एक बर्षमा चार हजार व्यापारी कारवाहीमा
1 - Sep-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
एक बर्षमा चार हजार व्यापारी कारवाहीमा
युवा हुंकार व्युरो
काठमाडौ, साउन
नेपाल गुणस्तर तथा नापतौल बिभाग काठाडौले आर्थिक वर्ष २०७२ ७३ मा चार हजार भन्दा बढी साना तथा ठुला व्यापारीहरुलाई कारवाही गरेको छ । बिभागले अनियमित रुपमा नापतौल यन्त्र प्रयोग गर्ने चार हजारभन्दा बढी व्यापारीलाई कारबाही गरेको हो ।
व्यापारीले नापतौलको प्रयोग गरी कम मात्रामा सामान बेचेको सूचनाका आधारमा अनुसन्धान गर्दा दोषी पाइएका चार हजार १४९ व्यापारीलाई कारबाही गरेको कार्यालय प्रमुख शशीभुषण यादवले जानकारी दिए । “ठग्ने व्यापारीलाई कानुनी दायरामा ल्याउँछौँ,” उनले भने । कार्यालयले गत आवमा तीन हजार २२७ व्यापारीलाई नाप्ने तौलने यन्त्रको अनुमति र ५७ वटा कम्पनीलाई इजाजतपत्र दिएको जनाएको छ ।
आठ हजार तीन सय ७८ व्यापारीले कार्यालयमा गएर नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँचपास गराएका छन् । कार्यालय प्रमुख यादवकाअनुसार सोही आवमा तीन सय ७० पेट्रोलियम पदार्थ वितरण पम्पको जाँच गरिएको छ ।
Posted on: 2016-Sep-1
Posted on: 2016-Sep-1
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story