16 Sep
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

पत्रिका विक्रिबाट छापाखानाको मालिकसम्म

21 - Apr-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 प्रोप्रराईटर ः हिमा कुमारी उपाध्याय 
भवानी छापाखाना (अफ्सेट प्रेस), सुर्खेत÷सिद्धिविनायक अफ्सेट—प्रेस, जाजरकोट  ४५०० बाट सुरु गरेका व्यवसाय एक करोड भन्दामाथी पुगेको छ ।  व्यवसायमा हालसम्म ६५ लाख लगानी गरेको छु,  १६ जनालाई प्रत्यक्ष रोजगारी दिएको छु,  साढे ३ कठ्ठा खेत, दुई वटा घडेरी गरी ५० लाख बढीको जग्गाको मालिक भएको छु ।  व्यवसायलाई विस्तार गरेर जाजरकोटमा शाखा खोलेको छु ।  मासिक ४५ सय कोठाभाडा तिर्ने मैले अहिले मासिक ४५ हजार कोठाभाडा बुझाउँछु ।  म अध्ययन गरेको सरस्वती उच्च माविलाई ५१,१५१।— रुपैयाँ सहयोग गरेँ,  सालकोटमा अस्पताल बनाउन २५०००।—  बृद्धाश्रम र बाढीपीडित परिवारलाई सहयोग गरेको थिँए ।  साइकलबाट स्कुटि चढ्ने भएकी छु ।   मेरो नाम हिमा कुमारी उपाध्याय हो । मेरो जन्म २०४७ साल चैत्र ११ गते सुर्खेत जिल्लाको कल्याण गा.वि.स. वडा नं. ८ मा निम्न वर्गिय परिवारमा भयो । ६ जनाको ठूलो परिवार मध्ये म घरकी दोस्रो अर्थात माइली छोरी हुँ । मेरो आमाको एक्लो प्रयासले मैले उबेला पढ्ने अवसर पाए । बुवाले मेरो परिवारलाई वास्था नगरेका कारण मलाई मेरो आमाले आज यो स्थानसम्म पु¥याउनु भयो । बाल्यकालमा मैले छिमेकी गा.वि.स.को प्राथमिक विद्यालयमा प्राथमिक शिक्षा हाँसिल गरे । म सधैं प्रथम हुन्थें । कक्षा—२ मा प्रथम हुँदा मैले पुरस्कारबाट पाएको पैसाले घरमा भाले र एउटा पोथी कुखुरा किनेर पाले । किनकी आम्दानीको अन्य उपाय नभएकाले परिवारमा घर खर्च सञ्चालन गर्न र आफ्नो बाँकी पढाईलाई पूर्णता दिन सहयोग पु¥याहोस् भन्ने आशा थियो । आमाले घर खर्च चलाउन गाउँमा केरा संकलन गरेर विक्री गर्नुहुन्थ्यो । स्कुल छुट्टीको दिनमा म पनि आमासंगै केरा, संकलन गरेर घरदेखि ३ घण्टाको पैदल यात्रामा वीरेन्द्रनगर आएर बेच्थ्यौं । बुवाले अव छोरी तेरो विवाह गरिदिनु पर्छ भन्नुहुन्थ्यो । तर मलाई विवाह भन्दापनि अझै धेरै पढ्ने मन थियो । मैले बुवाको बोलीलाई इन्कार गरेर अगाडी बढे । स्कुल बढ्दा खेरी नै म बालक्लब, रेडक्रस लगायतका संस्थामा आवद्ध भए । यो काममा म सक्रियभएपछि बुबाले मलाई नेता भन्न थाल्नु भयो । संस्थामा आवद्ध भएकै कारण तालिम दिन थालेपछि गाउँलेले बाहुनकी छोरी विगा¥यो भन्दै हिड्थे । तर म विचलित हुन्थेन । मेरो दिदी पाँच कक्षा पास गरेपछि  विवाह गरिदिनुभयो । तर म र आमा मिलेर दिदीलाई निम्न माध्यमिक तह पढ्न पठायौं । त्यसपछि मलाई पनि सहज भयो । आमा हामीलाई सधैं भन्नुहुन्थ्यो ‘छोराछोरी तिमिहरुका लागी मैले यत्ति दुःख गरेको छु । तिमिहरुले मेरो दुःखलाई लत्ताएर पढ्न नछोड है ।’ आमाले यो मात्र होईन्, ‘म तिमीहरुका निम्ती जत्तिपनि दुःख गर्न सक्छु, म भोकै बस्न सक्छु , उस्तै परे एक छाक खान्न तर चोर्ने, ढांट्ने कहील्यै नगर्नु र जस्तो परेपनि पढ्न नछोडे जिन्दगीमा जे छ पढाई मात्रै छ ।’ आमाको त्यही भनाईलाई मैले ग्रहण गरेर पढाईलाई प्राथमिकतामा राखेर, व्यापारी हुन्छु भन्ने योजना बनाए । जव म केरा बेचेर नाफा भएको पैसा मेरो हातमा हुन्थ्यो त्यो क्षणमा म धेरै खुसी हुन्थे । मनमनै सोच्थे, ‘यो पैसा म जस्तै पैसा अभावले पढ्न नपाएका र दुःखीहरुलाई दिन पाए हुन्थ्यो झै लाग्थ्यो ।’ प्राथमिक शिक्षा गाउँको नजिकैको स्कुलबाट पास गरेपनि बाँकी पढाईका लागि भने सहज थिएन् । घरदेखि ३ घण्टा टाढाको हिडाइपछि मात्र माध्यामिक स्कुल पुग्नु प¥र्थो । पढ्न भनेपछि खुसी हुने म अन्तत माध्यामिक शिक्षा हासिल गरे । हाम्रो गाउँमा एसएलसी पास गरेका कोही पनि छैनन् । तर मैले भने एसएलसी पास गरे । एसएलसी परिक्षा सकिएपछि मैले खाली समयको सदुपयोग गर्न खोलाको बालुवा संकलन गर्ने योजना बनाए । गाउँमा केरा संकलन गर्ने काम प्रभावकारी नएपछि मैले झुप्रा खोलामा बालुवा संकलन गर्ने काम गरे । झुप्रा खोलामा धेरै जना बालुवा बनाउन जान्थें जहां वादी समुदायको वाहुल्यता बढी रहेको छ । म पनि त्यहीं खोलामा गएर वालुवा बनाएर उच्च शिक्षा पढ्ने सोंच बनाए । बालुवा संकलन गर्ने काम यति गाह्रो थियो की दिनभरी बालुवा बनाएपछि सांझमा त्यो हातले खाना खान त के चम्चा समाउन सक्थेन् । तर बाध्यता दैनिक बालुवा संकलन नगरे उच्च शिक्षा पढ्ने सपना अधुरै हुने हुने भएकाले काम गरिरहे ।  खोलामा मैले काम गरेको देख्दा मान्छे कानेखुसी गर्थे र भन्थे नानी तिमि त यत्रो पढेको मान्छे किन यहाँ यसरी बालुवा बनाउन आएको ? जागीर खाए हुने नी भन्थे । तर मेरी दिदी त्यतीबेला बोर्डीङ्ग पढाउनुहुन्थ्यो तलव भने तीन हजार थियो । बालुवा संकलन ग¥यो भने मात्र दैनिक हजार कमाई हुन्थ्यो । मैले भने के लाज ३ घण्टा केराको डोको पनी बोकेकै त हो भनेर म जवाफ दिन्थें । ठिक हो नानी भन्दै आफ्ना छोराछोरी लाज मान्छन् तिमिजस्तै मेरा छोराछोरी भए हुन्थ्यो भन्थे । त्यतीवेला खुसी लाग्थ्यो । एसएलसीको परिक्षाफल प्रकाशन भयो । म दोस्रो श्रेणिमा पास भए । पास भएको खवरले म र मेरो आमासंगै खुसीमा धेरै रोयौं । त्यसपछि बुवाको पिडादायिक परिचयले चिनिएका हामी, गांउका जान्ने, सुन्ने र पढेलेखेका भन्ने आफ्नै परिचय बनायौं । यतिबेलासम्म संगैका दौतारीको जो अलिहुने खानेका छोराछोरी थिए । उनिहरुका  १÷२ जना बच्चा भैसकेका थिए उनिहरु हामिलाई देख्दा पछुताउथे । हामी भने जिवन बुझ्ने भएका थियौं । बल्ल जिन्दगीको सार बुझ्ने भएका थियौं ।  उच्च शिक्षा पढ्ने सपनाका साथ मनमा अनेक सपना बुन्दै आमाले झोलामा हालिदिएको पिठो, चामल लगायत बोकेर गन्तव्यको बाटो लागें । आमाको सपना सन्तानलाई असल मान्छे बनाउने थियो । आमाले भन्नुहुन्थ्यो ‘बढेकी छोरी ख्याल गरे है जवानी र इज्जतको कमाउन गाहृो हुने तर सेकेण्डमै सदाको लागी विदा हुने भनेकै ईज्जत हो छोरी ।’ यि र यस्तै सपनालाई विपना वनाउने अभिलाषाका साथ वीरेन्द्रनगरेको अमरज्योती उ.मा.वि. नेवारेमा पढ्न थालें । त्यहां पनि म छात्रवृद्धिमा पढ्ने अवसर पाए । पढाइको शीलशिलामा एउटा मान्छे भेटीयो जस्तो म सपना देखिरहेको थिएं, उस्तै मिल्ने । जो संग ईमान्दारीता,लगनशिलता, जोश, जाँगर थियो । तर बुवाले कमाईदिएनन् भन्ने निरासा र आफ्नो आर्थिक अवस्थाप्रति पश्चाताप थिएन । थियो त आफ्नो लागी आफै गर्नुपर्छ भन्ने सोच । सबैका नजरमा नबिझाउने मान्छे । उहाँ पनि मलाई पहिला देखिनै मन पराउनुहुदो रहेछ तर साथिहरुसंग भन्नुहुदो रहेछ । केटी त ठिकै हो तर धेरै पछि लागेका छन् हामीलाई के बाल दिन्थी तर वास्तविकता त्यस्तो थिएन । यत्तीकैमा हामी नजिक भयौ हाम्रो व्यतिmगत पारिवारीक सबै कुरा शेयर भयो । उहाले मलाई आफुले मन पराउने कुरा भन्नुभयो तर मैले केहि जवाफ दिईन । मलाई लाग्यो मैले मखोजेको मान्छे यहि हो । विस्तारै म उहाको घरमा गएं परिवारलाई भेटे अनि उहाले मेरो परिवारलाई भेट्नु भयो दुवै तिर कुरा भयो ।  हामीले २०६७ साल मंसिर २९ गते पारिवारीक सहमतिमै अन्तर्जातिय विबाह ग¥यौं । तर हामीसंग दिनभरी नकमाए साँझ भोकै बस्नुपर्ने हुन्थ्यो । विवाहपछि म सहकारीका फिल्ड प्रतिनीधिको रुपमा हिमाली बचत तथा ऋण सहकारी संस्था लि. लाटीकोइलीमा काम गर्थें जसबाट आएको पैसाले ४ जनाको परिवारलाई पाल्न त के साँझ विहान खानसम्म पुग्दैनथ्यो म संधै एक्लै रुन्थें, भोली के खाने र खुवाउने, के अव जिन्दगी यसरी नै चल्ला त श्रीमान्को पत्रकारीता यसै चिसो थियो । कयौं रात मसंगै उहाँ मैले थाहा नपाउनेगरी रुनुहुन्न्थ्यो र आफुलाई सम्हाल्दै मलाई सम्झाउनु हुन्थ्यो “हेर मान्छेको दिन एक पटक आउछ” चिन्ता नगर जे छ त्यसमा चित्त बुझाउनु पर्छ । तर त्यो त मलाई भुलाउने बाहानामात्र थियो । म जति चिन्तित थिएं त्यो भन्दा हजारौं गुणा चिन्ता देख्थें म उहाँको चेहरामा । यस्तैमा समय वित्दै गयो दिन फेरीने छाँटसम्म थिएन झन् घरमा आफुत भोकै बस्न सकिन्थ्यो तर नन्द, देवरलाई के खुवाउनु ?  कहिले चामल हुन्थ्यो, दाल हुन्थेन, दाल हुन्थ्यो, तेल हुन्थेन कतिदिन चल्ला यसरी लाग्थ्यो । जिन्दगीमा पेटभरी खाने दिन कहिल्यै आउदैन । कहीलेकाही आमाले चामल दाउरा पठाईदिनुहुन्थ्यो । खाना त यस्तै थियो जब कलेजको शुल्क, किताव, कपडा, चाडवार्ड अभिषाप नै भएर आउथ्यों । बिस्तारै विबाहको छ महिना बित्यो । उहासंग हुँदा त अभाव पिडा दुःख सबै विर्सन्थें तर जव म घरमा एक्लै हुन्थें । रुन मात्र मन लाग्थ्यो । उहा रातको १२÷१ बजे घरमा आउँदासम्म म रोएरै बसिदिन्थें । त्यसपछि सुरुहुन्थ्यो फेरी बुढा बुढीको रुवाई कयौं रात हामी ननिदाएरै रोएरै बसिदिन्थ्यौं । एकतर्फ घरको चिन्ता अर्कोतर्फ रातीको समयमा हिंडेरै घर आउँदा गुण्डाहरुले बाटो कुरेर कयौं पटक आक्रमण गर्ने अनि त के निद्रा लाग्थ्यो, उल्टो मात्रै मनमा आउने ।  केही गरौं पैसा थिएन, खानै नपुग्ने अवस्थामा के गर्नु अरु ? मेरो यस्तो हाल देखेर उहा झन चिन्तीत हुनुभएछ अनि उहाले मलाई अफिसबाट घर नजाउ किताव लिएर आउनु मेरो अफिसमा अनि रातीसंगै घर जाउला भन्नुभयो म त्यसै गर्न थाले । उहाले दिउसो कार्यक्रममा जाँदा दिएको नास्ता मेरा लागी ल्याईदिनुहुन्थ्यो हामी साँझ त्यही खान्थ्यौं । कहिले नभएको दिन एउटा चाउचाउ बांडेर खान्थ्यौं । अनि त राती १÷२ बजे २ जना १ घण्टाको बाटो हिंडेरै घर जान्थ्यौं । केहि समयमै हामी अलिक सामान्य भयौं । उहाले अल्फा स्टेशनरीको दिपक थापा (माल्दाई) लाई काम केही छकी दाई मलाई त अप्ठ्यारो प¥यो भनेर कुरा गर्दा भाई मेरो पत्रिका विक्रि गर्ने काम जिम्मेवारी दिन सकिने कुरा गर्नुभयो । लगानी गर्ने कुनै रकम थिएन तर पनि राष्ट्रिय पत्रिकाको विक्रि एजेन्सी कसरी चलाउने भन्ने चिन्ता हुन्थ्यो । घर सल्लाह गरेर हामीले पत्रिका विक्रि गर्ने व्यवसाय सुरु गर्ने निर्णयमा पुग्यौं । २०६८ साल बैसाखदेखी अल्फा कम्यूनिकेशन कर्नर नाममा फर्म दर्ता गरि राष्ट्रिय पत्रिकाको बितरण सुरु ग¥यौं । एकातिर मेरो सहकारीको जागिर अर्को तर्फ पत्रिका विक्रि गर्ने कार्य आफैमा चुनौतिपूर्ण थियो । त्यसमा पनि महिलाले पत्रिका बोकेर घर घर पु¥याउन जाने अर्को चुनौति थियो । कम्प्यूटर डेस्कटप ४५००० मा किन्यौं । कम्प्यूटर डेस्कटप किन्दा सहकारीको जागिरबाट प्राप्त भएको १५ हजार हामीले बुझाएर १ महिनाभित्र बाँकी रकम तिर्ने गरी कम्प्यूटर डेस्कटप खरिद ग¥यौं । ट्राईप,प्रिन्ट, फोटोकपि गर्ने गरी खरिद गरिएको डेस्कटप, पत्रिकाका विक्रि र सहकारीको जागिर संगै चल्यो । म त्यो गर्मिमा दिनभरी साईकलमा पत्रिका बाँड्थें । सुर्खेतमा पत्रिका बांड्ने पहिलो महिला सम्भवत म नै थिएं । एकातिर सहकारीको जागीर र एकातिर पत्रिका बांड्नुपर्ने म विहान सहकारीको पैसा उठाउन जान्थें अनि दिउँसो पत्रिका बांड्न । पत्रिका बांड्न जांदा मलाई धेरैले खिल्ली उडाउथे तर मलाई त्यसको कुनै प्रवाह थिएन । किनकी म काममा विश्वास राख्थे । विस्तारै पत्रिकाको ग्राहक पनि बढ्दै गए र दिनमा १०÷२० रुपैंया फुटकर विक्रिबाट पनि कमाउथें । उता पसलमा एउटा कम्यूटर त्यसमा श्रीमानले अलि अलि टाईप, प्रिन्ट र फोटोपिको काम गर्नुहुन्थ्यो, नाईलन छाप बनाउनुहुन्थ्यो त्यसबाट १०० रुपैयाँ जति दिनमा कमाईहुन थालेको थियो । हामीमा विस्तारै खुसीका दिन सुरु हुन थालेका थिए । जम्मा भएको पैसा मलाई राख्न दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो घरमा जहिले पनि आर्थिक मामिलामा एकद्धार प्रणालीबाट चल्नुपर्छ । तर विडम्वना महिना सकिएपछि कोठाभाडा तिर्नुपथ्र्यो । हामीसंग जम्मा २०००÷२५०० जम्मा हुन्थ्यो कसरी तिर्नु ४५०० फेरी महिनाको २ गते अनिवार्य बुझाउनुपर्ने कोठाभाडा यो वा त्यो कारणले पनि ३ गते मान्थेनन् घरभेटी भन्थे भाडा तिर्न नसक्नेले किन बस्नु यहां ? कति पटक त पसल छोड्न पाए पनि हुन्थ्यो पनि भन्ने लाग्थ्यो तर एकातिर सोच्थें जो हिंड्नखोज्छ उही न लड्ने हो । मेरो अफिसबाट आएको तलव थपेर कोठा भाडा तिर्थें । एक महिनामा तिर्ने भनेर लिएको डेस्टपको रकम हामीले ६ महिना लगाएर चुक्ता गरेका थियौं । नियमित सेवा राम्रो भएकोले साउनबाट पत्रिकाको माग बढ्यो नागरिक, कान्तिपुर, गोरखापत्र गरेर दिनमा ४५० पत्रिका बांड्न थाले । विस्तारै कोठा भाडा तिर्न सक्ने भएं । अनि राम्रो गर्नुपर्छ, केही नयाँ गर्नुपर्छ भनेर रोज नयाँ योजना बनाउथ्यौं । पसल सुरु गरेको पनि वर्ष पुग्न थालेको थियो अलि अलि पैसा जम्मा गरेका थियौं । त्यसैले एउटा बाईक किन्ने सहकारीको जागीर पनी छोड्ने र धेरै टाढासम्म बाईकमै पत्रिका बांड्ने सोंचका साथ बाईक किन्यौं । भाई वहिनीको माग पनि पुरा गर्न सक्ने भएका थियौं । नयां के गर्ने त भन्ने सोचिरहेको थिए ।  यत्तिकैमा नागरीक पत्रिकामा सुर्खेतको सबैभन्दा पुरानो छापाखाना भवानी छापाखाना विक्रिमा भनेर विज्ञापन रहेछ । उहाँ गएर कुरा गर्नु भएछ । मुल्य १२ लाख भनेछन् । यत्रो पैसा त कहां पाउनु ? सोधीहेरेको पो ? भनेर वास्ता गर्नु भएनछ । केहीदिन पछि कुरा गर्दा उहाँले मलाई सबै कुरा भन्नुभयो । मैले भने हेरम्न त केही उपाय लागी पो हाल्छकी भनेर हेर्न गयौं । सामान्य कुरा भयो केही पैसा रोकीदिन सक्छु लिने भए लेउ मलाई पनि अप्ठ्यारो परेको छ भनेर भन्नु भो साहु जी ले । त्योदिन रात भरि नसुती अव के गर्ने कसरी पैसा जुटाउने त ? जति सोचेपनी चाहिए जति पैसा नजुट्ने भो अलमलमा प¥यौं । नियमित झैं पसल गयौ । नजिकै शितल डेरी उद्योग गर्ने प्रेम बहादुर श्रीस हुनुहुन्थ्यो उहांसंग सामान्य व्यावसायिक चिनजान थियो । मेरो श्रीमानले सबै कुरा उहालाई भन्नुभएछ । अंकलले ठीकै छ लेउ न त केही परे म पनि सहयोग गरौंला भन्नुभएछ । अनि हामीले सल्लाह ग¥यौं जसरी भएपनि लिने । अंकल हामीले के गर्नेहोला हामीसंग त २० हजार मात्र छ, कहां १२ लाख कहां २० हजार अंकल हामी त सक्दैनौहोला ? सपनामात्र देखेर के गर्नु । ‘म तिमिहरुलाई पैसा हालिदिन्छु । विस्तारै कमाएर तिर्नुपर्छ । तर व्याज तिर्नु नि मलाई आँट गर तिमिहरुले नसक्ने भन्ने हुन्न भन्नु भो ।’, हामीले भन्यौं अंकल पैसा त हालिदिनुहुन्छ तर हामीले तिर्न सकेनौं भने के गर्नुहुन्छ त ? हाम्रो त कांहीबाट असुलउपर गरौला भन्नेपनी छैन ? भन्यौं हामीले उहांलाई उल्टै अंकलले हामीलाई भन्नुभो तिमीहरु श्रीमानश्रीमति नसक्ने भन्ने हुदैहुन्न । अझै सोच समय छ । उहाँले ३ लाख २.५ प्रतिशत व्याजमा एक बर्षका लागि ऋण सापटी दिनुभयो । त्यो बाहेक हामीसंग अरु केही थिएन । थियो त केबल हामीसंग आत्मविश्वास थियो । काम गर्ने आँट थियो । छापाखाना त किन्ने तर पुरै पैसा नभएपछि मैले एउटा उपाय लगाएँ । हामीसंग सबै गरेर ३ लाख ५० हजार मात्र छ । अरु कसरी तिर्ने भन्दा भवानी छापाखानाका तत्कालिन प्रो यदुनाथ खनालले हामीसंग योजना माग्नुभयो । मैले छापाखाना मलाई जिम्मा दिनुहोस भने । अहिले भएको रकम बुझ्नुहोस । एक बर्षभित्र तपाईको बाँकी रकम बुझाउँछु । १ बर्षभित्र पुरा रकम नबुझाएपछि दिएको पेश्की रकम पनि पच गराउने र छापाखाना पनि आफै फिर्ता लिने गरी कागजी सहमति भयो ।  साहु जी संग पनी आफ्नो कुरा राख्यौं । उहाले पनी हुन्छ वांकी बिस्तारै देउ न त भन्नु भयो २०६९ साउन १ गतेबाट हामीले जिम्मा लियौं । व्यवस्थापन पक्ष एकदम फितलो मजदुर दारु खाएर कयौं दिन अफिस नआईदिने हुक्क भएर बेच्न खोजेका रहेछन् विस्तारै थाहा भयो आन्तरिक कुरा । काम लियो समयमा काम नगरीदिने ग्राहक भड्कीने एक पटक आएको मान्छे फेरी फर्किएर आउने वातावरण नै थिएन । अझ सरले काम गर्ने पत्रिका र अर्को एउटा पत्रिका पनि छाप्न दिए । अनि त झन समस्या थपियो । कयौं दिन अफिस नै नआईदिने, आएपनि टन्न दारु खाएर पत्रिका नछापिदिे हैरान भएं । एकातिर ऋण दिनेको त्यो विश्वास, त्यत्रो ऋण त अर्कोतिर काम गर्नेको चाला अनि आफूसंग सिप नहुनु ? साहृै तनाव किन नदुखेको टाउको डोरी लगाएर दुखाएहोला ? निद्राले त पटक्कै नछुने कतै निदाईहाले पनि एक आधाघण्टा भन्दा सुत्नै नसक्ने भएं । अव के गर्ने मलाई त निल्नु न ओकल्नु झैं भयो । देखेका सपना सबै आंखै अगाडी तुहिदै थिए म विचरा निरिह थिएं । मुकदर्शक, लाचार, सिकिस्त विरामी दिनमा १०० रुपैयाँ पनि देख्न मुस्कील भएको मलाई दिनमा ३०००÷४००० समाउनु बाहेक केही हेरेर चित्त बुझाउने ठाउँ थिएन । कम्यूटरको काम त अलि अलि सरले गर्नुहुन्थ्यो, व्याण्डीड्मा पनि ठिकै थियो । समस्या थियो त मेसीनमा सोचें आफुसंग सिप नभएसम्म कुनै पनि काममा सफल हुन सकिदैन । अनि रातिमा अपरेटर नआउदा आफै मेसिन चलाउन थालें । वजारभरी मलाई देख्ने वित्तिकै मान्छे कुरा गर्न थाल्थे । यो भवानी छापाखाना किन्ने साहुनी हो यल्ले त मेसीन पनि आफै चलाउछे रे । झन केही गरौं भन्ने उत्साह जाग्थ्यो । म संधै अरुभन्दा फरक गर्नुपर्छ भन्ने मान्छे । नजानेको कुरा अरु छापाखानाका दाईहरुलाई सिकाईमागें विस्तारै म मेसिन चलाउन सक्ने भएं । धेरै दिनसम्म श्रीमान्ले रातीमा मेसीनको कालो पुछ्ने र मैले मेसीन चलाएर रातभरी लगाएर पत्रिका छाप्थ्यौं । नानी पेटमा ५ महिना हुंदासम्म मैले मेसीनमा काम गरें । अनि त काम गर्नेहरु पनी नियमित आउन थाले नयां खालको व्यवस्थापन गरें छापाखानामा । महिलालाई नै व्यवस्थापनको प्रमुख बनाई दिए । नयां कर्मचारी थप्दा पनि महिला नैं थपें । व्यावसायिक यात्राका दौरानमा  अझै पनि मलाई के विश्वास छ भने महिलालाई दिएको जिम्मेवारी पुरुषलाई दिएको जिम्मेवारी भन्दा कयौं गुणा सफल हुन्छन् । अहिले मेरोमा पनि महिलालाई प्रमुख वनाएपछि मात्र व्यवस्थापन पक्ष बलियो भएको छ । छापाखाना जिम्मा लिएको १ बर्ष होइन ८ महिनामा २०६९ चैत्र मसान्तमा मैले छापाखानाको सबै पुरानो ऋण चुक्ता गरेँ । पुरानो मालिकलाई दिनुपर्ने सबै रकम बुझाएपछि उनी मलाई छापाखाना नामसारी गर्न राजी भए । जिल्लाकै सबैभन्दा पुरानो छापाखाना मैले आफ्नो नाममा पास लिएँ । त्यसपछि तीन महिनाभित्र सुरुमा ३ लाख दिएका प्रेमबहादुर श्रीसलाई व्याज सहित २०७० असार मसान्तमा सबै ऋण बुझायौं । व्यवसायलाई थप मजबुद गर्दै लगियो । सबै ऋण तिरेको ७ महिनापछि २०७० माघमा एउटा नयाँ अफ्सेट मेसिन ८ लाखमा थपेँ । व्यवसाय सुरु गरेको अहिले ४ बर्ष भयो । छापाखाना व्यवसाय सुरु गरेको ३ बर्ष ७ महिना पुगेको छ । पत्रिका विक्रिबाट सुरु भएको अहिले छापाखाना मालिक भएको छु । यही व्यवसाय सुरु गरेर साढे ३ कठ्ठा जग्गा १५ लाखमा, दुई वटा घडेरी ३५ लाखमा खरिद गरेर अहिले करिव ५० लाख बढीको जग्गाको मालिक भएको छु । छापाखानाको सम्पत्ति जोड्दा अहिले झण्डै ५० लाखको सम्पत्ति पुगेको छ । ऋणको नाममा प्राईम बहुउद्देश्यीय सहकारी संस्था लि. बाट १५ लाख र कुमारी बैंकबाट जग्गा किन्दा १० लाख ऋण लिएको छु । ४५ हजारको लगानीबाट सुरु भएको मेरो व्यवसाय अहिले १ करोडबढीको सम्पत्ति जुटाउन सफल भएको छु ।  छापाखानामा पहिलेको तुलनामा नयाँ कर्मचारी थपेको छु । २०७२ असोज १ गतेदेखि करिव २० लाखको लगानीमा जाजरकोटमा भर्खरै शाखा विस्तार गरें । सुर्खेतमा मात्रै वार्षिक करोडको कारोवार हुन्छ । जाजरकोटमा अहिले मासिक १ लाखदेखि ३ लाखसम्म कारोबार भएको छ । पैदल, साइकलमा हिड्दै सामान्य पत्रिका विक्रि, वितरणबाट सुरु भएको मेरो व्यवसाय अहिले एउटा मझौला खालको उद्योगमा परिणत भएको छ । म आफु स्कुटी चढ्छु । बुढा मोटरसाइल चढ्नुहुन्छ । २ ठांउमा गरेर १६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बैंकले करोडौं ऋण पत्याउछ । बैंकमा बार्षिक कारोबारका आधारमा घर किन्ने भए किन्नुहोस भनेका छन् । ७०—८० लाख सम्मको घर, घडेरी बैंकले पत्याउने भएको छ । बजारमा आफ्नै घर