01 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

जीवनलाई क्रेडिट कार्ड बनाएर हेरौं

1 - Sep-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 जीवनलाई क्रेडिट कार्ड बनाएर हेरौं 
राधेश्याम  मल्ल प्रमुुख कार्यकारी अधिकृत अर्विट इन्टरनेशनल एजुुकेशन      चाल्स डार्विनले भनेका थिए, चुनौती स्वीकार गरेर संघर्ष गर्नुु नै जीवन हो । मेरोे जीवन पनि त्यही हो, त्यही जीवन अहिले म बाँचिरहेको छुु । जसले समय बुुझन् सक्छ, मिहेनत गर्न सक्छ, धैर्यता राख्न सक्छ, वास्तवमा सफल त्यही हुुन्छ । यदि कसैले मेरो जीवनलाई सफल मान्छ भने मेरो सफलताको रहस्य पनि त्यही हो ।  खुुसी हुुने कुरा मानिसको सोच संग जोडिन्छ, त्यसकारण आफुलाई कुुन हदसम्म खुसी राख्ने, कसरी खुसी राख्ने त्यो आफुमा नै भर पर्छ । म मेरो कर्म अर्थात काम प्रति प्रतिवद्ध छुु, म त्यसमा नै खुसी छ । वास्तवमा अध्यात्म भनेको आम मानिसलाई आफ्नो जीवन प्रतिको दृष्टिकोण बनाउने माध्यम हो । सबै मानिसमा यो दृष्टिकोण आउनुु पर्छ । अहिले संसार असान्त हुुुनुुको कारण, मानिसहरु समवेदनाहिन हुुनुको कारण पनि यही नै हो । यदि सबै मानिसमा अध्यात्म हुुन्थ्यो भने यो झगडा, यो चोरी डकैती यो काटमार सायद हुने थिएन होला । अध्यात्मले मानिसलाई शान्त, शालिक र धैर्यवान बनाउँछ, सायद त्यसो नहुंदो हो त महात्मा गान्धीले किन संधै समस्या पर्दा गिता बोक्थे, किन अमेरिकी राष्टपति बाराक ओवामाले समस्या पर्दा गिता पढ्थे ? वास्तवमा सिंगो जीवन र जगतलाई बुुझ्नको लागि पनि अध्यात्म चाहिन्छ ।  अहिले यो संसार त्रास र मायाँले मात्र चलेको छ । तर त्यतिको भरमा मात्र यो संसार चल्न सक्दैन । महान दार्शनिक सुकरातले भनेकाछन, स्वीकारोत्तीबाट मात्र मानिसको सिकाई पुर्ण हुन्छ । हामी मानिस त्यसमा नै कमजोर रहेका छौं । त्यहीकारण पनि हामी सुुखी हुन नसकेका हौं । हामी मान्छे हौं भनेर बिर्सने तर चराको सिको गरेर उड्न खोज्यौं भने लड्छौं । त्यसकारण हामीले हाम्रो सार्मथ्य के हो, हाम्रो क्षमता के हो, हामी को हौ, त्यो बुुझेर काम गर्नुपर्छ । भगवान कृष्णले भनेकाछन, काम गर तर फलको आशा नगर । जहाँ आस हुुन्छ, त्यहाँ दुख हुुन्छ, पीडा हुुन्छ । त्यसकारण आम मानिसले यो दुुख पीडाबाट मुक्त हुनुको लागि पनि धेरै आसावादी हुुनुुहुदैन । मायाँ र डर मान्छेको कमजोरीका बाधक हुुन डरले मान्छेले प्रगती गर्न सक्दैन, मायाँले मान्छेलाई बढी स्वतन्त्र बनाउँछ, त्यसकारण यि दुुबै प्रगतीका बाधक हुुन । डर र माया सन्तुुलित हुन सकेन भने मान्छेले कहिले पनि प्रगती गर्न सक्दैन ।  अहिले मानिसहरु यति ठुलो परिमाणमा भौत्तिक श्रोत र साधनले सुुुसञ्जित भएपनि मानिस दुुखी छ । मानिससंग महंगा गाडी, फोन, भौत्तिक सुखसुबिधाका साधन सबै भईकन पनि मानिस दुुखी छ, निराश छ । वास्तवमा मानिसको दुुखको सबैभन्दा ठुलो कारण नै प्रकृति बिरुद्ध जानुु हो । मानिसहरु आफुले अपेक्षा गरेको बस्तुु नपाउँदा दुुखी हुन्छन । अहिले मानिस दिन जान्दैन, लिन मात्र जान्छ । तर वास्तवमा खुसी दिन सक्नुु नै मा नै हुुन्छ । यसको लागि हामीले आफ्नो सिंगो जीवनलाई क्रेडिट कार्ड बनाएर हेरौं, सिंगो समाजलाई क्रेडिट कार्ड बनाएर हेरौ, अनि सायद थाहा हुन्छ, वास्तविक खुसी के मा मिल्छ भनेर, वास्तबिक सन्तुुष्टी र आत्मसम्मान के मा मिल्छ भनेर ।                 

Posted on: 2016-Sep-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar