04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

चित्रांगदाको पछिल्लो फिल्मी बिवाद

16 - Jul-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 चित्रांगदाको पछिल्लो फिल्मी बिवाद
चित्रांगदा सिंहले बलिउडमा ढिलै प्रवेश गरेकी हुन् । ढिलै भए पनि उनले ‘हजारों ख्वाहिसें ऐसी’ जस्तो राम्रो फिल्मबाट डेब्यु गर्न पाइन् । बाह्र वर्षको अवधिमा एघार फिल्म खेले पनि उनलाई चिनाउने अर्को फिल्म बन्यो ‘यह साली जिन्दगी’ । यही फिल्मको शीर्षक जस्तो अनुभव गर्नुपरेको छ उनले यति बेला । ३९ वर्षे अभिनेत्री पछिल्लो पालि नवाजुद्दिन सिद्दिकीको अपोजिटमा खेल्दै थिइन् । ‘बाबु मोशाय बन्दुकबाज’ फिल्ममा उनलाई निर्देशन गर्दै थिए कुशन नन्दी । तर, निर्देशकसँग भनाभन परेपछि चित्रांगदा यो प्रोजेक्टबाट आउट भएकी छन् । फिल्ममा चित्रांगदाले नवाजुद्दिनसँग एउटा इन्टिमेट सिन दिनुपर्ने रहेछ । नवाजुद्दिनले चित्रांगदालाई बिस्तरातिर धकेल्नु रहेछ र कसैले देखेकोमा सशंकित जस्तो हुनुपर्ने रहेछ ।  यस्तो अशिष्ट व्यवहारबाट चित्रांगदाको पनि पारो चढेछ र उनी आक्रोशित भइछन्, ‘पूरै युनिटको अगाडि यस्तो इन्टिमेट सिन गर भनेर तिमी अशिष्टतापूर्वक कसरी भन्न सक्छौ ?’ निर्देशकले उनलाई सम्झाएछन् र बाहिर गई सल्लाह गर्न भनेछन् । तर, चित्रांगदा रिस मरेनछ र उनी फेरि कराइछन्, ‘यत्रा मान्छेका अगाडि तिमीले झिकेको कुरा बाहिर गएर किन गर्नु ? तिमी आफूलाई के सोच्छौ ?’ निर्देशकको व्यवहारबाट चित्रांगदाको आक्रोश कम नै भएनछ र उनी सेटबाट बाहिर निस्किछन् । पछि उनले आफूले यो फिल्म खेल्न नसक्ने जानकारी नवाजुद्दिनलाई गराइछन् । निर्देशकका निकटहरूले चाहिँ चित्रांगदाले फिल्म छोडेको नभई अभिनय राम्ररी गर्न नजानेकाले निकालिएको दाबी गरेका छन् ।   

Posted on: 2016-Jul-16

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar