05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

प्रचण्ड ः माओवाद देखी मोदिवाद सम्म

5 - Oct-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
प्रचण्ड ः माओवाद देखी मोदिवाद सम्म सरोज अर्याल यदि मानब जातिमा सम्बन्धप्रतिको बिचलन पैदा हुन्छ र स्वव्यक्ति एउटा पछि अर्को सम्बन्ध गाँस्दै अनि छोटो समयमा छुटाउदै हिड्छ भने त्यसलाई बाईपोलार डिसअर्डर भनिन्छ । त्यस्तै राजनितिमा पनि आदर्श बिचलन भएर आफुले पालना गर्दै आएको मुल्यमान्यता को ठिक उल्टो पट्टि लाग्ने गरेको कैयन उदाहरणहरु पनि छन् तर यो कुन डिसअर्डर हो भनेर भने कसैले पुष्टि गर्न सकेका छैनन् । सायद हालसालै हिन्दुस्तान टाईम्सले एक लेख मार्फत भन्दै आएको एसियाका नेल्सन मण्डेला “प्रचण्ड” यो डिसअर्डरको धेरै पटक सिकार भईसके । सायद उनको २०५१ मा सुरु भएको कथित जनआन्दोलननै साचिक्कै माओवाद थीयो वा थिएन भनेर एकिन गर्न गाह्रो छ । झन् पार्टि र आदर्श बिस्तार पश्चात त चन्दा, लुटपाट आदिले यो माओवाद होईन भनेर पुष्टि ग¥यो नै । शान्ति सम्झौता पश्चात प्रचण्ड लगाएत अन्य राष्ट्रिय नेताहरुको रहनसहन रवाफले त झन् यो माओवाद त थिएननै त्यसमाथि यो वर्गसँघर्षपनि थिएन भनेर पुष्टि ग¥यो । भनिन्छ राजनिति भनेको पावर कसरी हात पार्ने र त्यसको प्रयोग कसरी गर्ने भन्नेमा केन्द्रीत हुन्छ मतलब प्रचण्ड लगाएतको कथित माओवाद कसरी कुर्सी सम्म पुग्ने भन्ने राजनिति थियो । २०६४ र २०७३ गरेर प्रचण्ड दुईपटक कुर्सी हातपार्न सफल भईसकेका छन् । तर कुर्सी हात पार्नको निमित्त कुनै कसर पनि बाँकि छोडेका छैनन् । सायद २०६४ सालको उनको प्रधानमन्त्रीत्व आम जनमानसमा पाच्यनै थियो किनकि उनी त्यति लामो जनयुद्ध बाट फर्केका योद्धा थिए । तर २०६४ बाट हाल सम्म आईपुग्दा उनीसँग १० बर्षे जनयुद्धका केहि फोटा बाहेक सम्झनामा केहि पनि बाँकि छैनन् । के. पि ओलिको भारत बिरोधि दुईचार वाक्य पचाउन नसकि भारतले आफ्नो साम, दाम, दण्ड, भेद लगाएर ओलि सरकार ढालेरै छोड्यो र आफ्नो सुभचिन्तक र मसिहाको रुपम प्रचण्डलाई नेपाल सरकारको बागडोर सुम्पिने माहोल बनायो । भनेपछि पछिल्लो समय प्रचण्डको माओवाद, मोदिवाद तर्फ रुपान्तरित हुने चरणमा छ । भारत भ्रमण पुर्वका तयारीको माहोल अध्ययनका लागि भारत पठाईएका नेपाल सरकारका उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले आफु भारत भ्रमण जाँदा प्रचण्डको प्रतिनिधित्व गरेर लगेको चिठिले नेपालको सँसद तथा आन्तरिक राजनितिमा ठुलै खैलाबैला मच्चायो । सँसदमा खुलेआम नै एमाले नेता भिम रावलले सो चिठि सार्वजनिक गरिनुपर्ने माग राखे भने बालुवाटारमा आयोजना गरिएको अन्तरपाटि बैठक भिम रावल र बिमलेन्द्र निधिको भनाभनले दुईपटक उत्त बैठक राम्रो सँग सञ्चालन हुन सकेन । एक आम जनताको हैसियतले उत्त चिठिमा कस्तो प्रकृतिको भाषा प्रयोग भएको छ भन्ने कुरा सार्वजनिक गर्नु जरुरी देखिन्छ । उक्त चिठिमा नेपालका प्रधानमन्त्रीको हैसियतले नेपालको बोलि लेखिएको छ वा प्रधानमन्त्री बन्ने माहोल बनाईदिनु भएकोमा धन्यवाद लेखिएको छ भन्ने कुराको प्रष्टता नेपालीले चाहेका छन् । प्रचण्डको भारत भ्रमणले जति धेरै हल्ला पिट्यो त्यसको उल्टो प्रतिक्रिया पायो नै तथापि निम्न लिखित कुराहरुको पुष्टि पनि प्रचण्ड सरकारले गर्नु पर्ने नै हुन्छ ।     फास्टट्रयाक काठमान्डौ–निजगढ फस्टट्रयाक, सम्भवत नेपालको निमार्ण सँग सम्बन्धित सबैभन्दा बढि बिबादित परियोजना हो । आफै बनाउने? दक्षिणी छिमेकि वा उत्तरी छिमेकिलाई दिने ? भन्ने बिषयमा अड्कीएको बहसले सो कार्यको कार्यथालनीनै हुन पाएको छैन । नेपालका विकाश निर्माण सँग सम्बन्धि जानकारका अनुसार सो निर्माण कार्य गर्न नेपाल आफै सक्षम रहेको र आफै बनाउदा मात्रै नेपाल बिजयि स्थितिमा रहने बताउछन भने नेपाल सरकारको नेतृत्वमा आउने हेरेक प्रमुखले यस सँग सम्बन्धित ठोस बब्त्तव्य दिन सकेका छैनन् । अझ नेपालका ठुला दलका नेताहरुले खुलेआमनै सो प्रोजेक्ट भारतलाई दिनुपर्ने भनेर भन्न पनि भ्याएका छन् । अनि अर्को पक्षले भारतलाई सो प्रोजेक्ट भारतलाई दिदा कति नेपाललाई घाटा लाग्नेछ भन्नेको हिसाब किताब नै नरहेको भन्ने बताउछन् । प्रचण्डको भारत भ्रमणमा नेपाली पक्ष तयार नरहेता पनि भारतले के के बुदाँमा नेपाली पक्षको घाँटी न्याक्ने हो भनेर लिस्ट तयार गरिसकेको हस्ताक्षर पनि गराईसक्यो । मतलब काठमान्डौ–निजगढ फास्टट्रयाकको कुरामा पनि भारतिय पक्षले जरुर आन्तरिक समझदारीको वाताबरण बानाएको हुनुपर्छ । अब त्यसको जबाफ वा ट्याकल प्रचण्डले कसरी गर्नेछन् भन्नेले पनि नेपालको अहिलेको सरकारको नियत प्रष्टयाउने छ । चीनीया राष्ट्रपतिको भ्रमणमा अन्योलता नोभेम्बरमा हुने भनिएको चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको, सारिएको आदि आदि समाचार बिभिन्न बेलाबखतमा आउने गरेको छ । तथापि चीन स्थीत नेपाली दुतावास र चीनिया अधिकारीहरुले कुनै त्यस्तो परिवर्तन नभएको स्पष्टिकरण दिईसकेका छन् । कुटनितिमा एउटा नयाँ प्रयोग गरिने गरिन्छ बेला बेलामा जसलाई प्रोपोगान्डा डिप्लोमेसि भनिन्छ । प्राय आफुभन्दा कमजोर राष्ट्रमाथि प्रयोग गरिने यो कुटनिति कतै भारतले नेपाल माथि गरिरहेको त छैन भनेर सौच्नुपनि जरुरी छ । २०१४ पहिलो पटक मोदिको नेपाल भ्रमणले नेपाल केहिसमयको लागि मोदिमय भएको थियो । यदि यसैगरि चिनियाँ प्रधानमन्त्रीको भ्रमण नेपालमा हुने हो भने नेपाल “सि” मय नहोल भन्न सकिन्न । त्यसैले भारतले सँधै नेपाली पर्दाको हिरो रहिरहन आफुले चिने जानेको मिडिया मार्फत यो कदम चलिरहेको हुन सक्छ । याँहा आएर नेपालका चौथो अँगहरुले देश विकाशमा खेलि रहेको गलत चालहरुले साचिक्कै नेपाल बाहेक अरुलाई फाईदा भईरहेको हुनसक्छ । त्यसैले चिनियाँ राष्ट्रपतिको भ्रमण समस्थ देश विकाशको निम्त्तित महत्वपुर्ण छ नै साथै अहिलेको नेपाल सरकारको असलि नियत पनि यसले पुष्टि गर्नेछ ।   राजनैतिक ईतिहाँस नेपालका प्रमुखका रुपमा रहेका राज खानदान सँग सायद हाम्रो दक्षिणी छिमेकिको सम्बन्ध कहिले पनि राम्रो रहेन, उनीहरु कुरीरहेका थीए त केबल एक सुनौलो मौका त्यो अबिश्वासको सम्बन्धलाई निमट्यान्न पार्ने । त्यो कदमको थालनि भयो नेपालको भुमिगत समुह सँगको सहकार्यबाट । नेपाली सेना र राजखन्दानका नजिकका व्यक्ति बिबेक शाहको भनाईलाई आधार लिने हो भने नेपाली सेना अनि माओवदि सेनाको देहेरादुनमा एकै ठाउमा टे«निङ हुने गर्दथ्यो । १२ बर्षे जनयुद्धको दौरान पनि नेकपा माओवादीका नेताहरु प्राय भारत तिरनै रहने गरेको पनि स्रोतहरुबाट थाहा हुन्छ । भने प्रचण्डको आफ्नो अतित सँग जोडिएको सम्बन्धलेपनि भारत–नेपाल सम्बन्ध निर्धारण गर्नेछ ।    माथि उल्लेखित कुराहरु त केबल उदाहरण घटना मात्रहुन, नेपाल–भारत सम्बन्धमा यी लगाएत कैयन कुराहरु छन जो सम्बन्धमा रुकावोट बनेर उभिईरहनेछन् । याँहा आएर प्रचण्डले अरु जस्तै भारत पक्षसँग आफुलाई पनि फोटोमा मात्रै हातमिलाउने स्थिति बनाएभने ईतिहासले उनलाई पनि गालि नै गर्नेछ । मोदिवादी बन्दै गएको उनको आदर्शलाई यदि नेपालवादीमा परिणत गर्न यदि असफल उनी भएभने सायद उनीले पनि अरु आम प्रधानमन्त्रीहरु सरह जनताको सराप खप्नुपर्नेहुन्छ । फेरि कुनै जमानामा नेकपा एमालेकै तर्फबाट सबैभन्दा भारतको विश्वास पात्र मानिएका ओलिलाई पन्छाउन सबै किसिमको चाल चल्न सक्ने दक्षिणी छिमेकिले प्रचण्ड पन्छाउन पनि चाल नचल्लान भन्न सकिन्न । त्यसैले माओवाद बाट आफ्नो परिचय मोदिवाद बनाउनको सट्टा नेपालवाद तर्फ अघि बढाउदा सायद उनी भारतको कथित नेल्सन मण्डेला भन्दा नेपालीकै जननेता हुनसक्छन । भारत भ्रमणमा भएका साना साना त्रुटिले नेपाललाई दुर्घटना तर्फ अग्रसर नगर्ला भन्न सकिन्न । पकिस्तानको विषयमा प्रचण्डले दिएका बिबादास्पद बक्तव्यले नेपाल पाकिस्तान सम्बन्धमा कस्तो मोड ल्याउने छ भन्ने कुराको आकलन कस्ले गर्ने भन्ने पनि अन्योलता छ । साथै भिमसेन थापाले गरेको सुगौलि सन्धि र चन्द्र शमसेरले गरेको नेपाल भारत फ्रन्डसिप ट्रिटिले नेपाललाई अहिले सम्म कुँजो बनाएको छ । प्रचण्डले प्रेस रिलिजमा भारतलाई सुम्पेको परराष्ट्र नितिको सार्बभौमिकताको चाबि र भारतलाई सेक्युरिटि काउन्सीलको सदस्यता लिन गर्ने सहयोगको आस्वासनले नेपाललाई पछि सम्म हन्ट नगर्ला भन्न सकिन्न ।   (लेखकले वार्सा विश्वविधालयबाट अन्तराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गर्नुभएको छ ।)        

Posted on: 2016-Oct-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar