संकटमा अर्थतन्त्र
21 - Apr-2016, Posted by: Yuwahunkar | COMMENTS: 0

घाटाको व्यापार आखिर कहिले सम्म ?
युुवा हुंकार बिशेष व्युुरो काठमाडौ चैत्र व्यापारको प्रत्यक्ष सम्वन्ध नाफासंग रहेको हुन्छ । नाफा कै लागि व्यापार गरिन्छ, चाहे त्यो क्षेत्रिय होस, चाहे त्यो राष्टिय होस अथवा चाहे अन्र्तराष्टिय अर्थात बैदेशिक नै किन नहोस । व्यापार तथा निकासी प्रर्वधन केन्द्रको तथ्यांक अनुसार नेपालले प्रमुखरुपमा झण्डै दुुई दर्जन राष्ट हरुसंग व्यापार गर्दे आएको छ, तर यो व्यापार सधैै घाटाको मात्र हुने गरेको छ । नेपालले प्रत्येक बर्ष एक बर्षको बार्षिक बजेट अर्थात पाँच खर्ब रुपैयाँ बराबरको व्यापार घाटा सहंदै आएको छ । तर चालु आर्थिक बर्षको नेपालको व्यापारघाटा केही प्रतिसतले घट्ने देखिन्छ । व्यापार घाटा घट्नु अर्थतन्त्रको लागि राम्रो हो । तर यसको लागि निर्यात बढेको हुुने पर्छ । तर हामीकहाँ निर्यात बढेर नभई नाकावन्दीका कारण पर्याप्त मात्रामा सामान आयात नहुंदा व्यापार घाटा घटेको हो । केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पछिल्लो छ महिनाको अवधिको नेपालको कुल निर्यातमा २८ दसमलव छ प्रतिसतले गिरावट आएको छ भने आयातामा पनि २८ दसमलव नौ प्रतिसतले गिरावट आएको छ । रेमिटेन्सको भरमा चलेको यो मुलुकमा हालको समयमा आयात र निर्यात दुुबै घट्नुु कुनैपनि दृष्किोणले राम्रो होईन, नेपाल कुुवेत चेम्वर अफ कर्मशका अध्यक्ष सुरेन्द्रबिर मालाकार भन्नुुहुुन्छ । निर्यात बढ्दा व्यापार घाटा कम हुुन्छ, यसको आन्तरिक उत्पादन बढ्नुु पर्छ, आन्तरिक उत्पादन नै नबढेको अवस्थामा आयात घट्दा आपुुर्ती असहज हुुन्छ र बजारमा कालोबजारियाहरु मौलाउँछन, मालकाकारको भनाई छ । अहिले नेपालको बस्तुु तथा सेवा बजारमा भएको चर्को मुल्य बृद्धिको प्रमुुख कारण पनि यही नै भएको उहाँ बताउनुुहुन्छ । केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७२÷७३ को छ महिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८ दसमलव नौ प्रतिशतले ह्रास आर्ई ३०३.८३ अर्व रुपैयाँमा सिमित रहन गएको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १०.३ प्रतिशत र ८९.७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी २८.६ प्रतिशतले ह्रास आई ३१.४४ अर्व रुपैयाँमा तथा कुल पैठारीमा २८.९ प्रतिशतले ह्रास आई २७२.३९ अर्व रुपैयाँमा सीमित हुन पुगेको छ । यति सानो मुलुकको आयात र निर्यातबिचको यतिधेरै फरक हुनु दिर्घकालीन आर्थिक बिकासका दृष्टिकोणले निकै नै घातक हो, नेपाल उद्योग बाँणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ भन्नु हुन्छ । आजको दिनको कुनै पनि राष्ट आत्मनिर्भर छैनन, तर परनिर्भर पनि कतिसम्म हुने भन्ने प्रश्न आउँछ, तर नेपालको आयात निर्यातको पछिल्लो तथ्यांकलाई हेर्दा हामी पुर्णरुपमा नै परर्निरतातिर धकेलिन लागेका त हौं, होईनौं भन्ने भान हुुन्छ, श्रेष्ठ भन्नुु हुन्छ । श्रेष्ठको अनुुसार सरकारले समयमा उद्योग बिस्तार र आन्तरिक उत्पादन बृद्धि गर्नको लागि कार्यान्वयन सहितको ठोस एजेण्डा ल्याउन नसके अर्थतन्त्र संकटमा पर्न सक्छ । नेपाल धेरै हदसम्म परनिर्भर हुनुुको प्रमुख कारण उपलब्ध श्रोत र साधनलाई सहीरुपमा व्यवस्थापन गर्न नसक्नुु हो । नेपालमा निर्यात बढाउनको लागि कृषि, जडिबुुटी, बद पैदावार, पशुुजन्य उत्पादको ठुलो संभावना रहेको छ । बिदेशमा निकासी हुने बस्तुुहरु भनेको पनि यिनै हुुन । यस अन्र्तगत ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि प्रमुख बस्तुुहरु रहेकाछन । केन्द्रका अनुसार समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा ११.८ प्रतिशतले वृद्धि भर्ई ३.९६ अर्व, तयारी पोशाकको निर्यातमा १.७ प्रतिशतले वृद्धि भई २.९० अर्व पुगेको छ । यसै गरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा ५८.६ प्रतिशतले ह्रास आई २.५२ अर्व, पोलिष्टर तथा अन्य धागोमा २९.४ प्रतिशतले ह्रास आई २.२५ अर्व, मुसुरोको दालमा ५१.६ प्रतिशतले ह्रास आई ४० करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा ३२ करोड छाला, २.३९ अर्वको अलैंची, १.२९ अर्बको चिया, २४ करोडको अदुवा, २० करोडको चाऊचाऊ, २४ करोड जडिवुटी, २४ करोडको टुथपेष्ट, १.४६ अर्बको टेक्सटाइल, १.५४ अर्वको पश्मिना सल, ४४ करोडको हस्तकलाका सामानहरु ३४ करोडको नेपाली हातेकागज निकासी भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, फ्रान्स, टर्की, चीन, जापान, इटाली, क्यानडा, वंगलादेश, नेदरलेण्ड्स, अष्ट्रेलिया र स्वीट्जरलेण्ड आदि प्रमुुख रुपमा रहेका छन् । पैठारीतर्फ, आ.व. २०७२÷७३ को प्रथम छ महीनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ३६.२ प्रतिशतले ह्रास आई २५.८६ अर्ब, पेट्रोलियम पदार्थमा ६४.०० प्रतिशतले ह्रास आई २१.०१ अर्ब, यातायातका साधन र तिनका पार्टपुर्जामा २८.२ प्रतिशतले ह्रास आई १७.२३ अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा २५.७ प्रतिशतले ह्रास आर्ई १२.४३ अर्ब, औषधीमा ४४.८ प्रतिशतले वृद्धि भई १३.८७ अर्ब, मशिनरी तथा पार्ट्समा ३३.१ प्रतिशतले ह्रास आर्ई १६.९१ अर्ब, पोलिथिन ग्रेन्युल्समा १३.७ प्रतिशतले ह्रास आई ६.७० अर्ब, कच्चा पाम आयलमा ५३.६ प्रतिशतले ह्रास आई १.२३ अर्व , दुरसञ्चारका सामाग्रीहरुमा २.८ प्रतिशतले वृद्धि भई १०.४५ अर्ब, रसायनमा १६.५ प्रतिशतले ह्रास आई ३.६८ अर्ब भएको केन्द्रले जनाएको छ । यसैगरी समीक्षा अवधिमा ८.०१ अर्ब बराबरको सुन,३.९२ अर्व बराबरको चाँदी, ६.२४ अर्ब बराबरको रासायनिक मल तथा २.७२ अर्व बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन् । साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर १.५६ अर्ब , भटमासको कच्चातेल ४.८७ अर्व , तयारी पोशाक ५.९० अर्व, अन्न १४.२७ अर्व, ऊन १.६० अर्व रुपैयाँ बराबरको सामान आयात भएकाछन । केन्द्रका अनुसार नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई, स्वीजरल्याण्ड, इण्डोनेशिया, क्यानडा, अर्जेन्टिना, थाइलेण्ड, संयुक्त राज्य अमेरिका, जापान, ,साउदी अरेविया, टर्की, मलेशिया, र दक्षिण कोरिया आदि प्रमुुख रुपमा रहेका छन् । चालु आवको छ महिनाको नेपालको चार वटा राष्ट संगको बैदेशिक व्यापार बढेको छ भने ११ वटा राष्ट संगको व्यापार घटेको छ । केन्द्रका अनुसार भारत संगको व्यापार ३६.६, जर्मनाी संगको व्यापार ३.७, युके संगको व्यापार २७.१, फ्रान्स संगको व्यापर ३.७ अंकले घटेको छ । सो अवधिमा अमेरिक, स्वीटजरल्याण्ड सहितका चार वटा मुलुकसंगको व्यापार भने बढेको छ ।किन बढ्दै छ, घाटाको व्यापार ? यसको समाधान के त ?
नेपालको बैदेशिक व्यापार संधै नै निराशजन हुनुुको प्रमुख कारण आन्तरिक उत्पादनको कमी नै हो । नेपालमा कृषिजन्य बस्तुको ठुलो संभावना रहेको भएपनि आन्तरिक उत्पादन लगभग शुन्य प्राय नै छ । यदि घाटाको व्यापार कम गर्ने अर्थात अर्थतन्त्रमा सुधार ल्याउने हो भने शुन्य आन्तरिक उत्पादनबाट माथि उठ्नुु पर्छ । यसको लागि उपलब्ध श्रोत, साधन र संभावनाको उच्चतम उपयोग भएको अर्को बिकल्प छैन, नेपाल कुवेत चेम्वर अफ कर्मशका अध्यक्ष सुरेन्द्रबिर मालकार भन्नुुहुन्छ । नेपालले आर्थिक बिकास र समृद्धि हाँसिल गर्ने माध्यमहरु भनेको, कृषि ,उर्जा, पर्यटन, मानव श्रोत नै हो जवसम्म हामीले यसलाई आर्थिक बिकास र समृद्धिको लागि समाहित गर्न सक्दैनौं, आर्थिक बिकास र समृद्धि निकै नै टाढाको बिषय हुने छ । एक बर्षमा हामी एक खर्ब १२ अर्ब १६ करोड ८५ लाख ८२ हजार रुपैयाँको पेट्रोल मात्र आयात गर्छो, गत आर्थिक बर्षको पुस मसान्तसम्ममा अर्थात छ महिनामा नेपालले ५८ अर्ब ३७ करोड २९ लाख ६१ हजार रुपैयाँको पेटा्रोलियम पदार्थको आयात गरेको छ । नाकावन्दी कै कारण पनि चालु आवको पुुस मसान्तसम्ममा पनि हामीले २१ अर्ब एक करोड ३९ लाख २४ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरिसकेका छौ । जवसम्म हामीले बिद्युुती सवारी साधनको प्रयोगमा व्यापाकता ल्याउन सक्दैन, मास लेभलको सवारी साधन प्रयोगमा ल्याउन सक्दैनौं, पेट्रोलियम पर्दाथको आयातबाट हुने व्यापारघाटामा कमी आउँदैन, मालकाकार भन्नुु हुुन्छ । नेपालको व्यापारघाटा महत्वपुर्ण हिस्सा ओगेटेको पेट्रोलियम पदार्थको आयातमा कमी ल्याउनुुको एउटै बिकल्प बिद्युुतीय सवारी साधान नै भएको दावी उहाँको छ । गत आर्थिक बर्षमा नेपालले ४९ अर्ब ३८ करोड ६० लाख १५ हजार रुपैयाँको सवारी साधन आयत गरेको थियो, सोही आवको पहिलो छ महिनाको यस्तो आयात २४ अर्ब ८२ लाख १५ हजार रुपैयाँ रहेको थियो । चालु आवको पछिल्लो छ महिनामा पनि १७ अर्ब २३ करोड १२ लाख पाँच हजार रुपैयाँको सवारी साधान आयात भईसकेको छ । सुनकोे बार्षिक आयात तीन सय प्रतिसत भन्दा उच्च अनुपातमा बढ्दै गएको छ । गत आवमा आठ अर्ब ४९ करोड ४१ लाख ९९ हजार रुपैयाँको सुन आयात भएको थियो र चालु आवको छ महिनामा पनि ४९ करोड ११ लाख २९ हजार रुपैयाँको सुनको आयात भईसकेको छ । सवारीसाधन, बिलासिताको बस्तुुहरुको आयात प्रत्येक बर्ष बढ्दै गएको छ । यो अवस्थामा व्यापाघाट कम गर्नुु चुनौतीपुर्ण बन्दै गएको छ । यसको लागि पनि हामीले आन्तरिक उत्पादन बढाउने पर्छ । कृषिजन्य बस्तुुमाथिको परनिर्भरता कम गर्ने पर्छ, युवा उद्यमी प्रवल शाख भन्नुु हुन्छ । राज्यले आन्तरिक उत्पादन बढाउनुको लागि उद्योग सञ्चालनको लागि चाहिने बत्ती, पानी, बिजुली लगायतका निम्नतम बस्तुहरु दिन पर्छ, काम गर्न वातावरण दिनुु पर्छ, न बति छ, न पानी छ,, केही पनि कसरी उत्पादन बढ्छु, कसरी परनिर्भरता कम हुुन्छ, युवा उद्यमी शाखा भन्नुु हुन्छ । यदि राज्य सिंगो अर्थमा मुलुुकको दिगो आर्थिक बिकास र समृद्धि कायम गर्न चाहान्छ, भने आम नागरिकको लागि चाहिने आधारभुुत आवस्यकता प्रत्याभुुती सरकारले दिन पर्ने साखको भनाई छ ।के भन्छन, सरोकारवालाहरु
व्यापार घाटा कम गर्न कृषि, ऊर्जा, पर्यटन, शिक्षालाई केन्द्रबिन्दुमा राखेर कार्यान्वयन सहितको ठोस नीति आउनुु पर्छ
दिदेश श्रेष्ठ उपाध्यक्षनेपाल उद्योग बाँणिज्य महाँसघ नेपाल आर्थिकरुपमा कमजोर बन्दै गएको छ । बहुुदल आएपछि मुलुक आर्थिक बिकास र समृद्धिको दिशामा केही हदसम्म अगाडि बढेको भएपनि त्यो बिचमा भएका घटनाक्रम र नीति नियमहरु कै कारण मुुलुक आर्थिक बिकासमा पछाडि पर्दे गएको हो । बहुुदल आएपछि उद्योग केहीहदसम्म उद्योग मैत्री वातावरण बनेको थियो । तर जति पटक सरकार र राज्यका जिम्मेवार निकायका प्रमुखुहरु फेरिए, सिंगो नीति नियमहरु नै फेरिए । राम्रा नीति तथा कायत्र्रmमहरु जुन सरकारको पालामा आएको भएपनि त्यसलाई निरन्तरता दिनुु पथ्र्थो, त्यो कार्यान्वयन हुुनुुपथ्र्यो । तर अहिलेसम्म पनि त्यो हुन सकेको छैन । त्यहीकारण पनि अहिले कुनै पनि उद्योग धन्दा सहजरुपमा चल्न सक्ने अवस्था छैन । पछिल्लो समयसम्म झण्डै दुुई हजारको संख्यामा उद्योगधन्दाहरु बन्द भईसकेका छैन । चलेका केही उद्योगहरु पनि निकै नै असहज अवस्थाबाट गुज्रिरहेकाछन । उद्योग सञ्चालन गर्नको लागि चाहिने आधारभुत कुराहरु ऊर्जा, पानी, बिजुली समेत सरकारले उपलब्ध गराउन सकेको छैन । अर्कोतर्फ सरकारको नाउँमाबाट पछिल्लो समय अनुुगमन र तथा नियमनको नाउँमा भएको धरकपडबाट पनि उद्योग क्षेत्र त्रसित रहेको छ । हामी उद्योगको नियमन र अनुगमनको बिरोध छैनौ । खाली यसको प्रकृया मात्र गलत भएको भनेका हौं । कुनै पनि बस्तुु तथा सेवाको गुणस्तर कायम हुनुुपर्छ भन्ने आम उद्योग व्यवसायी रहेकाछन । उद्योगहरुले प्रतिकुल समयमा पनि उच्चरुपमा उत्पादन लागत बृद्धि भएता पनि बर्तमान समयमा बजार सुहाँउदो मुल्यमा नै बस्तुु तथा सेवा बिक्री गरिरहेकाछन । यसमा सरकारले अनुुगमनको नाउँमा अनावस्यक धरकपड गर्नु हुदैन । बिश्वमा कुनैपनि राष्ट अहिलेको समयमा आत्मनिर्भर हुन सक्दैन । तर त्यसको मतलव पुर्णरुपमा परनिभर हुुुने भन्ने होईन । त्यो परनिर्भतालाई कम गर्नुपर्छ । यसको लागि आफ्नो देशमा उपलब्ध श्रोत र साधानको प्रयोग बढाउनुु पर्छ । उत्पादन बढाउनुु पर्छ । नेपालले परनिर्भता कम गर्न, आर्थिक बिकास र समृद्धि हाँसिल गर्ने क्षेत्र भनेको कृषि, पर्यटन, पुर्वाधार, ऊर्जा र स्वास्थ नै हो । यसलाई आधार बनाएर आर्थिक बिकास र समृद्धिका खाकाहरु तयार गरी नीति तथा योजनाहरु बनाईनु पर्छ । ति नीति तथा कार्यक्रमहरुलाई पुर्णरुपमा लागु गर्नु पर्छ । यसको लागि सरकारको बिभिन्न निकायबिच समन्वय हुनुपछ । जुन बिगतमा हुन सकेन उद्योग मन्त्रालयले उद्योग सञ्चालन गर्नको लागि अनुुमती दिने वातावरण मन्त्रालय, बन मन्त्रालयले रोक्न किसिमको गतिबिधी हुनुु हुदैन । बर्तमान उद्योग ऐन र कम्पनी रजिष्र्टड ऐनलाई समय सापेक्षरुपमा उद्योग तथा बिकासमैत्री हुने गरी परिमार्जन गर्नु आवस्यक छ । यसको नीजि क्षेत्रले धेरै पटक सरकारको ढोका ढकढकाई सकेको छ, तर आजसम्म पनि यसले पुर्णता पाउने सकेका छैनन । अर्कोेतफ नेपाली जनता बिकास प्रेमी हुनुु आवस्यक छ । उद्योग सुरु गर्दा, आयोजना सुुरु गर्दा वास्तबिकता भन्दा माथि उठेर मुुआब्जा माग्ने क्रम बढेको छ । यसबाट पनि उलोगीहरु हतोत्साही भएकाछन । कुनै पनि बहानामा उद्योगीहरुलाई हतोत्साही र लगानी फिर्ता हुने किसिमको वाताबरण बन्नु हुदैन । हामी कहाँ बिदेशी लगानीका ठुला उद्योगहरु आउन नसक्नुुको प्रमुख कारणकोरुपमा यहाँ उद्योग दर्ता गर्नको लागि सुरुमा नै समस्या झेल्नुपर्छ । बिदेशमा एक डलरमा कम्पनी खोल्न पाईन्छ, तर यहाँ अधिकृत पुंजीको आधारमा कर तिनुु पर्छ , त्यसकारण पनि यहाँ कम्पनी दर्ता गर्न निकै नै महंंगो पर्छ, बन्द गर्नु झनै महंगो पर्छ । यस्तो हुनुु हुदैन । अहिले नाकावन्दीकाकारण व्यापारघाटा बढेको छ । यसलाई केहीहदसम्म कम गर्नु भनेको आन्तरिक उत्पादन बढाउने र सहुलियत दिने नै हो । अरु राष्टमा अवस्था हेरेर १५ देखि २० प्रतिसतसम्म सहुलियत दिन्छन, तर हामीकहाँ सरकारले एक देखि पाँच प्रतिसतसम्म सम्म सहुलियत दिन पनि गाह्रो रहेको छ । सहुलियतको कुरा गर्दा सरकार दिन्छु मात्र भन्छ तर दिदैन । यस्तो वातावरण जवसम्म कायम रहन्छ, अर्थतन्त्रले गति लिन सक्दैन । हामीकहाँ हरेक क्षेत्रमा सिण्डीकेट हावी रहेको छ । यसलाई पनि नियन्त्रण गर्नुपर्छ । आर्थिक बिकास र समृद्धिमा दक्ष जनशक्तिको निकै नै ठुलो भुमिका रहेको छ । तर अहिले दैनिकरुपमा १५ सयको हाराहारीमा युवाहरु बिदेश पलायन भएकाछन । यसलाई रोक्न पर्छ तर यसको लागि पनि ठोस आधार चाहिन्छ । युवाहरु किन बिदेश जान्छन । नेपालमा सरकारले तोेकेको न्युनतम पारिश्रमिक १० देखि १२ हजार रहेको छ । तर बिदेशमा काम गर्दा मासिक ४० हजारसम्म पारिश्रमिक पाउँछन । यो वाताबरण राज्यमा बन्नु पर्छ । समस्या नै समस्याको बिचमा पनि नेपालको अर्थतन्त्र यहाँसम्म आउनुुको निजी क्षेत्रको निकै नै ठुलो भुमिका छ । राज्यले नीजि क्षेत्रको यो भुमिकालाई आत्मसाथ गरेर उद्योग र लगानीमैत्री वातावरण बनाउनुु पर्छ,। कुनै पनि बहानामा उद्योगीलाई हतोत्साही बनाउनुु हुुदैन । बिकास र समृद्धिको लागि जुन कुरालाई आधारकोरुपमा परिचित गराईएको छ, त्यो क्षेत्र अर्थात पर्यटन, पुर्वाधार शिक्षा, स्वास्थ, जलबिद्युुत, कृषिलाई केन्द्र बिन्दुुमा राखेर कार्यान्वयन सहितको ठोस नीति तथा कार्यक्रमहरु ल्याउनुु पर्छ । अनिमात्र नेपालको आन्तरिक उत्पादन बढ्छ, परनिर्भरता कम हुुन्छ, । आयात र निर्यात बिचको असन्तुुलन पनि कम हुुन्छ ।नेपालको बैदेशिक व्यापार बिस्तारको लागि बिपा अनिवार्य छ
सुरेन्द्रबिर मालाकार
अध्यक्ष नेपाल कुुवेत चेम्वर अफ कर्मश नेपाल प्राकृतिक श्रोत र साधनले निकै नै सम्पन्न रहेको छ । तर यति धेरै श्रोत र हुदां पनि हामी कमजोर छौं, हाम्रो बिकास कमजोर छ, हाम्रो आर्थिक अवस्था कमजोर छ, हाम्रो व्यापार कमजोर छ । कमजोरी नै कमजोरीमा नेपाल गुुज्रिरहेको छ । देश विकासका लागि दृढ इच्छाशक्ति भएका इमानदार युवाशक्ति तर विडम्बना नेपाल सधैं परनिर्भरतामा अल्झिरहनुपर्ने हालको अवस्था छ । अघोषित भनिएको भारतीय नाकाबन्दी, तराई–मधेस केन्दित आन्दोलन अनि विनाशकारी भूकम्पको प्रभाव समग्रमा नेपाली जनताले अहिले झेलिरहेको अवस्था हो । यो विषम परिस्थितिमा अबको आधार भनेको आर्थिक कूटनीतिद्वारा समस्याको समाधान गर्नु उचित हुनेछ । यदि नेतृत्वले कूटनीतिक आधार प्रदर्शन गर्न चाहने हो र देशको आर्थिक अवस्था उकास्न चाहने हो भने हाम्रो देशको युवा जनशक्ति, प्राकृतिक स्रोतसाधन नै पर्याप्त हुन सक्छ । हाम्रा छिमेकी राष्ट्र दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन यी दुई यस्ता उदाहरणका पात्र बनेका छन् कि संसारका आर्थिक र सामाजिक चक्रव्यूहमा निकै अगाडि बढिरहेका जापान, अमेरिका अनि युरोपियन मुलुकहरूलाई पछाडि धकेलिरहेका छन् तर हाम्रो नेपाल अनि नेपाली जनता भने आत्मरतिमा रमाइरहनुपर्ने बाध्यतामा बसिरहेका छौं । हाम्रा २ छिमेकी राष्ट्रसँग सन्तुलित सु–सम्बन्ध कायम गर्न सक्ने कूटनीतिज्ञ पहिचान गरी परराष्ट्र पहलकदमी खोज्न हो भने आर्थिक विकासका लागि नेपाललाई पर्याप्त नै हुने देखिन्छ । देश विकासका मेरुदण्ड भनेकै प्रभावकारी पुँजी परिचालन र सहज प्रविधि विस्तार हो, यसले मात्र गतिशील अर्थतन्त्र निर्माणको आधार तय गर्छ । त्यसका लागि पनि हाम्रो आर्थिक कूटनीति बलियो बनाउनु पर्ने खाँचो छ । हाम्रो अहिलेको अवस्था हेर्ने हो भने पुँजी परिचालनमा विशेषगरी प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाहमा निकै पछाडि छौं । आन्तरिक स्रोत कमजोर भएको अवस्थामा मात्र होइन, देश विकासका लागिसमेत विदेशी लगानी चाहिन्छ भन्ने कुरा चीन, मलेसिया, सिंगापुर, भारतलगायतका देशका उदाहरणबाट पुष्टि हुन्छ । विदेशी लगानी त्यत्तिकै आउँदैन । त्यसका लागि नीतिगत व्यवस्था गर्नुपर्ने हुन्छ, कानुनी व्यवस्था गर्नुपर्ने हुन्छ । उदाहरणका लागि भारतले कूटनीति र बिप्पा सम्झौता अपनाइरहेको छ र भारतले विकासको गतिमा निकै अघि रहेको कुरा हामीले देखि नै रहेका छौं, भारतले करिब विश्वका ७० मुलुकभन्दा बढीसँग बिप्पा सम्झौता गरेको र अन्य मुलुकसँग सम्झौता गर्ने तयारी गरिरहेकामा नेपालले पनि अब छिमेकी राष्ट्रबाट सिक्नुपर्ने अवस्था छ । नेपालको सन्दर्भ हेर्ने हो भने हालसम्ममा ६ वटा राष्ट्रसँग बिप्पा सम्झौता सम्पन्न गर्न सफल भइसकेको छ । नेपालले हालसम्म फ्रान्स, जर्मनी, बेलायत, मैरिसस, फिनल्यान्ड र भारतसँग बिप्पा सम्झौता गरिसकेको छ । विभिन्न मुलुकसँग आपसमा हुने औद्योगिक लगानी सुरक्षा सम्झौताले त्यस देशका लगानीकर्तामा हौसला बढाउने हुनाले उनीहरूले सम्भाव्यता हेरेर आआफ्नो इच्छाअनुसारको क्षेत्रमा दीर्घकालीन लगानी गर्छन् जसले गर्दा नेपालमा उद्योग व्यापार–व्यवसाय क्षेत्रमा विकास भई देशको अर्थतन्त्रमा क्रमिक सुधार हुनेछ भने बेरोजगारी समस्या सम्बोधनमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा पुग्ने छ । नेपालमा विश्वका उदाउँदा आर्थिक शक्ति राष्ट्रहरूबाट विभिन्न सम्भावित क्षेत्रहरूमा लगानी भित्र्याउन सके आर्थिक वृद्धि निकै द्रुत गतिमा जाने सम्भाव्यता छ र अनुकूल वातावरण सिर्जना गर्ने कुरामा दुईमत छैन । केही पाउन केही त गुमाउनु नै पर्ने हुन्छ, अहिलेको अवस्था हेर्ने हो भने देश निकै कष्टकर अवस्थामा छौं, हामी लगानी गर्न सक्ने अवस्थामा छैनौं । चीनसँग पनि अब बिप्पा सम्झौता गरिहाल्नुपर्छ । यो सम्झौताबाट नेपालमा वैदेशिक लगानी भित्रिएर उत्पादनमा वृद्धि, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा पनि गरिएको छ ।व्यापारमा क्रमिकरुमा सुधार आउँछ
ईश्वरी प्रसाद घिमिरे कार्यकारी निर्देशक व्यापार तथा निकासी प्रर्वधन केन्द्र पछिल्लो समय बैदेशिक व्यापार घट्नुुको मुल कारण सिमा क्षेत्रमा देखिएको अवरोध नै हो । बिभिन्न देशबाट नेपालमा सामान आउने र नेपालबाट तेस्रो देशमा सामान जाने नाका सिमा क्षेत्र नै भएको र राजनीतिक कारणले उक्त सो क्षेत्रमा अबरोध उत्पन्न भएपछि आयात र निर्यातको बिचमा असन्तुलन उत्पन्न भएको । यसले भुक्तानी सन्तुुलनमा केही सहजता देखाएको भएपनि पनि सिंगो आपुुर्ती व्यवस्था नै खल्बलिएको थियो भने बजारमा बस्तुु तथा सेवाको अभाव हुदा कालोबजारीयाहरुका चलखेल बढेको थियो । तर अहिले क्रमिकरुपमा भन्सार नाका सहज बन्दै गएको छ । आयात र निर्यात पुर्ववतरुपमा सञ्चालन भई रहेको छ । बिगतमा झण्डै चार महिना बन्द रहेका अधिकांस नाकाहरु खुलेसंगै सरकारको राजश्व संकलनको दर पनि बढेको छ । भारत लगायतका तेस्रो मुलुकसंगको व्यापारमा पनि सुधार हुदै गएको छ । यसले अर्थतन्त्रलाई सहजतता तर्फ धकेलि रहेको छ । नेपालको बैदेशिक व्यापार संधै नै घाटामा नै चल्ने गरेको छ । हाम्रो चुनौती भनेको बैदेशिक व्यापारलाई नाफामा परिणत गर्ने भन्दा पनि बढ्दो घाटालाई कसरी कम गर्ने भन्ने हो । यसको लागि देशको लागि चाहिने दैनिक उपभोग्य बस्तुु लगायतका खाद्यान्नहरुको उत्पादन बढ्नुु पर्छ । कृषिजन्य उत्पादमा मुलुकलाई आत्मनिर्भर बनाउनुु पर्छ । यसको लागि व्यवसायीक कृषिका लागि ठोस नीति तथा कार्यक्रम ल्याई उत्पादन बढाउनुु पर्छ । कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुद्रा पनि धेरै हदसम्म व्यापारघाट कम गराउनुु सक्छौ । पछिल्लो समय कृषिजन्य उत्पादनमा पनि परनिर्भरता बढेकाकारण व्यापारघाटा चुलिएको हो । अर्कोतर्फत नेपालबाट निर्यात हुने बस्तुुहरु भनेको गलैचा, जडिबुुटी, हस्तकलाका सामान, बन पैदावाहरु नै हुुन यिनीहरुको पनि उत्पादन बढाउनुु पर्छ । बिश्व बजारमा बिभिन्न किसिमका सहुलियत दिएर नेपाली उत्पादनहरुको सहज पहुंच स्थिापीत गर्नु पर्छ । बिभिन्न राष्टहरुसंग व्यापार सम्झौता गर्नुुपर्छ । अन्तारष्टियरुपमा हुने व्यापार मेलामा नेपाल बस्तुु उत्पादनहरुको व्यापाकरुपमा प्रचार प्रसार गर्नुपर्छ । नियार्तजन्य बस्तु उत्पादन गर्ने उद्योगहरुलाई सरकारले कुुन किसिमकाबाट हुुन्छ, सहुलियत दिनुु पर्छ । अहिले व्यापारघामा सबै भन्दा ठुुलो हिस्सा ओग्ट्ने भनेको पेट्रोलियम पर्दाथको आयात पनि,हो । सवारी साधानको संख्या बढ्दै जाँदा प्रत्येक बर्ष यसको आयात बढ्दै छ भने सोहीरुपमा व्यापारघाटा पनि बढ्दै छ,, यसलाई कम गर्नको लागि वातावरण मैत्री बिद्युुतीय सवारी साधान, यात्रुु क्षमता अत्धाधिक भएका सार्वजनिक सवारी साधानहरुको प्रयोगमा जोड दिनुु पर्छ । नेपालले हालसम्म छिमेकी राष्ट भारत, चीन, बंगलादेश सहित पाकिस्तान, कोरिया, मंगलोलिया, रोमानिया, श्रीलंका, ब्रिटेन, अमेरिका, युगोस्लाभिया लगायतका दर्जनौ मुलुुकहरुसंग परस्पर व्यापारिक सम्झौता गरिसकेकाछन । तर हालसम्म पनि नेपालले यि सम्झौताबाट जुुनरुपमा फाईदा लिनुपथ्र्यो, त्योरुपमा लिन सकेको छैन । यसका लागि त्यसमा भएका अप्ठेराहरु हटाउनु पर्छ । देशको अर्थतन्त्रलाई बलियो बनाउनु, कृषि, उर्जा, पर्यटन र पुर्वाधार लगायतका क्षेत्रमा प्रभावकारी नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । देशका उपलब्ध युवाशक्तीलाई सीप तथा तालिम दिएर मुलुक कै आर्थिक बिकासमा समाहित गराउनुु सक्नुु पर्छ । यसको लागि सरकार कटिवद्ध हुुनुुुपर्छ ।
घाटा न्युुनीकरण गर्न उत्पादन बढ्नुुपर्छ, तर यसको लागि यसको लागि आधार के त ?
प्रवल शाख निर्देशक साख ग्रुुप वास्तवमा नेपालबाट यसबाट माथि उठ्ने हो, आर्थिक बिकासमा अगाडि जाने हो भने सहजरुपमा आम नागरिकले दैनिक आधारभुुत आवस्यकताका सामाग्री प्राप्त गर्न सक्नुपर्छ । त्यसपछि मात्र बिकास र समृद्धिको ढोका खोल्छ । अहिले ढोकामा तगारो छ, त्यो तगारो भनेको पनि त्यही नै हो, त्यही नै खोल्न सकेका छैनौं, हामी कसरी भित्र जान सक्छौ । जव हामीले यो तगारो खोलेर भित्र जान सक्छौं, अनि हाम्रो बिकास समृद्धिको ढोका खुल्छ, हामीले कृषि, ऊर्जा, पुर्वाधार, उद्योग, पयर्टन, जलबिद्युुत लगायतका क्षेत्रमा सोच्न सक्छौ, काम गर्न सक्छौं, उत्पादन बढाउन सक्छौ, व्यापार घाटा कम गर्न सक्छौ । यसले गर्दा आयात र निर्यात बिचको असन्तुुलन कम हुन सक्छ । राजश्व र आयातमुुखी अर्थतन्त्रबाट माथि उठेर उत्पादन र रोजगारमुुखी अर्थतन्त्रमा हामी जान सक्छौं । तर यहाँ जानको लागि दैनिक आधारभुत आवस्यकताको जोहो गर्न समस्याबाट हामी माथि उठ्नुु पर्छ, यहाँबाट माथि नउठीकन हामी केही गर्न सक्दैन साना साना कुरा जो वास्तवमा नै निकै ठुला हुन्छन, त्यस्ता कुरालाई बेवास्ता गरेर खाली ठुला कुरा गरेकै भरमा हामी कही पुुग्दैनौं । जनताले पैसा तिरे पछि सहजरुपमा बत्ती, पानी, बिजुली, ग्याँस, इन्धन पाउनुुपर्छ । जनताको पहिलो आधारभुुत आवस्यकता भनेको यही नै हो, जहाँ यही कुराको ग्यारेन्टी छैन, अन्य कुराको ग्यारेन्टी के हुुन्छ । नेपाली जनताले केही मागेका छैनन, उनीहरुले पैसा तिरेर मागेको एउटै चिज हो, आधाभुत आवस्यकता अन्र्तगतको बत्ती, पानी, बिजुुली इन्धन, त्यो कसले दिने हो । जवसम्म आम नागरिकको यही आवस्यकता पुरा हुदैन, आर्थिक बिकास, आर्थिक समृद्धि, सह्श्राव्दी बिकास लक्ष्य, यि सब निकै टाढाका बिषय हुुन । आजसम्म कुनै जिम्वेवार निकायबाट मुलुकको आर्थिक बिकास र समृद्धिको लागि यो काम गर्ने, अबका पाँच बर्षमा मुलुकलाई यहाँ पुर्याउने, देशको आर्थिक तथा बिकास नीति कस्तो हुने हो, कुनै पनि कुरा आएको छैन । यो अवस्थमा हामीले कसरी आर्थिक बिकास र समृद्धिको परिकल्पना गर्न सक्छौ । नाकावन्दीको कारण देखाउँदै सिंगो मुलुकको आपुर्ती व्यवस्था असहज भयो । खाना बनाउन ग्यासँ छैन, बिजुुलीमा खाना बनाउँ भन्दा लोडेसिडका कारण बत्ती छैन, काममा जानलाई बाहिर जाउँ पर्याप्त मात्रामा सावर्जजिन सवारी साधान चलेका छैन, गाडी पाईदैनन । सवारी साधनमा तेल हाल्ल गयौ एक दिन भरी लार्ईन बस्दा पनि पाईदैन, ग्याँस लिन गर्यो हप्तौसम्म पालो कुर्दा लाईन बस्दा पनि पाईदैन । बिश्व अर्थतत्रन्त्र अथवा भनौ अरु राष्टहरु आर्थिक बिकासमा यति धेरै माथि पुगिसक्दा पनि हामी अहिले ग्याँस र तेलमा नै अल्झिराखेको छ ।Posted on: 2016-Apr-21

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story