बजाज डोमिनार सार्वजनिक
20 - Apr-2017, Posted by: Yuwahunkar | COMMENTS: 0

युवा हुंकार बजाज मोटरसाइकलको आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू बजाज डोमिनर ४०० बाइक सार्वजनिक गरेको छ । स्पोर्टी र बहुप्रतिक्षित डोमिनार को नेपली बजारमा ४ लाख ६९ हजार ९सय रुपैंया मुल्य तोकिएको कम्पनीले जानकारी दिएको छ । उक्त मोटरसाइकलकोे इन्जिन उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । यसमा आधुनिक चेसिस इन्जिनियरिंगका साथमा ३७३.३ सीसीको ट्रिपल स्पार्क डिटिएसआई इन्जिन रहेको छ । जसले डोमिनार ४०० मोटरसाइकलल चालक केटाहरु भन्दा फरक वयस्क पुरुष देखिने कम्पनीले दावी गरेको छ । यसमा ६ स्पीड गियरबक्स र स्लीपर क्लच राखिएको छ । १सय४८ किलोमिटर प्रतिघण्टाको उच्च गति प्रदान गर्दछ । डोमिनार ४०० ले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केबल ८.२३ सेकेण्डमा नै तय गर्न सक्दछ भने केबल ४६.१९ मिटरमा १०० किलोमिटर प्रतिघण्टाबाट शुन्यमा ब्रेकिंग गर्न सकिने कम्पनीले जानाकरी दिएको छ । जसले यसलाई माथिल्लो तहको कार्यक्षमता प्रदान गर्दछ । यसमा भएको एडभान्स लिक्विड कुलिंग सिस्टमले इन्जिनको कार्यक्षमतालाई निरन्तरता दिँदै लामो यात्राको लागि सहजबनाउँछ । यसमा रहेको ३२० एमएमको फ्रन्टमा रहेको डिस्क र २३० एमएमको रियर डिस्कका साथमा ड्यूल च्यानल एबीएस(एन्टि लक ब्रेकिंग सिस्टम)ले ब्रेकिंगलाई सुरक्षित बनाएको छ । यो बाइकमा ११०÷७० सेक्सन टायर फ्रन्टमा र १५०÷६० सेक्सन टायर रियरका साथमा १७ इन्चको एलोए ह्विल राखिएको कम्पनीले जनाएको हो ।
Posted on: 2017-Apr-20

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story