05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

चर्चा सगै जेल जीवन बिताउने बलिउड कलाकारहरु

21 - Apr-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 युुवा हुंकार संवाददाता काठमाडौ चैत्र  चर्चा, बिवाद अनि जेल जीवन बलिवड कलाकारका लागि सामान्य बिषय जस्तै भएकाछन । आफलाई सधै चर्चामा राख्न कलाकारहरुले आफलाई सामान्य बिवादमा राख्ने गरेकाछन । तर यो बिवाद कतिको लागि जेलसम्म पग्ने गरेको छ । यतिखेर हामी केही यस्ता बलिउड कलाकारको चर्चा गर्दे छौ, जो बिवाद कै कारण कैद सँजाएको भागिदार समेत भएकाछन ।   

सञ्जय दत्त 

भारतीय अभिनेता सञ्जय दत्त यरवदा जेलवाट रिहा भएका छन् । पाँच वर्षको सजाय पाएका सञ्जय ५७ महिना जेल बसे । जेलभित्र राम्रो आचरण देखाएको कारण तीन महिना अघि नै उनी गत महिना मात्र जेलबाट छटेका हन । सञ्जय मात्रै होइन् बलिउडमा त्यस्ता धेरै कलाकार छन् जो केही समय जेल बसेर आएका छन् ।  

सलमान खान

सन १९९८ मा दुर्लभ कालो हरिणको शिकार गरेको अभियोग सलमान खानलाई रहेको छ । अभिनेत्री तब्बु, सोनाली बेन्द्रे र नीलमलाई पनि यहि अभियोग लागेको थियो । सोही अभियोगमा सन १९९८, १२ देखि १७ अक्टोवरसम्म सलमानले जेल जीवन बिताएका थिए । सन २००६, १० अप्रिलमा पनि उनी ५ दिन जेल गए । त्यसपछि सन २००७, २६ देखि ३१ अगस्तमा उनको उनको बास जेलमै भयो । यो मुद्दा अझै अदालतवाट टुंगिएको छैन ।  

मोनिका बेदी

अण्डरवल्ड डन अबु सलेमसँग जोडिएको र नक्कली पासपोर्ट बोकेको अभियोगमा नायिका मोनिका बेदी पक्राउ परेकी थिईन् । सन २००२ मा पोर्चुगलवाट गिरफ्तार भएकी नायिका बेदी १८ महिना पोर्चुगलकै जेलमा बसिन् । २१ महिना भारतमा जेल जीवन बिताईन् । सन २००५ मा उनलाई पोर्चुगलले भारत सरकारलाई सुपुर्दगी गरेको थियो । सन २००६ मा आन्द्र प्रदेश हाइकोर्टले उनलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । तर, पछि अदालतले ३ वर्षमा सिमित गरेको थियो । सन २००७ मा जमानतमा रिहा भईन् उनी ।  

शाइनी आहुजा 

घरेलु कामदारलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका शाइनी आहुज तीन महिना जेल बसेका थिए । १४ जुन २००९ मा उनी गिरफ्तार भएका थिए । सन २००९ मा ५० हजार जरिवाना तिरेर उनी रिहा भएका थिए । ३१ मार्च २०११ मा अदालतले उनलाई ७ वर्षको जेल सजाय सुनाएको थियो । शाईनीले उक्त अदालतको बिरुद्ध हाईकोर्टमा अपिल गरेका छन् । हाइकोर्टवाट मुद्दा छिनोफानो भएको छैन ।  

फरदिन खान

कोकिन राखेको आरोपमा सन २००१ मा सेन्ट्रल नारकोटिक्स कन्ट्रोल ब्युरोले फरदिन खानलाई हिरासतमा लिएको थियो । उनी ५ दिन जेल बसेका थिए ।  

विन्दु दारा सिंह

सट्टाबाजी गरेको आरोपमा बिन्दु दारा सिंहले १३ दिन जेल जीवन बिताउनु परेको थियो । २१ मे सन २०१३ मा भारतीय प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । उनी ४ जुन २०१३ मा जेलमुक्त भए । तर, मामला अदालतवाट टुंगिइसकेको छैन ।     

Posted on: 2016-Apr-21

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar