05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

गायिका सबिना श्रेष्ठको संधै तिमिलाई नामक गितको म्युजिक भिडियो सार्वजनिक

1 - Mar-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 गायिका सविना श्रेष्ठको संधै तिमिलाई भेट्न मन लाग्छ, नामक गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिशेषगरी प्रहरी सेवामा कार्यरत कर्मचारीहरुले आफ्नो परिवार र श्रीमतीलाई चाहेर पनि समय दिन नसकेको कथालाई गितको शब्द र म्युुजिक भिडियो मार्फत सार्वजनिक गरिएको छ । 
प्रहरी सदैव आफ्नो परिवार भन्दा टाडा रहेर आफ्नो राष्ट र समाजप्रतिको दायित्व निर्वाह गर्ने क्रममा बिभिन्न ठाउँमा खटिदा आफ्नो परिवारका सदस्यहरुलाई भेट्न नपाएकोको कथालाई गायिका श्रेष्ठले सुमधुर समयमा गितमार्फत सार्वजनिक गर्नुुभएको छ । गितमा एउटा प्रहरी जवानले आफ्नो परिवारलाई गरेको माया प्रेम र स्नेहलाई टाडै बसेर भएपनि कतिसम्म आत्मसाथ गरेको हुन्छ भन्ने देखाउन खोजिएको छ । आएको छोटो समयमा निकै नै चर्चित बनेको उक्त गितको रचना र संगित मदन गुरुडको रहेको छ । निर्देशक गंम्भिर बिष्टको निर्देशन रहेको म्युजिक भिडियोमा मोडलकोरुपमा डा. श्रृष्टी श्रेष्ठ, गजित बिष्ट, प्रहरी नायव उपरिक्ष लोकेन्द्र श्रेष्ठ र बाल कलाकार कोशिष श्रेष्ठ समेतको अभिनय रहेको छ । गायिका श्रेष्ठ प्रहरी नायव उपरिक्षक लोकेन्द्रकी पत्नी हुनुुहुन्छ भने बालकलाकार कोषिश छोरा हुनुुहुन्छ । पहिलो प्रयास भएपनि धेरै श्रोत तथा दर्शकहरुले गित मन पराउनुुभएकोले अब छिटै नै नयाँ गित म्युजिक भिडियो समेत सार्वजनिक गर्ने गायिका श्रेष्ठले बताउनुुभयो । पहिलो प्रयास भएपनि सबैको मायाँ र प्रोत्साहन पाउँदा गि संगितमा अझ धेरै काम गर्ने हौसला मिलेको र आफुलाई यो क्षेत्रमा लाग्न श्रीमान लोकेन्द्र र परिवारको निकै नै ठुलो साथ र सहयोग रहेको छ, श्रेष्ठले भन्नुुभयो ।   

Posted on: 2016-Mar-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar