05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अमेरिकाले पूर्वाधार निर्माणमा १० खर्ब डलरको योजना ल्याउने

20 - Apr-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 अमेरिकाले पूर्वाधार निर्माणमा १० खर्ब डलरको  योजना ल्याउने 
एजेन्सी  अमेरिकाले पुर्वाधार निर्माणमा मात्र १० खर्ब अमेरिकी डलर खर्च गर्नगरी बिस्तृत योजना ल्याउने  भएको छ । अमेरिकाको यातायात सचिव एलेन काओले यस वर्षको अन्तिमसम्ममा अमेरिकाले संरचना निर्माणको क्षेत्रमा १० खर्ब अमेरिकी डलरको योजना ल्याउनसक्ने जानकारी दिएकीछन । काओले दिएको जानकारीअनुसार यस वर्षको अन्तिमसम्ममा ल्याउन लागिएको संरचना निर्माणको योजना आगामी १० वर्षको लागि ल्याउने र यसमा पनि यातायातको क्षेत्र प्राथमिकतामा पर्नेछ । अमेरिकाको यातायातको संरचनाहरु विस्तार गर्न यो निकै महत्वपूर्ण हुने देखिएको हो । आगामी १० वर्षको लागि केही विशेष लक्ष्य हासिल गर्नको लागि यो याजना अघि सारिएको हो ।  यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको यातायातको क्षेत्रमा धेरै सधार गर्नु आवश्यक रहेको बताएका थिए । परम्परागत यातायात प्रणालीको कारण अमेरिका पछाडि रहेको उनको भनाइ थियो ।  संरचना निर्माणको योजनामा यातायातको अलावा ऊर्जा, खानेपानी र केही हस्पिटल तथा नेटवर्किङको पनि योजना समावेश हुने बताइएको छ । विश्वका धेरै मुलुकहरुले आफ्नो आर्थिक क्षेत्रको सुधारको लागि संरचना निर्माण तथा व्यापार विस्तारमा ध्यान दिने गरेकोमा अमेरिका भने आर्थिक वृद्धिदरको हिसाबमा पछाडि रहेको छ । अमेरिकाको आर्थिक क्षेत्र पनि बाराक ओबामाको पालामा कमजोर रहेको भन्दै आलोचना गरेका ट्रम्पको लागि अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउने जिम्मेवारी पनि रहेको छ । अमेरिकामा रोड, पुल, विमानस्थललगायतका संरचनाहरु आधुनिकीकरणको लागि प्रयोग गरिने बताइएको छ । त्यसका लागि निजी क्षेत्रसँग पनि सहकार्य गरिने बताइएको छ ।  ट्रम्पले यसअघिका योजनाहरुको सुधार गर्नुभन्दा पनि छुट्टै किसिमको योजना ल्याई अमेरिकाको संरचनाको क्षेत्रमा सुधार गर्ने यातायात सचिवले जानकारी दिएकी हुन् ।  यसले सरकारका योजनाहरुको गतिमा पनि वृद्धि हुने उनको विश्वास रहेको छ । अमेरिकालाई पहिलो दृष्टिमा राखेर ट्रम्पले आर्थिक सुधारको योजनाहरु ल्याउने बताइरहेको अवस्थामा यातायातको क्षेत्र अमेरिकाको लागि केही महत्वपूर्ण हुने देखिएको छ । गएको मार्च १ अमेरिकाको यातायातको औसत अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा रहेको देखिए पनि अहिले भने यो नतिजा चार दशमलव तीन प्रतिशतको गिरावटमा परेको छ ।  केही लगानीकर्ताहरुले भने अहिले ट्रम्पका योजनाहरु लागू गर्ने समय आएको र त्यसैअनुसारको योजनाहरु ल्याउने तयारी पनि भइरहेको बताएका छन् । यसले अमेरिकाको आर्थिक क्षेत्रमा विस्तार हुने उनीहरुको भनाइ रहेको छ । यस महिनाको सुरुवातमा ट्रम्पले १६ अर्ब २० करोड अमेरिकी डलरबराबरको रकम संरचनाको क्षेत्रमा लगानीको योजना अघि सारेका थिए । यो सन् २०१८ सम्मको लागि ल्याइएको योजना थियो । अघिल्लो वर्षको तुलनामा यो नतिजा १३ प्रतिशतको गिरावटमा परेको हो । अहिले ल्याइएको योजनामा १७ करोड ५० लाखको बजेट भने वार्षिक कोषबाट ल्याउने तयारी भइरहेको बताइएको छ ।   

Posted on: 2017-Apr-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar