01 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बिकास र समृद्धिको लागि व्यक्ति होईन, नीति राम्रो हुुन पर्छ

1 - Sep-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
बिकास र समृद्धिको लागि व्यक्ति होईन, नीति राम्रो हुुन पर्छ 
कुुनै पनि देशको समग्र आर्थिक बिकासमा राजनीतिको निकै नै ठुलो भुमिका रहेको छ । राजनीति स्थिर नभईकन बिकासले गति लिन सक्दैन । अर्थात राजनीतिक स्थिरता बिना आर्थिक बिकास संभव हुुदैन । नेपालको हरेक क्षेत्रमा राजनीति हुने गरेको छ । तर त्यो राजनीति राम्रोका लागि भन्दा नराम्राका लागि धेरै प्रयोग हुने गरेको छ । राजनीतिमा खुुट्टा तान्ने प्रवृत्ति हावी हुँदा राम्राभन्दा राम्रा आर्थिक विकासका कार्यक्रमहरु पनि असफल भएका छन् ।
राम्रो काम गर्नसकेको खण्डमा एउटा दलले मात्र जनताको जित्न सक्ने भन्दै राम्रो गर्ने दललाई हरतरहबाट हतोत्साही गर्ने तथा उसले गरेका विकास निर्माणको कार्यहरुलाई असफल पार्ने खेल यहाँ हुने गरेको छ । नेपालको राजनीतिलाई जति पटक पल्टाएर हेरे पनि देखिने एउटै कुरा भनेको यही नै हो । एउटा सरकारले ल्याएका राम्रा नीति तथा कार्यक्रमलाई अर्को दलको सरकारले खारेज गरिदिने अथवा कार्यान्वयन नै नगरी असफल बनाइदिने प्रवृत्ति यहाँ रहेको छ । 
व्यक्ति परिवर्तन हुुँदा सिंगो मुलुको आर्थिक विकास र समृद्धिसम्बन्धी नीति नै परिवर्तन हुुनुुु यो मुुलुुकको लागि दुुर्भाग्य हो । राम्रो नीति जुुन पार्टी वा दलको सरकारले ल्याएका भए पनि त्यसले निरन्तरता पाउनुुपर्छ । यसमा नै मुुलुुकको दिगो आर्थिक विकास र समृद्धि छ । तर यहाँ विकास र समृद्धिलाई भत्काउने खेल खेलिन्छ, आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न । राम्रा विकास र नीतिलाई दाउपेचमा राख्ने गरिन्छ । यसो हुँदा कुनै पनि मुुलुकले आर्थिक विकास गर्न सक्दैन । आर्थिक विकासको लागि दीर्घकालीन आर्थिक नीति चाहिन्छ, दीर्घकालीन आर्थिक नीतिका लागि स्थिर सरकार चाहिन्छ । तर नेपालमा आजसम्म पनि यो दुुवै हुुनसकेको छैन । त्यही कारण पनि नेपाल आर्थिक विकास र समृद्धिमा पछाडि परेको हो । 
यदि सबै राजनीतिक दलले मुुलुकले छोटो समयमा नै आर्थिक विकास र समृद्धि होस् भन्न चाहन्छन् भने यसमा राजनीति गर्नुहुँदैन । देशलाई समृद्ध बनाउनको लागि जुुन दलले राम्रा नीति तथा कार्यक्रम ल्याएको भए पनि त्यसलाई आत्मसात् गर्न सक्नुुपर्छ । आफ्नो दलको सरकारले ल्याएको नीति मात्र राम्रो हो भनेर अन्य राम्रा नीति तथा कार्यक्रमहरुको घाँटी निमोठ्ने काम गर्नु हुँुदैन । जबसम्म यो क्रम नेपालमा रहन्छ । नेपालको लागि आर्थिक विकास र समृद्धि निकै नै टाढाको विषय हुन जान्छ । यही कारण पनि आम नेपाली जनताले पनि राम्रो काम गर्ने सरकारका नीति तथा कार्यक्रमहरुलाई सहयोग गर्नुुपर्छ । व्यक्ति र नीतिलाई एउटै ढर्रामा राखेर जोख्ने काम गर्नुहुँदैन । यदि यही स्थिती कायम रह्यो भने मुुलुकले कहिले पनि आर्थिक बिकास र समृद्धि हाँसिल गर्न सक्दैन 
 

Posted on: 2016-Sep-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar