29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

निर्वाचनमा उम्मेदवारको मापदण्ड र अबको रणनीति

25 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 निर्वाचनमा उम्मेदवारको मापदण्ड र अबको रणनीति 
केही समयअघि मात्र नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितीको बैठक सम्पन्न भएको छ । लोकतान्त्रवादी र एकदलीय अधिनायकवादी सोच भएका दलहरु बीच पुरै कित्ताकाट भएको अवस्थामा काँग्रेसको कार्य समिती बैठक हुुनुलाई अर्थपुर्ण मान्न सकिन्छ ।  यो समयमा नेपाली काँग्रेसले केही महत्वपुर्ण निर्णय गरेको छ । कार्यसमिती बैठकले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि उम्मेदवार चयन गर्ने मापदण्डको मोटामोटी खाका पनि ल्याएको छ । खाका अनुसार समानुपातिक निर्वाचन प्रणालीका तर्फबाट सांसद् बनेकालाई अब टिकट नदिने मापदण्ड बनेको छ । यसैगरी बिभिन्न कारणवस चुनाव हारेकालाई पनि पार्टील फेरि टिकट नदिने विषयमा सहमती जुटेको छ ।  काँग्रेसको अवको भविष्य भनेको वास्तवमा नैे टिकट वितरणमा निर्भर रहने छ । विगतका स्थानीयतहको निर्वाचनमा हार्दै जादा पनि यो दलले चेत्न सकेको पाइएन अव केहोला भन्ने जिज्ञासा आम नागरिकमा रहेको छ ।  काँग्रेसको टिकट बितरणको आधारमा बिगतको चुुनावी जोड घटाउ नै हो । यस अघिको निर्वाचनमा कसले कहावाट कतिमत ल्याएका थिए भन्ने हिसाव हुनु नै हो । विगतको निर्वाचनमा धेरै गढ तोडेकाछन कांग्रेसका सांसदले । कतिपय ठाउमा त एमाले र माओवादीले ल्याएको भन्दा पनि पाच सात हजार मत ल्याएर जितेका अवस्था छ । यो एउटा दरिलो मापदण्ड हुनु पर्छ टिकट वितरणका लागि । अहिलेको अवस्था भनेको यी दुवै दल मिलेको हो । त्यसकारण दुवैकोमतलाइ मात गर्ने उम्मेदवार कांग्रेस आफैले खोज्नु पर्नेहुन्छ जो संख्यामा सीमित होलान । अहिलेको अवस्थालाइ कांग्रेस आफैले मूल्यांकन गरेको हुनु पर्छ । बैठकपछि उसले जारी गरेको वक्तव्यमा पनि यो कुरा उल्लेख भएको छ । त्यसमा भनियो संविधान कार्यान्वयन गर्ने मूल कार्यभारका साथ नेपाली कांग्रेस र नेकपा मोओवादी केन्द्र लगायतका राजनीतिक दलहरुवीचको सहकार्यलाई अगाडि वढाइएको थियो । संविधान कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनमा मधेशकेन्द्रीत दल लगायतका सवै राजनीतिक दलहरुको उत्साहपूर्ण सहभागिता सम्भव भयो । यसरी नै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति समेत तोकि त्यसलाई आवश्यक पर्ने महत्वपूर्ण कानुनी व्यवस्था सुनिश्चित भै सकेको अवस्थामा हठात नेकपा माओवादी केन्द्रको एमालेसँग चुनावीतालमेल गर्ने निर्णय अस्वभाविक नै हहो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनीनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलहरुवीच भएको ६ वुँदे सहमतिले सरकारको वर्तमान गठवन्धन निर्माण गर्दा भएको ३ वुँदे सहमति माओवादी केन्द्रले तोडेको अवस्थामा यस्तो निर्णय आएको हुनु पर्छ । संविधान कार्यान्वयन, राष्ट्रिय एकता र विभिन्न जाति तथा समुदाय वीचको सद्भाव र विश्वासका आधारमा देशलाई संमृद्धि र विकासको मार्गमा अगाडि बढाउने भन्दापनि विभाजनको मानसिकतालाई प्रोत्साहन गर्दै लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भाव समेतलाई कमजोर पार्ने तर्फ उन्मुख हुँदै आएको नेकपा एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रुपमा धु्रवीकरण तर्फ धकेलेको भन्ने उसको भनाइ छ ।. लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर पार्दै निरकुंशता र अधिनायकवादलाई प्रोत्साहित गर्ने, सामाजिक सद्भाव र एकतालाई कमजोर गर्दै राष्ट्रिय एकतालाई कमजोर पार्ने, विधिको शासनमा आधारित लोकतान्त्रिक पद्धतिमार्फत देशमा समृद्धि सृजनागर्दै आम जनताको पहुँचमा पु¥याउने सोचलाई कमजोर पार्ने प्रवृत्तीलाई दृढताका साथ नेपाली कांग्रेसले सामना गर्ने भन्ने उल्लेख भएको अवस्थामा  त्यसलाइ क्षतिपूर्ती गर्नेहोभने कांग्रेसले त्यही अनुसारको उम्मेदवारु िखडा गर्नु पर्छ । यसको बिकल्प छैन ।    

Posted on: 2017-Oct-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar