30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नयाँ ऐनमा यस्तो छ बीमाको व्यवस्था

1 - Sep-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 नयाँ ऐनमा यस्तो छ बीमाको व्यवस्था 
  क्रस क्षतिको विवरण प्रत्येक व्यक्तिको लागि निर्धारित बीमाङ्क रकम  १ मृत्यु भएमा पाँच लाख २ पूर्ण स्थायी अशक्तता भएमा पाँच लाख ३ निको नहुने गरी दुवै आँखाको दृष्टि क्षति भएमा पाँच लाख ४ दुवै हातको नाडी वा दुवै खुट्टाको गोली गाँठोको जोर्र्नी वा सोभन्दा माथिदेखि शारीरिक रुपले काम नलाग्ने भएमा पाँच लाख ५ एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सोभन्दा माथिदेखि र एउटा आँखाको दृष्टी पूर्ण रुपले क्षति भएमा पाँच लाख ६ एउटा आँखाको दृष्टि पूर्णरुपले क्षति भएमा दुई लाख पचास हजार ७ एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सोभन्दा माथिदेखि शारीरिक रुपले काम नलाग्ने गरी क्षति भएमा दुई लाख पचास हजार   मोटर बीमासम्बन्धी नयाँ निर्देशिक लागुु  अब देखि तेस्रो पक्ष बीमाअन्तर्गतको क्षतिपूर्ति रकम पाँच लाख युुवा हुंकार आर्थिक व्युरो काठमाडौं, साउन  बीमा समितिले साउन एक गतेबाट मोटर बीमासम्बन्धी निर्देशिका २०७३ पूर्णरुपमा लागु गरेको छ । समितिले तेस्रो पक्ष र मोटर बीमासम्बन्धमा देखिएका केही अस्पष्टतालाई हटाउँदै नयाँ निर्देशिका लागु गरेको हो । बीमा ऐन, २०४९ को दफा ८(घ२) ले दिएको अधिकार प्रयोग गरी बीमा नियमावली, २०४९ को नियम १८ को उपनियम (२) को प्रयोजनको लागि समितिले यस्तो निर्देशिका जारी गरेको हो ।  नयाँ निर्देशिका अनुसार अब प्रत्येक सवारीधनीहरुले प्रतियात्रुुको बीमा पाँच लाख रुपैयाँ पु¥याउनुुपर्नेछ । यसअघि प्रतियात्रुको बीमा रकम एक लाख रुपैयाँमा सीमित रहेको थियो । सवारीसाधन दुुर्घटना भई यात्रुुको मृृत्युु भएमा वा अंगभंग भएमा यस्तो रकम उपलब्ध गराउनुपर्नेछ । पुरानो व्यवस्थाअनुसार यस्तो रकम दुुई लाख रुपैयाँ मात्र रहेको थियो । नयाँ निर्देशिकाअनुसार यात्रु तथा सवारी चालकसहितका कर्मचारीको उपचार खर्च तीन लाख रुपैयाँसम्म दिनुुपर्नेछ । तेस्रो पक्ष बीमा तथा सार्वजनिक सवारीसाधनमा काम गर्ने कर्मचारीहरु कुनै कारणवश दुर्घटनामा परी चोटपटक लागेमा औषधि उपचारबाट तीन लाख रुपैयाँसम्म दिनुुपर्नेछ ।  सवारीसाधन दुर्घटनाबाट तेस्रो पक्षको मृत्यु भएमा पाँच लाख रुपैयाँ तथा यसअघि औषधि उपचार गर्नुपरेमा तीन लाख रुपैयाँको वास्तविक सीमाभित्र रहेर उपचार खर्च जुुटाउनुुपर्ने निर्देशिकामा उल्लेख छ । दुई सवारीसाधनहरु एक आपसमा ठोक्किई यात्रु, चालक, सहचालक, परिचालक, चेकर, हेल्परको मृत्यु वा घाइते भएमा जुन गाडीको यात्रु, चालक, सहचालक, परिचालक, हेल्परको मृत्यु वा घाइते भएको हो सोही सवारीसाधनको बीमालेखबाट क्षतिपूर्ति गर्नुपर्नेछ । यस्तो क्षतिपूर्तिको रकम दुर्घटनापछि दोषी ठहरिएको सवारीसाधनको बीमालेखबाट असुलउपर गर्नु निर्देशिकामा उल्लेख छ । दुर्घटनामा बीमा नभएको गाडीको तेस्रो पक्ष दोषी ठहरिएमा आफ्नो बीमितको क्षति भुक्तानी गर्ने बीमितले त्यस्तो क्षति तेस्रो पक्ष गाडीको बीमा नभएमा सवारीसाधन धनीसँग असुलउपर गर्न बीमितमार्फत वा बीमितको सहयोगमा कानुनी कारबाही गर्नुपर्नेछ । तर त्यस्तो घटनामा बीमा भएको गाडी दोषी ठहरिएमा बीमा नभएको गाडीको तेस्रो पक्ष दायित्वअन्तर्गत बीमकले गाडीको क्षतिपूर्ति तथा उक्त गाडी चालक तथा सवार व्यक्तिहरुको दायित्व भुक्तान गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।  नयाँ निर्देशिकाले ट्याक्टर र पावर ट्रिलरलाई पनि बीमाको दायराभित्र ल्याएको छ । यी दुुवै सवारीसाधनले एक चालक तथा एक हेल्पर कर्मचारीको अनिवार्यरुपमा बीमा गर्नुुपर्नेछ । मोटरसाइकलको हकमा एक चालक र एक यात्रु (पिल्लर साइडर)को मात्र प्रतिव्यक्ति पाँच लाख रुपैयाँको दुर्घटना बीमा हुने व्यवस्था कायम भएको छ । यसबाहेक औषधोपचारको सम्बन्धमा चालक र त्यसमा सवार प्रतिव्यक्ति अधिकतम तीन लाख रुपैयाँ कायम हुने निर्देशिकामा उल्लेख छ ।  बीमा गरेको सवारीसाधनको पूर्ण क्षति चोरी भएको वा हराएको गाडी पुनः प्राप्त भई बीमा भएको वा लक्षित पूर्ण क्षति घोषित भई दाबी भुक्तानी भएकोमा बाहेकै भई सोबापत दाबी भुक्तानी भएपछि उक्त सवारीसाधनको दर्ता खारेजीको लागि यातायात व्यवस्था विभागलाई लेखी पठाउनुपर्नेछ र उक्त सवारीसाधनलाई पत्रु गराइसकेपछि मात्र बीमकले दाबी भुक्तानी गर्नुपर्नेछ । त्यस्तो सवारीसाधनको पुनः बीमा गर्न नपाइने पनि निर्देशिकामा उल्लेख छ । चोरी भएको सवारीसाधनको हकमा सवारीसाधन हराएको प्रमाणित प्रहरी प्रतिवेदन बीमकलाई प्राप्त भएको मितिले पैंतीस (३५) दिनभित्र बीमकले सोको दाबी भुक्तानी दिनुपर्नेछ । बीमकबाट क्षतिपूर्ति प्राप्त गरिसकेको हराएको सवारीसाधनको हकमा उक्त सवारीसाधन भेटिएमा सो सवारीसाधन बीमकको नाममा नामसारी गरिदिनुपर्नेछ ।  निर्देशिकाअनुसार पूर्ण स्थायी अशक्तता भएमा पाँच लाख निको नहुने गरी दुवै आँखाको दृष्टि क्षति भएमा पाँच लाख, दुवै हातको नाडी वा दुवै खुट्टाको गोली गाँठोको जोर्र्नी वा सोभन्दा माथिदेखि शारीरिक रुपले काम नलाग्ने भएमा पाँच लाख,  एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सोभन्दा माथिदेखि र एउटा आँखाको दृष्टि पूर्णरुपले क्षति भएमा पाँच लाख, एउटा आँखाको दृष्टि पूर्णरुपले क्षति भएमा दुई लाख ५० हजार, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सोभन्दा माथिदेखि शारीरिक रुपले काम नलाग्ने गरी क्षति भएमा दुई लाख ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउनुुपर्नेछ ।   

Posted on: 2016-Sep-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar