भ्रष्टाचार रहित समाज निर्माणमा युवाको हुङ्कार
3 - Dec-2018, Posted by: Yuwahunkar | COMMENTS: 0
सुरेश रानाभाट, पोखरा
पान पसले : मलाई एक लिटर दूध देऊ ।
दूधवाला : मसँग दस लिटर मात्र दूध छ, तिमीलाई दिन पुग्दैन ।
पान पसले : मलाई एक लिटर देऊ र बाँकीमा एक लिटर पानी थप पुगिहाल्छ ।
दूधवाला : यसो गर्नु मेरो नैतिकता हो इन ।
दूधवाला भन्छ – “मैले दूध लिएर जाने घरमा साना बच्चाहरू छन्, युवाहरू छन् र वृद्धवृद्धाहरू छन् ।पानी मिसाएको दूध दिँदा उनीहरूले पाउनु पर्ने जति पौष्टिकता नपाउन सक्छन्, बच्चाहरूको मष्तिस्क राम्रो नहुन सक्छ ऊ भोलि यही देशको राष्ट्रपति र प्रधानमन्त्री बन्ने हो । युवाहरूले खेलकुदमा राम्रो नगर्न सक्छन् फलत् देशको इज्जत र ाख्नबाट वञ्चित हुन्छन् । वृद्धवृद्धाहरू जति बाँच्नु पर्ने हो त्यति नबाँच्न सक्छन् त्यसैले म पानी हालेर दूध बेच्नु जायज मान्दिनँ र तिम्रा लागि दूध छैन् ।” यो कथा जस्तो लाग्छ यद्यपि यसमा “इथिक” बढी छ । यी दुवै व्यापारी हुन्, एउटा दूध बेच्ने वाला र अर्काे पान बेच्ने वाला । दूध बेच्ने व्यापारीलाई एक लिटर पानी थपेर दूध बेच्दा बढी फाइदा हुन्थ्यो तर उसमा “इथिक” भन्ने जिनिस देखिन्छ जो मानवता, राष्ट्र र राष्ट्रियतासँग प्रत्यक्ष सरोकार राख्छ । पद र काम सानो किन नहोस्, जहाँ नैतिकता छ त्यहाँ इमानदारिता हुन्छ । नैतिकता र इमानदारिताले नै मान्छेलाई गाल्ने र पगाल्ने दुवै काम गर्छ । तर, हाम्रो जस्तो मुलकमा खडरी परेको छ । अङ्ग्रेजी महिना डिसेम्बर ९ लाई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा चिन्ने गरिन्छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले विश्वभरका विभिन्न राज्यस्तरमा हुने भ्रष्टाचार को अध्ययन, अनुसन्धान, अवलोकन, विश्ले षण र मापन गर्दछ । यो विश्वव्यापी मान्यता पाएको संस्था हो । हरेक वर्ष संसारका सबै मुलुकको भ्रष्टाचारको सूचाङ्क सार्वजनिक भ्रष्टाचार रहित समाज निर्माणमा युवाको हुङ्कार गर्छ । सर्वेक्षणमा परेका देशमध्ये एक सय अंक पाउनेलाई शून्य भ्रष्टाचार हुने मुलुक र शून्य अंक पाउने मुलुकलाई संसारभरिको सर्वाधिक भ्रष्ट मुलुकको दर्जा दिने गर्छ । सन् २०१६ को सर्वेक्षणमा डेनमार्क र न्युजिल्याण्डले एक सयमा नब्बे अंक पाएर संसारमा सबैभन्दा कम भ्रष्टचार हुने मुलुकमा दरिए । नेपालले २९ अंक पायो र १३१ औं स्थानमा प¥यो । गणतान्त्रिक शासन व्यवस्थामा पनि नेपालमा भ्रष्टाचार कम भएको छैन् , बरु मौलाएको छ भन्ने कुराको ज्ञात हुन्छ यो तथ्याङ्कले । जहाँ सुशासन हुन्छ त्यहाँ पारदर्शिता हुन्छ, जहाँ पारदर्शिता छ त्यहाँ सुशासन छ भन्ने मान्यतामा टिआईले आफ्नो सर्वे क्षणलाई आधार बनाएको हुन्छ । एक सयमा पचास अंक नपाउने सबै मुलुक भ्रष्टाचार को दलदलमा फसेका छन् भन्ने बुझिन्छ । भ्रष्टाचारमा दरिनु असफल राष्ट्र हुनु हो । परि वर्तन, विकास र समृद्धिको लागि भ्रष्टाचार धमिरो हो । धमिराले जग र जरैदेखि सुन्दर र आकर्षक पिरामिड बनाउँछ तर एक झो क्कामा ढाल्न सकिन्छ । भ्रष्टाचारको पिर ामिड ढाल्न सचेत युवाहरूको हुङ्कार आफै मा काफी हुन्छ । धमिराको समयमै उपचार गर्नु सरकारको सफलता मानिन्छ । भ्रष्टाचार विकसित मुलुकमा कम र विकासोन्मुख साथै गरिब देशमा बढी हुने गरेको पाइन्छ । आखिर हो के त भ्रष्टाचार ? भ्रष्ट र आचार दुई फरक फर शब्द हुन् । भ्रष्टको अर्थ गिरेको, च्युत भएको र खराब हो । आचारको अर्थ चरित्र, बानी र व्यवहार हो । त्यसैले भ्रष्टचार गिरेको चरित्र र खराब व्यवहार हो । बृहत् नेपाली शब्दकोशले नियम वा कानुनविपरित नैतिक पतन हुने काम गरी घुस खाएर पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने दूषित मर्यादा र पतीत आचरणलाई भ्रष्टाचार भनेर अथ्र्याएको छ । व्यक्तिगत फाइदाका लागि सार्वजनिक कार्यालय वा कोष दुरुपयोग गुर्नलाई भ्रष्टाचार मानेको छ विश्व बैंकले । जे गर्नु पर्ने हो त्यो नगर्नु र जे नगुर्न पर्ने हो त्यो गर्नु नै भ्रष्टाचार हो । राज्यद्वारा प्रदत्त सेवा सुविधा पाएका र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आफ्नो कर्तव्य अनुरुपको आचरण नगरेमा, सेवा दिए वापत आर्थिक लाभ लिएमा र अख्तियारीको दुरुपयोग गरी कानुन आफ्नोे मुठीमा लिनु भ्रष्टाचार हो । विभिन्न प्रकारले भ्रष्टाचारको अर्थ लगाइए पनि व्यक्तिगत फाइदाका लागि अरुलाई वेफाइदा हुने गरी गरिने काम नै यसको व्यवहारिक मर्म हो । यो सत्य हो, भ्रष्ट र भ्रष्टाचारको अर्थ जति व्यापक छ समाजमा भ्रष्टाचार पनि त्यत्तिकै व्यापक छ । भ्रष्टाचार गरेको छ्याङ्गै देखिदैन् । यो त संभोग गरेजस्तो हुन्छ । दसी र प्रमाणका आधारमा भ्रष्टाचार भएको ठहर छानविन पछि मात्रै ज्ञात हुन्छ । त्यसैलै पारदर्शिता भएको मुलुकमा भ्रष्टाचार हुने सम्भावना कम हुन्छ र सुशासनको प्रत्याभूति नागरिकले गर्छन् । भ्रष्टाचार किन हुन्छ होला भन्ने कुरालाई मनन गर्ने हो भने गरिबी, अभाव, अनिकाल, बेरोजगारी, महङ्गी, अशिक्षा, अस्थिर सरकार, विचौलिया प्रवृत्ति, मौजुदा कानुनको फितलो कार्यान्वयनका कारण नै मुलुकमा भ्रष्टाचार मौलाउने आधार हुन भन्दा राज्य सञ्चालनका जानकारहरूले आनकान गर्ने ठाउँ रहदैन । यो मुलुकमा भ्रष्टाचार छ भन्ने कुरा जगजाहेर नै छ । भ्रष्टाचार उन्मुलनका लागि शताब्दी नै पर्खनु पर्ला तर न्युनीकरणका लागि दशक नै काफी हुन्छ । राणाकाललाई भ्रष्टाचार को स्वर्ण युग नै मानिन्छ । राज्यको ढुकुटी र राजश्वमा लामा हात गर्नेलाई अविलम्ब कार वाही गरिन्थ्यो । खाइपाइ आएको नोकरी मात्रै होइन भ्रष्टाचार गरेको रकम सात पुस्ताबाट असुलउपर गरिन्थ्यो । नेपाल एकीकरणको समयमा पनि भ्रष्टाचार हुने गरेको देखिन्छ, पृथ्वीनारायण शाहको दिव्योपदेशमा “नियाँ निसाफ विगान्र्या भन्याका घूस दिन्या र घूस लिन्या हुन् । यिन दुईको धनजिव गरिलियाको पनि पाप छैन् , यी राजाका महासत्तुर हुन् । ” भनेर लेखिएको छ । पहिलो पटक वि.सं. १९१० मा मुलुकी ऐन आएको देखिन्छ । २०० ९ सालमा भ्रष्टाचार निवारण ऐन र यसैलाई परिमार्जन गरी २०५९ मा भ्रष्टाचार निवारण ऐनका साथै प्रशस्त कानुन भए पनि भ्रष्टाचार न्युनीकरणमा यी तमाम चिजहरू जो हेर्दा रहर लाग्दा र व्यवहारमा शिकार गर्न असमर्थ कागजी बाघ सावित भएका छन् । भ्रष्टाचारको रोगले विश्वका सानाठूला, धनगिरिब, विकसित अविकसित सबै देशलाई कुनै न कुनै रुपमा पिरोलिरहेकोछ । महाशक्तिशाली राष्ट्रका राजनेतादेखि गरिबीले पिल्सिएका राष्ट्रका नागरिकसम्म भ्रष्ट भएको खबर खरबारीमा लागेको आगो जसरी विश्वभरिनै फैलिएको पाइन्छ । भ्रष्टाचारले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र कानुनी व्यवस्थालाई नकारात्मक प्रभाव पारेको हुन्छ । यो सार्वजनिक सेवा प्रवाह गर्ने क्षेत्रमा होइन, निजी क्षेत्र बजार र उद्योगमा समेत व्याप्त छ । यसलाई विश्वका सबै मुलुकहरूको कानुनले अपराध मानेकाल छ । भ्रष्टाचार अपारदर्शी छ, यसलाई गणितमा अनुवाद गर्न सकिदैन् । भ्रष्टाचारीलाई खबरदारी गर्न संस्थागत मुकामहरू पनि खडा नगरिएको होइन, मौजुदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महाले खापरिक्षकको कार्यालय, राष्ट्रिय सतर्कता के न्द्र, सम्पत्ति शुद्धिकरण विभाग भए पनि मुहानमै रहने, सत्ता र शक्तिमा चल्नेहरूले नै अटेरी गर्दा कार्यान्यवनमा प्रभावकारिता दे खिएको छैन् । केवल हात्तिका देखाउने दाँत जस्ता सावित भएका छन् । यी निकायहरू भ्रष्टाचार न्युनीकरणका गहना हुनु पर्ने हो जो हुन सकेनन् । हाम्रा दायाँबायाँ रहेका छिमेकीदेश चीनमा भ्रष्टाचार गर्दा शासकका कुर्सी हल्लन्छन् र ठहर भएमा मृत्युदण्डको सजायमा उच्च अधिकारीहरू पर्ने गरेका छन् । भारतमा भ्रष्टाचार संस्थागत भएकाले नै अन्ना हजारे ले आमरण अन्नसन बसेका थिए । योगगुरु रामदेवले भ्रष्टाचारको मुद्धालाई उठान गरे, पतञ्जलीले उत्पादन गरेका सामाग्रीको विज्ञापनमा विना हिचकिचावट उनी भन्छन् “लालची लोगले मुनाफाका लागि जहर मिसाउँछन् ।” उनको अभियानमा हजारैं हजार नागरिकले समर्थन गरका छन् । भारतीय नागरिक समाज भ्रष्टाचारको मुद्धामा सचेत छ र बेला बेलामा बुलन्द आवाज उठाइरहन्छ । भ्रष्टाचारको नियन्त्रण र न्युनीकरणका लागि विभिन्न उपाय र पहलहरू भएका छन् । नेपालको सन्दर्भमा भ्रष्टाचार र यसको नियन्त्रण प्रक्रिया हेर्दा तत्कालीन बाइसे चौ विसे राज्यभन्दा अगाडि पुग्नुपर्ने हुन्छ । लिच्छवीकालमा प्रशासन र न्याय व्यवस्थाको मूलस्रोत धर्मशास्त्र रहेको देखिन्छ । यस कालका शिलालेखमा अड्डाखाना अधिकारीलाई “यसो यसो नगुर्न गरेमा राजाले दण्ड दिनेछन् ” भनि चेतावनी दिइएको पाइन्छ । मल्लकालमा जयस्थिति मल्लले विभिन्न स्थितिमा बन्दे ज गरेका भए पनि भ्रष्टाचार सम्बन्धी कुनै कानुनी व्यवस्था गरेनन् । शाहकालमा न्याय नपाए गोरखा जानु भन्ने भनाइ राम शाहको शासन कालमा चर्चित थियो । भ्रष्टाचारले सामाजिक मान्यता पाएको छ । यसलाई भत्काउनु न्युनीकरण गर्नु सरह हो । सदाचारीलाई लाछी र सिल्लीको उपमा दिने अनि भ्रष्टाचारीलाई प्रशंसा गर्ने संस्कारको अन्त्य हुनुपर्छ । दण्डहिनताको अन्त्य, देखासिकीमा आडम्बरी र विलासी जीवनशैलीमा परिवर्तन आवश्यक छ । सेना, पुलिस, अदालत, सार्वजनिक सेवा प्रवाह गर्ने निकाय, निजी क्षेत्र र बजारमा हुने भ्रष्टाचार को अनुगमन र छानविन गर्नुपर्छ । माटो प्रतिको ममता जगाउनु पर्छ । भएको कानुन र संस्थलाई प्रभावकारी रुपमा प्रयोग गर्ने साहस गर्नुपर्छ । भ्रष्टाचारको जरो तल होइन माथि छ । भ¥याङ तलबाट होइन माथिबाट सफा गर्नुपर्छ , मुहान नै सफा गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्नुपर्छ । नागरिक समाजमा स्वावलम्वी समूह, स्रोत व्यवस्थापन समूह, स्थानीय टोलसुधार समिति, टोलविकास संस्था, युवा समूह, धार्मिक समूह, साँस्कृतिक समूह, सञ्चारकर्मी, मजदूर समूह, किसान समूह, पेशागत संगठनहरू र राजनीतिक आन्दोलनका अगुवाहरू रहने गर्दछन् । राज्यको शक्ति र नागरिक हित वा नागरिक समुदायको स्वार्थबिचमा मध्यस्थता गर्ने र आ–आफ्नै सोंच र संस्कृतिअनुसार काम गर्ने नागरिक निकायको समग्र वा विभाजित स्वरुप हो । युवा जमातले केवल खबरदारी गर्ने हो र गर्नुपर्छ । प्रणालीको विकास, कार्यविधिको अवधारणा, नैतिक समाज निर्माणमा जोड, जनताको अधिकार प्रति जनतालाई सचेत बनाउनका लागि नै तिक दवाव दिनुपर्छ । सरकारी कार्यालयको नीति निर्माण प्रशासन, व्यापार, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका भ्रष्टाचार न्युनीकरणका लागि नागरिक समाज सूर्यको प्रकाश भएर किरा नाशमा लाग्नुपर्छ । भनिन्छ, विजुलीको प्रकाशमा किरा आकर्षित हुन्छन् । नागरिक समाजले अनियमितता, अख्तियार दूूरुपयोग, भ्रष्टाचारी र घुसखोरीका विरुद्ध खबरदारी गर्नुपर्छ । सार्वजनिक सेवा प्रदान गर्ने निकायमा अनुगमन गरेर सदाचारीको सम्मान र भ्रष्टाचारीको बहिष्कार गुर्नपर्छ । नागरिक समाजका अगुवाहरू कुशल भएर मात्रै पुग्दैन असल पनि हुनुपर्छ । धैर्यवान र निष्पक्षतासँगै जनमत सिर्जना गर्दै दवाव दिनुपर्छ । राजनीतिक भ्रष्टाचारविरुद्ध रचनात्मक र आलो चनात्मक अभियान थाल्नुपर्छ । भ्रष्टाचारीलाई सामाजिक सम्मान गरेर होइन समाजिक घृणा गर्नुपर्छ । नागरिक समाजले सूचनामा पहुँच बढाएर टोल समाजमा भएका अनियमितता र भ्रष्टाचारका विषयमा सञ्चार माध्यमलाई खबर गर्नुपर्छ । सामाजिक सञ्जालमा शिष्ट र सालिन शैलीमा दोहोलो काड्न सकिन्छ । नाङ् लो ठटाएर हात्ति तर्साए झैं नागरिक समाजले नाङ्लोको भूमिका खेल्नुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्न युवा जमात चेतनशील भएर किन संस्कृतिमा आवद्ध हुनुपर्छ । कसैले गलत कार्य गर्न रकम माग ग¥यो भने किन र केका लागि भनी प्रश्न गर्नुपर्छ । कुनै काम गर्न सार्वजनिक सेवा प्रदान गर्ने निकायमा जाँदा यो काम हुँदै न भन्यो भने के कति कारणले हुँदैन भनी प्रश्न गर्ने र के के चिजको आवश्यकता पर्छ त्यो खुलाउनुस् भन्नुपर्छ । तल्लो तहको कर्मचारीले त्यसरी हुँदैन भन्यो भने माथिल्लो तहको कर्मचारी कहाँ गई त्यसबारेमा गुनासो र उजुरी गर्नुपर्छ । छिटो काम गराउने निहुँमा हामी आफैले भ्रष्टाचारलाई बढावा दिनु हुँदै न् । विकास निर्माणका लागि आएको बजेट कति र केका लागि आएको छ चासो राख्नुपर्छ । उक्त काम कहिलेसम्म सम्पन्न हुन्छ ? कस्तो सामाग्रीको प्रयोग भएको छ जानकारी राख्नुपर्छ । भ्रष्टाचारीलाई निरुत्साहित गर्न कानुनी कारवाही र सामाजिक कारवाहीका लागि नागरिक समाजले दवाव दिनुपर्छ । यति हुँदा हुँदै नागरिक समाज स्वयं दल वा गुटको प्रवक्ता वा निहित स्वार्थी समूहको हतियार नबनी निष्पक्ष हुन अपरिहार्य छ । नागरिक समाजलाई सशक्तिकरण गर्न आवश्यक पनि छ । नागरिक समाज बलियो भयो भने नै जनताका कुराहरू सुनिन्छन् । सरकारले नागरिक समाजको अस्तित्व स्वीकार गर्दै नागरिक समाजमाथि विश्वास गर्ने, सूचनासम्म पहुँच दिने, दोहोरो सूचना प्रणाली विकसित गर्ने, सूचनाको स्रोतको रूपमा विकसित गर्ने र सहकार्यको वातावरण कायम गर्नका लागि पहल गर्नुपर्छ । नागरिक समाजका सदस्यहरूले कानुनको शासनमार्फत् भ्रष्टाचाररहित समाजको स्थापना तथा त्यसको संरक्षण र संवद्धृनका लागि पहल गर्दै हेरालोको भूमिका निर्वाह गर्नुपर्छ । समग्र युवा जमातले सशक्त हुङ्कार मात्र गर्ने हो भने पनि भ्रष्टाचाररहित समाज निर्माणमा टेवा पुग्नेछ ।
Posted on: 2018-Dec-3

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story