27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अकिरामा’ सोनाक्षीको एक्सन

5 - Oct-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 अकिरामा’ सोनाक्षीको एक्सन 
युवा हुंकार व्युरो काठमाडौ भदौ  भारतीय चलचित्र जगतमा निकै आशा गरिएको चलचित्र अकिरामा सोनाक्षी सिन्हाको एक्सन हेर्न पाईने भएको छ । मुरुगदास को यो कथा अकिरा अर्थात सोनाक्षीको वरिपरि घुमेको छ । जसको वसोवास जोधपुरमा छ । उच्च शिक्षा अध्ययनका लागि आफ्नी आमासंग मुम्बई गएपछि सोनाक्षीको संघर्ष सुरु हुन्छ । कलेज भर्ना भएकै दिर्न याकिङको शिकार हुन्छिन् । स्कुल पढ्दैताक मार्शल आर्ट सिकेकि अकिराले आफुलार्ई याक गर्नेको क्षणभरमै सातो लिन्छिन् । फिल्म सुरु भएको केहि मिनेटमै उनको एक्सन हेरेर दर्शक प्रफुल्लित हुन्छन् । कथा अगाडी बढ्दै जाँदा अकिरा एउटा मर्डर केसमा फस्छिन् । उनले सामाना गर्नुपर्छ घुसखोर प्रहरि अधिकृत अनुराग कश्यपसंग, जो अकिरालाइ मार्न चाहन्छन् । अकिरा कसरि मर्डर केशमा परिन् । उनलाई किन मार्न चाहन्छन् प्रहरि अधिकृत यी सब घटनाक्रम बुझनका लागि हलमै जानुपर्ने हुन्छ । अकिरा निर्दोश सावित हुन्छिन् वा जेलमै फस्छिन् त्यो पनि हलमा नगई थाह पाउन सकिदैन । सोनाक्षीले यस फिल्ममा फेरि एक पटक आफ्नो दवंग छबि देखाएकि छिन् । सोनाक्षीको एक्सनले दर्शकलाई भरपुर मनोरञ्जन दिएको छ । उनको अभिनय लोभलाग्दो छ । त्यसो त भ्रष्ट प्रहरिको भुमिकामा अनुरागले पनि जीवन्त अभिनय गरेका छन् । कोणकोणा सेन, अमित साधले पनि राम्रो अभिनय गरेका छन् । दोस्रो हाफमा अक्षय कुमारको इन्ट्रि दर्शकलाई सरप्राइज लाग्छ । गजनी, होलिडे जस्ता फिल्म बनाएका मुरुगदासले सोनाक्षीकै लागि अकिरा बनाएजस्तो लाग्छ । उनको मेहनत फिल्ममा प्रसस्त देखिन्छ । यसलाई सोनाक्षीको अहिलेसम्मकै उत्कृष्ठ फिल्म हो भन्दा पनि फरक पर्दैन ।   

Posted on: 2016-Oct-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar