विश्वकप : अब ८ टोली बाँकी, सेमिफाइनलका लागि को–को भिड्दै ?

मस्को : रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरण अन्तरगत मंगलबार रातिको खेलपछि प्रिक्वाटरफाइलनका खेल सकिएका छन् । विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् ।
अब ८ राष्ट्र मात्र रुस विश्वकपको उपाधि दावेदारका रुपमा रहेका छन् । आयोजक रुससहित, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड र स्वीडेन प्रतिस्पर्धामा रहेको छन् ।
अब क्टाटरफाइलनका खेल आगामी शुक्रबार २ वटा र शनिबार २ वटा हुनेछन् ।
यस्तो हुँदैछ सेमिफाइलन प्रवेशका लागि भिडन्त
१.उरुग्वे–फ्रान्स, जुलाई, ६
२.ब्राजिल–बेल्जियम, जुलाई, ६
३.स्वीडेन–इङ्ल्याण्ड, जुलाई, ७
४.रुस–क्रोएसिया जुलाई, ७
Posted on: 2018-Jul-4

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story