28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

के पायो ? मुलुकले प्रधानमन्त्रिको चीन भ्रमणबाट

20 - Apr-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 के  पायो ? मुलुकले प्रधानमन्त्रिको चीन भ्रमणबाट 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणले मुुलुकले के पायो ? यतिखेर यो प्रश्न आम जनताको मनमा उब्जिएको हुुन सक्छ । मुुलुकको सिंगो राजनीतिक बृतमा प्रधानमन्त्री दाहालको चीन भ्रमणलाई निकै नै ठुलो महत्वका साथ हेरियो । राष्टिय तथा अन्तराष्टिय सञ्चार माध्यमहरुमा पनि यसले निकै नै चर्चा पायो । 
त्यसमाथि पनि भारतीय सञ्चार माध्यहरुमा प्रधानमन्त्री दाहालको चीन भ्रमण सम्वन्धी समाचार निकै नै स्थान पाए । यसअर्थमा कतिपय नागरिकले प्रधानमन्त्री दाहालको चिन भ्रमण सम्वन्ध बिस्तारको लागि, दुुई देशको बिचको पारस्परिक हितको लागि भन्दा पनि चर्चाको लागि भएको बुझेकछन । जतिखेर पुष्पकमल दाहाल नेपालका प्रधान मन्त्री भएको उनले आफ्नो नेतृत्वको सरकारको सबैभन्दा ठुलो उपलब्धी आफ्नो चिन भ्रमण र चिनियाँ राष्टपतिलाई आफ्नै कार्यकालमा नेपाल भ्रमण गराउनुु हो भनेका थिए  । यसबाट प्रष्टरुपमा बुझन् सकिन्छ, प्रधानमन्त्री दुुई देशको बिचको पारस्परिक हितको लागि भन्दा पनि छिमेकीलाई देखाउन अर्थात चर्चाको लागि चिनको भ्रमण गरेका थिए । 
यदि त्यसो नहुंदो हो त, यसबाट सिंगो मुुलुकले अर्थात नेपाली जनताले के पाए ? त्यो केलाउनुु पर्ने बेला आएको छ । बोआओ फोरम फर एसिया’ सम्मेलनमा एउटा सम्बोधन गर्ने नाममा धेरै नै महत्वपूण मानिएको समयको एक साता त खेर गयो नै कुनै अजेन्डा बिना नै देशको कार्यकारी प्रमुख यसरी विदेश भ्रमण गएको नेपालको राजनीतिक इतिहासमा सम्भवतः पहिलो घटना हो । मुलुकका कार्यकारी प्रमुख विदेश भ्रमण जाँदा कार्यवाहक दिने प्रचलन तोडियो । यो देश भित्रको कुरा हो । तीनतीनजना उपप्रधानमन्त्री भए पनि प्रधानमन्त्री दाहालले कसैलाई कार्यवाहक दिएनन । अझ एकजना उपप्रधानमनत्री त विदाइका लागि विमानस्थल सम्मनै गएनन । त्यतिमात्र होइन प्रधानमन्त्रीको भ्रमण अजेन्डालाई मन्त्रिपरिषद्बाट पारित नै गरिएन जसले एउटा रेकर्ड नै कायमा भयो । 
विदेश भ्रमणमा जानुअघि मन्त्रिपरिषद् बैठक बसेर पारित गर्ने प्रचलन थियो बैठकमा जाने देश र हुने कार्यक्रम उचित छ कि छैन, सहभागी टोलीमा को–को रहनेछन, त्यसका लागि कति खर्च लाग्छ ? भन्ने विषयमा छलफल गरिन्छ, तर यो पटक त्यस्तो केही भएन । वदेश भ्रमणमा निस्कनुअघि व्यवस्थापिका संसद् र संसद् चालू नभएमा संसदीय समिति अर्थात् अन्तर्राट्रिय तथा श्रम समितिलाई जानकारी गराउने प्रचलन पनि दाहालले तोडेका छन् । 
प्रधानमन्त्री दाहाल चीन पुग्दा उनका समकक्षी चिनियाँ प्रधानमन्त्री ली खसाङ अस्ट्रेलिया भ्रमणमा निस्के । प्रधानमन्त्री लीले अस्ट्रेलियाका क्यानबेरा र सिड्नी सहरमा पाँच दिन बिताउने कार्यक्रम थियो । राष्ट्रपतिको भ्रमणका लागि राष्ट्रपतिको निम्तो आउँछ, प्रधानमन्त्रीलाई बोलाउन प्रधानमन्त्रीले निम्तो गर्ने चलन हुन्छ । तर यो भ्रमणमा चिनियाँ प्रधानमन्त्री अस्ट्रेलियामा छन भने उनले निम्ता गरेका होइन रहेछ भन्ने आफै बुझन सकिन्छ । यसअर्थमा पनि प्रधानमन्त्री दाहालको चीन भ्रमण औपचारिकतामा मात्र सिमित रह्यो । यसले दुुई देशबिचको पारस्परिक सहयोगमा खासै योगदान दिएको जस्तो अनुभव आम नेपाली जनताले गर्न सकेका छैनन । यो निकै नै दुुखद पक्ष हो । 


Posted on: 2017-Apr-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar