राजश्व बिभाग आक्रामक
24 - Oct-2017, Posted by: Yuwahunkar | COMMENTS: 0
राजश्व बिभाग आक्रामक
कालो बजारियाहरुको भागदौड सुरु
युवा हुंकार व्युरो
काठमाडौं, असोज
बजार सुधारको लागि पछिल्लो समय आन्तरिक राजश्व बिभाग आक्रामक बनेपछि कालोबजारियाहरुको भागदौड सुरु भएको छ । विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले आफूअन्तर्गतका कार्यालयहरुमार्फत बजार अनुगमनलाई तीव्रता दिएको हो ।
विभागअन्तर्गतका ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि सुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३÷३ वटा टोली परिचालन गरिएको विभागले जनाएको छ । बजार अनुगमन विभागको नियमित कार्य भएको जनाउँदै दशैं, तिहारजस्तो चाडबाडको समयमा बढी कारोबार हुने र सो क्रममा बिलबीजक जारी नहुने गुनासो धेरै तिरबाट आउने भएकोले गत वर्षजस्तै यस वर्ष पनि बजार अनुगमनलाई तीव्रता दिइएको विभागले जनाएको छ ।
बजार अनुगमन टोलीले भदौ २७ गते मात्रै तीन सय ८५ वटा करदाताको अनुगमन गरी ४० वटा करदाताहरुलाई कारोबार स्थलमै तत्काल कानुनी कारबाही गरिएको विभागले बताएको छ । त्यसैगरी भदौ २८ गतेका दिन ५३ वटा टोलीले ५६६ वटा करदाताको कारोबार स्थल आकस्मिक रुपमा अनुगमन गरेकोमा ११० वटा करदाताहरुले कर कानुन परिपालना नगरेको पाइएको हुँदा ११० करदातालाई प्रचलित कर कानुनबमोजिम जरिवाना गरेको विभागले जनाएको छ । भदौ २९ गते ५२ वटा अनुगमन टोलीले ५५३ वटा करदाताको अनुगमन गरेकोमा ८३ वटा करदाताहरुलाई प्रचलित कानुनबमोजिम जरिवाना गरेको जनाएको छ । त्यस्तै भदौ ३० गते ४५ वटा टोलीले ४४७ वटा करदाताको अनुगमन गरेर ६९ करदातालाई कारबाही गरेको र विगत चार दिनमा २३४ टोलीबाट १९५१ वटा करदाताको अनुगमन गरी कर कानुन पालना नगर्ने ३०२ करदातालाई जरिवाना तथा अन्य कानुनी कारबाही गरेको विभागले जानकारी दिएको छ ।
अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोबार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरेको छ । अनुगमन टोलीले नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेस नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोबार गरेको, घरबहाल कर दाखिला नगरेको, बिलबीजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकोले कानुनी कारबाही गरेको हो । अनुगमनका क्रममा कर अधिकृत नेतृत्वको टोलीले व्यवसायीहरुलाई कार्यस्थलमा नै करदाता शिक्षा प्रदान गर्नुका साथै कर कानुनको पालना गर्न सुझाव समेत दिएको छ । कर अधिकृतको नेतृत्वमा खटिएको टोलीले कारबाहीमा परेका र थप शंकास्पद देखिएका करदाताहरुलाई थप अनुसन्धानका लागि खरिद बिक्री खाता नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित हुन पत्राचार समेत गरेको विभागले जनाएको छ । आन्तरिक राजस्व विभागले बजारमा बिलबीजक जारी नगर्ने करदाताको व्यवहारमा सुधार नभएमा अझ कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुका साथै बजार अनुगमनलाई वर्षैभरि निरन्तरता दिने जनाएको छ ।
Posted on: 2017-Oct-24
Posted on: 2017-Oct-24
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story