26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ग्रामिण क्षेत्रको आर्थिक बिकासमा लघुुबित्त बैकको भुुमिका उच्च

21 - Apr-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 युुवा हुंकार संवाददाता
काठमाडौ चैत्र  गा्रमिण क्षेत्रको आर्थिक बिकास र समृद्धिको लागि लघुबित्त बैकहरु निकै नै उपयोगी देखिएको छ । लघुबित्त बैकहरुले ग्रामिण तथा दुुर्गम क्षेत्रको कृषि, घरेलु तथा साना उद्योग, लघु जलबिद्युुुत आयोजना, पशुुपालन लगायतका क्षेत्रमा प्रवाह गरेको कर्जा र प्राप्त प्रति,फल समेतको आधारमा आर्थिक बिकास र समृद्धिको लघुबित्त बैकहरुको भुमिका ठुलो देखिएको हो । लघुबित्त बैकहरुले सानो सानो परिमाणमा धेरै व्यक्तिहरुलाई कर्जा प्रवाह गर्ने हुंदा यसमा जोखिम पनि कम हुुने र यस्ता बैकहरुको कर्जा उत्पादनमुुलक क्षेत्रमा नै धेरै रहेको आधारमा लघुबित्तको कर्जा अन्य बैक तथा फाईनान्सहरुको तुलनामा निकै नै सुरक्षित देखिएको छ ।  ठुला बैक तथा फाईनान्स कम्पनीहरुले प्रवाह गर्न ग्रामिण तथा बिपन्न बर्ग कर्जा पनि लघुबित्त बैक मार्फत नै गर्नु हुंदा लघुबित्त बैकहरुको व्याज आम्दानी उच्च हुुने हुंदा यसबाट पाउने प्रतिफल पनि निकै राम्रो हुुने हुंदा लघुबित्त बैकहरुको साधारण सेयरमा पनि लगानीकर्ताहरुको निकै नै आर्कषण रहने गरेको छ । यता खुद मुनाफा, निष्क्रिय कर्जाको अवस्था समेतको अध्ययन गर्दा पनि लघुबित्त बैकहरु आफनो उदे्श्यमा निकै नै सफल रहेका देखिन्छन । लघुबित्त बैकहरुको धेरैजसो कर्जा उत्पादनमुलक क्षेत्रमा हुने सानो सानो परिमाणमा धेरै संख्यामा कर्जा प्रवाह गर्ने हुदां यस्तो संस्थाले प्रवाह गर्ने कर्जामा जोखिम कम देखिएको हो ।  सञ्चालनमा रहेका झण्डै २ दर्जन  लघुबित्त बैकहरु मध्येमा पछिल्लो समय २२ वटा लघुुबित्त बैकहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक बित्तीय बिवरण सार्वजनिक गरेकाछन । उक्त बित्तीय बिवरणको आधरमा पनि पनि लघुबित्त बैकमा औषत निष्क्रिय कर्जाको अनुपात एक प्रतिसतको हाराहारीमा मात्र रहेको छ । चुक्ता पुंजी २३ करोड रुपैयाँ फष्र्ट माईक्रो फाईनान्स डेभलपमेन्ट बैकमा निष्क्रिय कर्जाको अनुपात शुन्य रहेको छ । उक्त संस्थाले चालु आवको दोस्रो त्रैमासमा २ अर्ब ३० करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । संभावित जोखिम व्यवस्थापन रकम २६ लाख २५ हजार रुपैयाँ मात्र रहेको संस्थाले सो अवधिमा २ करोड ३४ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । रिलायवल माईक्रो फार्ईनान्स डेभलपमेन्ट बैकमा पनि निष्क्रिय कर्जाको अनुपात शुन्य दसमलव १९ प्रतिसत मात्र रहेको छ । चुक्ता पुंजी पाँच करोड ६५ लाख रुपैयाँ रहेको बैकले सो अवधिमा पाँच अर्ब ४१ करोड ४९ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३२ करोड ७८ लाख ६४ हजार सात सय ६० रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैक्ले संभावित जोखिम व्यवस्थापन शिर्षकमा १२ लाख ६५ हजार ३० रुपैयाँ छुट्याएको छ ।  लक्ष्मी लघुबित्त बित्तीय संस्थाले भने चालु आवको दोस्रो त्रैमासिक अवधिमा २ करोड ४४ लाख ८० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संभावित जोखिम व्यवस्थापन शिर्षकमा ६१ लाख ८७ हजार रुपैयाँ मात्र छुट्याएको संस्थामा निष्क्रिय कर्जाको अनुपात एक दसमलव ११ प्रतिसत मात्र रहेको छ । चुक्ता पुंजी ११ करोड रुपैयाँ रहेको संंस्थाले सो अवधिमा २८ करोड ६० लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी ९१ करोड १४ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । नेशनल माईक्रो फाईनान्समा भने निष्क्रिय कर्जाको अनुपात एक दसमलव ४७८ प्रतिसत रहेको छ । संभावित जोखिम व्यवस्थापन शिर्षकमा ८९ लाख २४ हजार रुपैयाँ छुुट्याएको बैकले सो अवधिमा एक करोड ३८ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुंजी सात करोड रुपैयाँ रहेको नेशनलले चालु आवको दोस्रो त्रैमासमा पाँच करोड ६० लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी ६० करोड ७१ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाहेक अन्य लघुबित्त बैकहरुको दोस्रो त्रैमासिक खुद मुनाफा पनि उच्च रहेको छ । बैकहरुको उच्च रहेकाकारण लघुबित्तमा सर्वसाधारणको आर्कषण बढेसंगै प्रति सेयर आम्दानी पनि उच्चरुपमा बढेको छ । अहिले  लघुबित्त बैकहरुको न्युनतम सेयर मुल्य पाँच सय रुपैयाँ देखि माथि ३५ सय रुपैयाँसम्म कारोवार हुने गरेको छ ।    यस्तो छ, लघुुबित्त बैकहरुमा नाफा घाटाको अवस्था     बैकको नाम खुद नाफा जोखिम व्यवस्थापन रकम निष्क्रिय कर्जा (प्रतिसतमा)  फष्र्ट माईक्रो फाईनान्स   २,३४,७४ २६,२५ ० रिलायवल माईक्रो फाईनान्स ३२,७८,६४.७६ १२,६५.०३ ०.१९  लक्ष्मी लघुबित्त बित्तीय संस्था २,४४,८० ६१,८७ १.११ नेशनल  माईक्रो फाईनान्स १,३८,३९ ८९,२४ १.४७   छिमेक  लघुबित्त बिकास बैक २०,६२,५० २,०४,९४ ०.४२ साना किसान बिकास बैक १०,३९,३७.६१ २,५०,८९.०५ ०.१२  मेरो माईक्रो फाईनान्स २,९७,२८.५५ १,४९,७९.९१ ०.७७ स्वरोजगार  लघुबित्त बिकास बैक १,३२,३४.४४ ९,६४.८० ०.३६ वोमी माईक्रो फाईनान्स ९६,०२ २३,२३ ०.९५ आईएलएफसिओ माईक्रो २३,४९.२७ २३,०४.५२ १.६९  रुरल माईक्रो फाईनान्स सेन्टर ८,१४,०६.१८ २२,६१.२२ ० स्वालम्वन लघुबित्त बैक १२,५६,२७ १,३२,४८ २.०२ नेरुडे  लघुबित्त बिकास बैक ३,४१,९८.४४ ४१,०२.०९ १.११ मिथिला  लघुुबित्त बिकास बैक ४५,०३.२३ २९,८४.२२ ४.३६ महिला  सहयात्रा फाईनान्स ३६,९३.८७ १६,४१.२१ ३.४५ नागेवली  लघुबित्त बिकास बैक १,५२,५७.३४ २,२३.६६ १.२९ बिजय लघुबित्त बित्तीय संस्था ८३,७८.६९ २०,७१ १.६४ स्वदेशी  लघुबित्त बित्तीय संस्था ५८,२८ ५६,९४.९२ ०  समिट माईक्रो फाईनान्स १,६७,८०.०४ १,७४.२१ ०.२८ फरवार्ड कम्युनिटी ८,८०,२८ ४८,३० ०.१९ कालिका माईक्रो डेभलपमेन्ट बैक १,१३,९१ १५,१५ १.०८  नयाँ नेपाल  लघुबित्त बिकास बैक २८,८४ १४,८९ १२.०९ ( सम्वन्धित बैकहरुको दोस्रो त्रैमासिक बित्तीय प्रतिवेदन )   

Posted on: 2016-Apr-21

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

ECONOMY


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar