्सक पद खाली रहेका छन् । विशेषज्ञ चिकित्सकका लागि सो अन्तर्गत रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको संख्या झनै ठूलो आवश्यकता । सबैजसो केन्द्रमा ओरिएका छन् । स्थानीय तहमा निम्नमध्यम स्तरको सम्म पनि स्वास्थ्य सुविधा उपलब्ध छैन । यो भन्दा अति केन्द्रीयता के हुन सक्छ ? के यही हो संघीयता ? स्वास्थ्य सेवा र सुविधाका दृष्टिले अहिले पनि नेपालमा संघीयता छैन । केन्द्रिकृत राज्य व्यवस्था नै छ । काठमाडौं खाल्डोले अझै पनि जिल्लाहरुलाई आदिम औपनिवेसिक पराजित युद्धबन्दीको जस्तो व्यवहार गरिरहेको छ । यो एकात्मक होइन अति केन्द्रीयता हो । नेपाली जनताले एकात्मक राज्यसंर चनाको विरोध गरेका थिएनन् अति केन्द्रीयताको विरोध गरेका थिए ।
उनीहरुले यस्तो संघीयता चाहेका थिएनन् यो अतिकेन्द्रीयताको मात्र अन्त्य खोजेका थिए । नेताका लगानी स्वास्थ्य पढाइ हुने कलेजहरुमा नेताका गुण्डा र तस्करहरुका नाममा पार्टीको र पार्टीका नेताहरुको स्रोत नखुलेको सम्पत्तिको लगानी यो अब सामान्य भइसक्यो संघीय समाजवादी नेपालमा । त्यसैले संघीय समाजवादी नेपालका राजनीतिक दलका कार्यकर्ताहरु आफ्ना नेताहरु र पार्टीहरुले गरेका दुष्कर्महरुको कति पनि विरोध गर्दैनन् । उनीहरु आफ्नी आमा पनि आफ् नो नेताले बलात्कार गर्यो भने ताली बजाएर बस्छन् अनि के भन्न सकिन्छ ? सैद्धान्तिक रुपमा पनि समाजवादी भएर यस्तो गर्न मिल्दैनन् भन्दै नन् हामी स्वतन्त्र कविलेखक टिप्पणीकार पत्रकार वा जनताले भन्यौ भने पनि आफ्नै नेताको समर्थन गर्न थाल्छन् ।
अनि त्यस्ता कार्यकर्ताहरु भएको देशमा उनीहरु कार्यकर्ताको तहबाट जब मान्छेको दिमाग भएको व्यक्तिको रुपमा विकसित हुन सक्दैनन् यस्ता प्रश्नहरु उठिरहन्छन् । जनता मरिरहन्छन् । केन्द्र्र रमाइरहन्छ, स्थानीय तहमा नागरिकहरु उपचार नपाएर मरिरहन्छन् । अधिवक्ता नेपाल स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक हुन् ।
Posted on: 2018-Dec-3
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story