खरिद गरेर आफ्नो व्यवसाय त्यसैबाट सञ्चालन गर्ने योजना बनाएको छु । मासिक ४५ सय घरभाडा तिर्न पनि गाह्रो हुने मैले अहिले मासिक ४५ हजार घरभाडा तिर्ने गरेको छु । सेडा क्याम्पस सुर्खेतले नर्सिड पढेकी आफ्नै छात्राको फि बांकीहुदा मार्कसिटको फोटोकपीसम्म नदिएर भविष्य अन्धकारमा धकेलीदींदा एक परियार थरकी छात्राको सर्टिफिकेट निकाल्न आर्थिक सहयोग गरें । जसले अहिले लोकसेवामा नाम निकालेर सरकारी जागीरे छिन् । आफुले माध्यमिक शिक्षा लिएको सरस्वती मा.वि. कल्याणलाई उच्च मा.वि. बनाउन रु ५११५१ (एकाउन्न हजार एक सय एकाउन्न रुपैया) आर्थिक सहयोग गरें । प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पताल बनाउन रु २५५५५ (पच्चिस हजार पांचसय पचपन्न) रुपैया, सुर्खेतमा सञ्चालीत बृद्धाश्रमको ५ हजारको आजीवन सदस्य भएको छु । सुर्खेतमा आएको बाढीकापीडित लगायतका थुप्रै ठांउमा आर्थिक सहयोग समेत गरेकी छु । जसले मलाई सफलताको बाटो देखाएको छ, जसमा म सबैभन्दा आनन्दीत महसुस गर्छु । लाग्छ पैसा सबचीज हो तर सही ठांउमा प्रयोग भएन भने त्यसको कुनै सार हुदैन । पैसा हुनु या नहुनु गौण विषय हो तर पैसा हुनेले सदुपयोग र थोरै हुनेले सहि ठांउमा प्रयोग महत्वपूर्ण हो ।  मलाई पनि कसैले ले भनेर मागेको होईन । मैले कमाएको पैसा कहील्यै नचाहीने काममा प्रयोग होस् यो चाहन्न म, तर मसंग प्रसस्त पैसा भएर दिएको पनी होईन । यो सबै कथा तपाईलाई सुनाईरहदा श्रीमानको भूमिका के भन्ने सोच्दै हुनुहुन्छ होला । उहाको आफ्नै परिचय पहिचान र हैसियत छ । जसले श्रीमतीको हर ईच्छा चाहाना उसको आफ्नै तरिकाले पुरा गर्न दिनुपर्छ भन्ने सोंच राख्नुहुन्छ । यो कथाको नायक उहानै हो म त केवल खलनायक । भन्नुहुन्छ,“गाडीको त्यत्रो ६ पांग्रा मध्ये १ वटामा पनि हावा १० प्रतिशत कम भयो भने गुड्ने त के गुडाउन सोंच्न पनि सकिन्न भने यो २ पांग्रे जिन्दगिको गाडी कसरी सम्भव हुन्छ र एक्लै गुड्न ? त्यसैले १००÷१००, श्रीमान् श्रीमती । जिन्दगीका २५ औं वसन्त सम्म के गर्न सकियो सकिएन समिक्षाको विषय रहृयो । लाग्छ जिन्दगि बल्ल सुरु भएको छ । ईज्जत र पैसा नितान्त फरक चिजहुन पैसा हुनेवाला सबैसंग गर्वगर्न सक्ने चिज हुनु महत्वपूर्ण पक्ष हो । पहिला हामीलाई जड्याहा बाहुनका छोराछोरी देख्नेका छोराछोरी हाम्रो परिचय अंगिकार गर्दै छन् भने हामी छुट्टै परिचय बोकेर गन्तव्यको बाटो लागीरहेका छौं । उनिहरुका आर्थिक, सामाजिक, नैतिक, राजनैतिक अप्ठ्यारामा उनिहरुका दरिलाखम्वा बनेका छौं । त्यसैले जिन्दगीमा नसकीने केही छैन ।     

Posted on: 2016-Apr-21

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

BUSINESS


download

 

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar