01 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सद्गूूरुदेव श्री सतपालजी महाराजको जन्मोत्सब समारोह

22 - Sep-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सद्गूूरुदेव श्री सतपालजी महाराजको जन्मोत्सब समारोह 
  ड्ड जन्मोत्सवमा देशव्यापी रक्तदान, ९२८ जना रक्तदात्ताले गरे रक्तदान ।   ड्ड काठमाडौंको बृहत धार्मिक शोभायात्रा  । ड्ड देशभरका ६७ आश्रमका मुख्य ११ आश्रममा जन्मोत्सब समारोह  ड्ड समारोहमा आध्यामिक  प्रवचन तथा सास्कृतिक कार्यक्रमहरु  प्रस्तुत  ड्ड धार्मिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई सम्मान ।    नेपाल मानब धर्मका प्रेणता सद्गूरुदेव सतपाल जी महाराजको ६६ औं जन्मोत्सब समारोह देशका ६७ आश्रमका मुख्य ११ अञ्चल स्तरिय आश्रममा भव्य रुपमा सम्पन्न भएको छ । हरेक बर्ष सस्थाको मुख्य पर्वको रुपमा मनाइदै आएको समारोह यस बर्ष पनि ठुलै रौनकका साथ मनाएको छ ।   समारोेहको उद्घाटन गर्दै पूर्व प्रधान सेनापती रुक्माङ्कद कटवालले धर्म र संस्कृति हाम्रो धरोहर भएकोले यसको संरक्षण र सम्बर्दन गर्नुु हाम्रो कर्तब्य भएको बताउनु भयो । वर्तमान समयमा केहि नेपालका अविवेकी नेताहरु तथा अन्य तत्वहरुले यसलाई  भत्काउन सक्ने कुरामा हामी होसियार हुनुु पर्ने बताउनुभयो । हिन्दु धर्म र हिन्दुु राष्ट्र फरक विषय भएको र हिन्दु राष्ट्र हाम्रो पहिचान  र गौरवको हो , र हिन्दु राज्य भित्र सबै भाषा, धर्म र सस्कृतिको आस्था राख्ने समुदायको अनुकुल उनिहरुको सम्मान र स्वतन्त्रता रहेको दोहो¥याएका भयो  ।  कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिले देशभर संचालन गरेको वृहत रक्तदान कार्यक्रममा ९२८ जनाले रक्तदान गरेका छन । अञ्चल स्तरिय आश्रमा गरिएको कार्यक्रममा हिजो र आज गरेर रक्तदाताले रक्तदान गरेका थिए । हरेक बर्ष झै यस बर्षको जन्मोत्सव कार्यक्रममा पनि निरन्तरता भईरहेको र गरिरहने कुरा संस्थाका केन्द्रिय कार्यकर्ता सागर कटवालले जानकारी गराउनु भयो ।  जन्मोत्सवमै उपलक्ष्यमा धर्म र सस्कृतिमा कलम चलाउने पत्रकारहरुलाई सम्मान पनि गरिएको छ ।  सम्मानित हुने गोरखापत्रका पुर्व सम्पादक कमल रिजाल, लेखक तथा साहित्यकार गोपीकृष्ण ढुुङगाना, गौरी मासिकका सम्पादक अर्जन लामीछाने, ओमकारवाणी मासिकका प्रधान सम्पादक अरुण पाण्डे, रेडियो कान्तिपुरका लोकप्रिय धार्मिक कायक्रम संचालक अच्युुत प्रसाद सुुवेदीलाई  रहेका छन् । समारोह कार्यक्रममा सस्थाका अनुुभवि सत्त महात्मा चमेली बाइजी र लता बाइजीले धार्मिक प्रवचन गर्नुुभएको थियो ।     

Posted on: 2016-Sep-22

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar