साङयङको टेस्ट ड्राइभ कार्यक्रम सुरु
20 - Apr-2017, Posted by: Yuwahunkar | COMMENTS: 0

युवा हुंकार साङयङ मोटर्सका एकमात्र आधिकारिक बिक्रेता आईएमएस मोटर्सले दरबारमार्गमा अवस्थित एनआईबीएल बैंक परिसरमा साङयङ “ड्राइभ द लक्जरी” टेस्ट ड्राइभ कार्यक्रम सञ्चालन सुरु गरेको छ । विशेषगरी बैंकका कर्मचारीहरुका लागि भनेर ल्याइएको उक्त कार्यक्रममा सहभागीहरुका लागि साङयङका कोरियन लक्जरी एसयूभीको अनुभव गर्ने आयोजकको भनाइ छ । उपत्यकाका विभिन्न बैंकहरुमागई टेस्ट ड्राइभ गराउने कम्पनीको योजनाको रहेको छ । उक्त कार्यक्रममा सहभागी हुने हरेकलाई कम्पनी टेस्ट ड्राइभ गर्दा आकर्षक उपहारहरुका साथै खरिदमा भारी छुट र एक्स्चेन्ज्मा विशेष डिलहरु समेत प्रदान गर्ने भएको छ । यसबाहेक, अन्य आकर्षक अफरहरु पनि रहेका छन् । कम्पनीले दुई वर्षको वारेण्टी, एक वर्षको निःशुल्क रोड ट्याक्स्, तथा दुई वर्षको मनीःशुल्क सर्भिसिङ दिने भएको छ ।
Posted on: 2017-Apr-20

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story