निपा भाइरसको उच्च जोखिममा नेपाल
28 - May-2018, Posted by: Yuwahunkar | COMMENTS: 0

निपा भाइरस पहिलो पटक सन् १९९८ तिर मलेसियाको एउटा सुागुर फर्ममा काम गर्ने किसान र त्यहाा सम्पर्कमा आउने मान्छेहरुमा पत्ता लगेको थियो । सन् २००१ देखि बंगलादेश र भारतका बिभिन ठाउाहरुमा यो संक्रमण पटक पटक देखिँदै आएको छ । केहि दिन अगाडि भारतको केरलामा फैलिएको संक्रमणमा एक नर्ससहित १४ जनाको मृत्यु भएको छ । बिरामीहरुको उपचारमा खटिँदा आफैमा संक्रमित भई नर्सको मृत्यु भएकाले सर्वसाधारण मात्र नभई स्वास्थ्यकर्मीहरु पनि उत्तिकै जोखिममा रहेको कुरा देखाएको छ । लक्षण यो भाइरसको संक्रमण भएको ५/१० दिनपछि मानिसमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने र घााटी दुख्ने हुन्छ । त्यसपछि रिंगटा लाग्ने, स्मरण शक्ति हराउने, श्वास प्रश्वास र मस्तिस्क सुन्निने जस्ता समस्या देखा पर्दछन् । निपा भाइरस फैलाउने जातको चमेरा नेपालमा पनि पाइने र भारतबाट सुँगुरहरु आयात हुने हुँदा हाम्रो देशमा पनि निपा भाइरसको संक्रमणको जोखिम उच्च छ यो संक्रमण छ कि छैन भनेर पत्ता लगाउन प्रयोगशालामा पी.सी. आर (PCR) वा एलैजा (ELISA) जस्ता विधिको प्रयोग गर्नुपर्दछ । बिरामीको पिसाब, रगत र नाक वा घाँटीबाट नमूना लिएर जाँच गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म यो संक्रमणविरुद्धको कुनै पनि औषधि र खोप पत्ता लागेको छैन र यसको मुख्य उपचार भनेको बिरामीलाई अस्पतालको आईसीयूमा राखेर हेरचाह गर्नु हो । नेपाल उच्च जोखिममा निपा भाइरस फैलाउने जातको चमेरा नेपालमा पनि पाइने र भारतबाट सुँगुरहरु आयात हुने हुँदा हाम्रो देशमा पनि निपा भाइरसको संक्रमणको जोखिम उच्च छ । छिमेकी देशहरु बंगलादेश र भारतमा केही वर्षहरुको अन्तरालमा यो संक्रमण देखा पर्दै आएको छ । निपा भाइरस फैलाउने जातको चमेरा नेपालमा पनि पाइने र भारतबाट सुँगुरहरु आयात हुने हुँदा हाम्रो देशमा पनि निपा भाइरसको संक्रमणको जोखिम उच्च छ । सन् २०१५ मा नेपाल, अमेरिका, बेलायतका बैज्ञानिकहरु मिलेर गरेको एक अनुसन्धानले काठमाडौं र चितवन जिल्लाका सुँगुर फर्महरुमा संक्रमण हुन्सक्ने प्रबल सम्भावना रहेको निर्क्यौल गरेता पनि त्यसपछि नेपालमा यो सम्बन्धि कुनै पनि अनुसन्धान भएको पाइँदैन । कसरी जोगिने निपा भाइरस संक्रमणबाट जोगिन बिरामीको नजिक जाादा अथवा छुदा सतर्कता अपनाउनु पर्छ । बिरामीको हेरचार गरेपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ । चमेराले जुठो हालेका फलफूलहरु खानु हुँदैन र रोगी वा मरेका सुँगुरको नजिक जाँदा पनि सचेत रहनु पर्छ । भारतबाट आयात हुने सुँगुर बंगुरलाई रोक लगाउनुपर्छ वा तिनको स्वास्थ्य जााचपछि मात्रै भित्राउने व्यवस्था मिलाउनुपर्छ ।ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिनासाथ डाक्टरकहाा गएर जँचाइहाल्नु पर्छ । (डा. पौडेल चितवन मेडिकल कलेज माइक्रोवायोलोजी विभागमा कार्यरत छन् ।)
Posted on: 2018-May-28

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story