05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

तोयोताले बिशोव बजारबाट आफ्नो गाडीहरु फिर्ता गर्ने

20 - Apr-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 तोयोताले बिशोव  बजारबाट  आफ्नो गाडीहरु फिर्ता गर्ने 
एजेन्सी    एयर व्यागमा समस्या देखिएपछि टोयटाले बिश्व बजारबाट आफ्ना गाडीहरु फिर्ता ल्याउने भएको छ ।  सवारी निर्माताकम्नी टोयोटाले विश्वव्यापीरुपमा २९ लाख सवारीहरु फिर्ता ल्याउने निर्णय गरेको हो । एयरब्यागमा देखिएको खराबीको कारण सवारीहरु फिर्ता गरिरहेको कम्पनीले थप २९ लाख सवारीहरु फिर्ता गर्ने भएको हो । यसअघि कुनै निश्चित क्षेत्रबाट मात्र सवारी फिर्ता गरिरहेको कम्पनीले यो चरणमा सबै विश्वभर सवारी फिर्ता गर्न जानकारी दिएको छ ।  एयरब्यागको समस्याको करण टोयोटाले आफ्नो कोरोल्ला सेडन र आरएभी४ सुभ मोडलका सवारीहरु फिर्ताको तयारी गरेको हो । सन् २०१५ मा देखिएको टाकाटाले निर्माण गरेको एयरब्यागको समस्यापछि सवारी निर्माताहरुले लगातार आफ्ना सवारीहरु फिर्ता गरिरहेका छन् । यो समस्याको कारण मित्सुबिसी र हिनो मोटर्सले पनि दुई लाख ४० हजार सवारीहरु फिर्ता गरिसकेका छन् । यो समस्या देखिएपछि एयरब्याग निर्माता कम्पनीमाथि पनि आफ्नो एयरब्याग रहेका सवारीहरु फिर्ताको लागि दबाब बढेको थियो । अहिलेसम्म टाकाटा कम्पनीले निर्माण गरेको एयरब्यागमा देखिएको समस्याको कारण १६ जना मानिसहरुले ज्यान गुमाइसकेका छन् । जसमध्ये धेरै मानिसहरुको ज्यान अमेरिकामा गएको कारण अमेरिकाले यो एयरब्यागको प्रयोग गरेका सवारीहरुलाई आफ्ना सवारीहरु फिर्ताको लागि निर्देशन दिएको थियो ।  विश्वव्यापी यातायातका अधिकारीहरुले पनि टाकाटाको एयरब्यागमा प्रयोग गरिएको एमोनियम नाइट्रेट मानव स्वास्थ्यको लागि हानिकारक हुने बताइसकेका छन् । जापानी कार निर्माता कम्पनीले अहिले दिएको जानकारीअनुसार अहिलेको सवारी फिर्ताको निर्णय अघिल्लो वर्ष ल्याइएको सवारी फिर्ताको एक भागको रुपमा रहेको बताइएको छ । टोयोटा कम्पनीले फिर्ता गर्नलागेको सवारीको योजनाहरु मध्यपूर्वमा बिक्री गरिएका ११ लाख ६० हजार सवारीहरुमा लक्षित गरी ल्याइएको योजना हो । जापानमा अहिलेसम्मको अवधिमा सात लाख ५० हजार सवारीहरु फिर्ता भइसकेका छन् ।  अहिले ल्याइएको योजनामा टोयोटाको सबैभन्दा ठूलो बजार रहेको उत्तर अमेरिकाबाट भने सवारी फिर्ताको कुनै योजना आएको छैन । अहिले टाकाटा कम्पनी आफ्नो एयरब्याग फिर्ताको निर्णयसँग सम्बन्धित रही केही प्रायोजकहरुको खोजीमा रहेको छ । गएको वर्ष कम्पनीले आफ्नो एयरब्यागमा देखिएको समस्या समाधानको लागि एक अर्ब अमेरिकी डलरबराबरको रकम जरिवाना बुझाउने सम्झौता गरेको थियो । साथै कम्पनी अहिले आफ्नो व्यापारिक नतिजामा पनि उल्लेख्य गिरावटको सामना गरिरहेको छ । केही जापानी कम्पनीहरुले एयरब्यागमा देखिएको खराबीको नतिजासँगै आगामी दिनमा टाकाटाको एयरब्याग प्रयोग नगर्ने घोषणा गरिसकेका छन् । 

Posted on: 2017-Apr-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar