30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नगदमा कारोवार, कथा बन्दै छ मोवाईल बैकिड प्रयोगकर्ताहरुको संख्या १६ लाख नाघे

1 - Sep-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
  नगदमा कारोवार, कथा बन्दै छ  मोवाईल बैकिड प्रयोगकर्ताहरुको संख्या १६ लाख नाघे युवा हुंकार आर्थिक व्युरो काठमाडौ साउन  नेपाल मात्र यस्तो राष्ट हो । जहाँ हरेक कारोवार नगदमा हुने गरेको छ । अन्य राष्टका मुुद्राहरुको आयु लामो हुन्छ । कारण यो  होकी उनीहरु नगद रहित कारोवार गर्दे छन । तर नेपालमा भने केही बर्षअघि सम्म पनि त्यस्तो प्रचलन आएको थिएन । तर पछिल्लो समय भने नेपाली बैकिडहरु पनि अन्तराष्टिय बैकहरु सरह प्रतिस्पर्धी बन्दै गएपछि नगद रहित कारोवार गर्नेहरुको संख्या बढ्दै गएको छ । सुपर मार्केट्स, ठुला ठुला सपडि सेन्टर, सिनेमा हल, होटलहरुले क्रेडिट कार्डबाट समेत भुक्तानी लिे प्रकृया सुुरु गरिसकेकाछन । यहीकारण पनि पछिल्लो समय नेपालमा मोवाईल कारोवार गर्नेहरुको संख्या बढ्दै गएको छ । राष्ट बैकका अनुसार बित्तीय क्षेत्रमा मोवाईल बैकिड सेवा प्रयोगकर्ताहरुको संख्या १६ लाख नाघेको छ । नेपाल राष्ट बैकका अनुसार सबै किसिमका बैक तथा फाईनान्स कम्पनीहरु समेतमा गरी २०७३ जेठ मसान्तसम्ममा १६ लाख ७४ हजार एक सय ३५ जना ग्राहकले मोवाईल बैकिड प्रयोग गरेकाछन ।  यस मध्ये बाँणिज्य बैकतर्फ १५ लाख २७ हजार चार सय ११, बिकास बैक तर्फ एक लाख ३० हजार चार सय ३१ र फाईनान्सतर्फ १६ हजार दुुई सय ९३ जना ग्राहकले मोवाईल बैकिड सेवा प्रयोग गर्ने गरेकाछन । सो अवधिमा इन्टेरनेट बैकिड सेवा प्रयोगकर्ताहरुको संख्या भने चार लाख ९५ हजार छ सय ९३ जना रहेको राष्ट बैकले जनाएको छ । कुल मध्ये बाँणिज्य बैकतर्फ चार लाख ६७ हजार पाँच, बिकास बैकतर्फ २६ हजार ३५ र फाईनान्स तर्फ २६ सय तीन जनाले इन्टरनेट बैकिड प्रयोग सेवा प्रयोग गर्ने गरेकाछन ।  नगद रहित कारोवारलाई प्रोत्साहित गर्ने उद्ेश्य अनुरुप प्रयोगमा आएको डेबिट कार्ड प्रयोगकर्ताहरुको संख्या भने २०७३ जेठ मसान्तसम्मा ४५ लाख ८२ हजार एक सय २३ पुुगेको छ । कुुुल मध्येमा बाणिज्य बैकतर्फ ४० लाख ७५ हजार नौ सय ३९, बिकास बैकतर्फ चार लाख ६९ हजार ५५ र फाईनान्सतर्फ ३७ हजार एक सय २९ रहेको राष्ट बैकले जनाएको छ । क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या भने सो अविधमा बाँणिज्य बैकतर्फ ५१ हजार एक सय १९ पुुगेको छ । बिकास बैक र फाईनान्स कम्पनीह्रुमा भने क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या शुन्य रहेको छ । प्रिपेड कार्ड प्रयोगकर्ताहरुको संख्या पनि बिकास बैक र फाईनान्स कम्पनीहरुमा शुन्य रहेको छ । बाँणिज्य बैकतर्फ भने ८१ हजार तीन सय ७१ जनाले प्रिपेड कार्ड प्रयोग गर्दे आएकाछन । सो अवधिमा बैकिड क्षेत्रमा पछिल्लो समय प्रचलनमा आएको शाखा रहित सेवा केन्द्रको संख्या भने सात सय ९९ पुगेको छ । हालसम्म बिकास बैक र फाईनान्स कम्पनीहरुले शाखा रहित सेवा केन्द्र सञ्चालन नगरेको अवस्थामा बाणिज्य बैकमा मात्र शाखा रहित सेवा केन्द्रबाट बित्तीय सेवा प्राप्त गर्नेहरुको संख्या दुुई लाख १८ हजार चार सय ५६ पुुगेको छ । कुुल निक्षेप खाता संख्या भने २०७३ जेठ मसान्तमसम्मा एक करोड ६५ लाख ५६ हजार सात सय ८४  पुुगेको छ । जसमध्ये बाँणिज्य बैकतर्फ एक करोड २७ लाख ३८ हजार सात सय ४८, बिकास बैकतर्फ ३२ लाख १८ हजार पाँच सय ६६ र फाईनान्सतर्फ पाँच लाख ९९हजार चार सय ७० वटा निक्षेप खाता सञ्चालतनमा रहेकाछन । कर्जातर्फ भने सो अवधिमा १० लाख ९५ हजार ५२ वटा खाता सञ्चालनमा रहेको राष्ट बैकले जनाएको छ । सो मध्ये बाँणिज्य बैकमा सात लाख ४३ हजार एक सय १४, बिकास बैकतर्फ तीन लाख छ हजार ३५ र फाईनान्सतर्फ ४५ हजार नौ सय तीन वटा कर्जा खाता सञ्चालनमा रहेकाछन ।  पाँच कोलमको तालिका बनाएर राख्ने २०७३ जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका खाताहरु बिवरण बाँणिज्य बैक बिकास बैक फाईनान्स कुल  निक्षेप खाता संख्या १२७३८४८ ३२१८५६६ ५९९४७० १६५५६७८४ कर्जा खाता संख्या ७४३११४ ३०६०३५ ४५९०३ १०९५०५२ शाखा रहित सेवा केन्द्र ७९९ ० ० ० शाखा रहित ग्राहक संख्या २१८४५६ ० ० २१८४५६ मोवाईल बैकिड ग्राहक १५२७४११ १३०४३१ १६२९३ १६७४१३५ इन्टरेटन बैकिड प्रयोकर्ता ४६७००५ २६०३५ २६०३ ४९५६४३ डेबिट कार्ड प्रयोगकर्ता  ४०७५९३९ ४६९०५५ ३७१२९ ४५८२१२३ क्रेडिट कार्ड प्रयोगकर्ता  ५१११९ ० ० ५१११९ प्रिपेड कार्ड प्रयोगकर्ता  ८१३७१ ० ० ८१७१ श्रोत राष्ट बैक  

Posted on: 2016-Sep-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar