29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

गाँस, वास कपासको व्यवस्था गर

30 - Aug-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 गाँस, वास कपासको व्यवस्था गर 
प्रकृति निष्ठुरी बन्दाको उदाहरण अहिले हामीले देखेका छौ , भोगेका छौ । तर यो भोगाईबाट हामीले अझै केही सिक्न सकेनौं भने भोलिका दिनहरुमा पनि हामीले यि घटनारुह सहनुु पर्छ । यी पिडाहरु सहनुु पर्छ । जुुन आजका दिनमा सहेका थियौ ।  वर्षातको बाढीपहिरो भूकम्प जस्तो होइन जो एकपट आयो र केही सुरक्षा अपनाइयो भने बच्न सकिन्छ । केही अन्न पानीहुन्छ । कम्तीमा वारीमा राखिएका दाउरा त हुन्छ नै र पाल टागेर वस्न भूमी सख्खा नैहुन्छ केही अपवाद बाहेक । यी सवैहुदैन बाढी पहिरोमा त्यसकारण यस्तो बेला राज्य झन बढी गम्भीर हुनजु पर्छ भनएको हो तर त्यस्तो देखिएन । मनसुन सुरु भएयता बाढीपहिरोमा परी बिहीबारसम्म ३९ जनाले ज्यान गुमाएका अवस्था छ । तर सरकारका तर्फबाट राहतको कुनै व्यवस्था भएको पाइएन । यति ठूलो जनधनको क्षति हुदा पनि सरकारले पीडितहरु प्रति सहानुभूति समेत प्रकट गर्न कन्जुस्याइ गर्नु सामान्य घटना होईन ।  देशै भरी फैलिएको मनसुनका कारण मुलुकभर वर्षा हुँदा बाढीपहिरोका घटना बढेका बढै छन । राजविराजमा एउटा पुरै गाउ जहा १५–१६ सयका घर परिवार थिए तिनीहरु वरीपरिबाट बाढीको घेरामा परेका छन । वितेको चार पाच दिन देखि यस्तो अवस्था हुदा पनि उद्धार गरिएको समाचार आएको छैन ।  जल तथा मौसम विज्ञान विभागर्ले नदीमा पानीको सतह बढेको र वर्षा बढी भएकाले पहिरो जानसक्ने भन्दै सतर्क रहन आह्वान गरेको छ तर सरकारले उद्धारको नाममा कुनै पहल गरेको देखिएको छैन ।  सुदुर पूर्वको पाँचथरमा चार जनाको मृत्यु भएको छ भने पश्चिमकोबाजुरामा पनि त्यस्तै भयो । यसको अर्थहो यो मनसुन सर्वत्र फैलिएको छ तर यसकालागि सरकारले केकस्तो उद्धारको नीति बनाएको छ भन्ने कसैलाइ जानकारी भएन योबेलासम्म  । पाच थर फालेलुङ गाउँपालिका–३, ताङलेपामा रहेको नेवा खोलामा आएको बाढीसँगै पहिरोले बगाएर शुक्रबार तीनजनाको मृत्यु भयो । सिन्धेलीको पहिरोले पनि चारजनालाइ लग्यो । बागलुङ गलकोट नगरपालिकाको बडागाउँमा शुक्रबार अविरल वर्षाका कारण घर भत्किँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । बिहान करिब २ बजेको समयमा घरपछाडिको गाह्रो भत्किँदा पुरिएर ७५ वर्षीय वृद्धा सहित १३ वर्षीय नातीको  घटनास्थलमै ज्यान गयो । भारतीय पक्षले दसगजासित जोडेर निर्माण गरेको पक्की बाँधका कारण विभिन्न खोलानदीको पानी निकास हुन नसक्दा सप्तरीको मल्हनिया गाउँ पाच दिनदेखि टापुमा परिणत भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका १४ को मल्हनिया बस्तीका २ सय ५० घरमा पानी पसेको छ । खाँडो, जिता र कोसी नदीको पानी बस्तीमा पसेपछि त्यहाँका बासिन्दा अग्लो स्थानमा बसिरहेका छन् । खाँडो, जिता र कोसी नदीको बाढी भारततर्फ निकास हुनुपर्ने भए पनि भारतीय पक्षले पक्की बाँध निर्माण गरेकाले आफूहरूको बस्ती टापुमा परिणत भएको स्थानीयको भनाइ छ । यतिका दिन सम्म टापुमा वस्नु सामान्य होइन । सरकारको ध्यान गएको भए तिनलाइ उद्धार गर्न सकिने थियो । तर सरकार कानमा तेल हालेर बसेको छ । अहिले सरकारले भुकम्प पीडितको नाउँमा जति काम गरेको छ, ति सब्रै देखावटी र अल्पकालीन मात्र हो । केही लाख रुपैयाँ राहत दिने घोषणा गरेको भरमा भुकम्प पीडित जनताको गाँस, वास र कपासको प्रत्याभुुती हुुन सक्दैन ।   

Posted on: 2017-Aug-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar