30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

स्वेदशमा नै केही गर्न सकिन्छ भन्दै, उदाहरण बनेका यूवाहरु

28 - Feb-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 दल्लीमा २०६९ मा जसोतसो गरेर  एसएलसी पास गरे डाडागाउँ गाविस वडा नं ६ का जुमल्याह दाजुभाई लभकुश ओलीले । उनीहरु एसएलसी पास गर्न वितिकै वैदेशिक रोजगारीका लागी मलेसिया हानिय । करिव २ वर्षको अर्थक मेहनतवाट केही रकम कमाएर जन्मभूमि पुगे ।
जन्मभूमि आएको एक महिना पछि जुमल्याह लगनशिल लभकुश ओलीले सदरमुकाममा होटल किनेर विगत १ वर्ष देखी सञ्चालन गरिरहेका छन् । जुमल्याह दाजुभाईले खोलेको यो होटल अहिले जिल्ला भित्र र वाहिर चर्चाको शिखरमा छ । विदेशवाट आउन वितिकै पढ्न भन्दा पनि नयाँ जोशजागरका साथ नयाँ काम थालनी गर्ने ईच्छा वनाएर विदेशवाट नेपाल आएको वताउने दाजुभाई अहिले जिल्लाकै टप होटल सञ्चालक भएका छन् । होटलवाट मासिक रुपमा राम्रो कमाई भएको यी वली दाजुभाई वताउछन् । आप्नै दाजुभाईको नाम वाट खोलिएको लभकुश होटलवाट दैनिक रुपमा राम्रो आम्दानी भएपछि अव जिल्लाका अन्य ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्ने मनस्र्थीमा पुगेको लभकुश दाजुभाईहरु वताउछन् । यो होटलमा आज भोली सवै खालका कार्यक्रम हुनुका साथै पुर्वप्रधानमन्त्री डाक्टर वावुराम भट्राई सम्माले स्वाद चाख्न पाएका छन् । कलिलो उमेरमा उनी जस्तै संगै पढेका यूवा साथीहरु विना कामै वरालिएको देख्दा मन दुखेर आउने उनीहरुको भनाई छ । दैनिक संगै पढेका साथीहरु आपनै होटेलमा आएर दादागिरी गर्ने,अनाआवश्यक कुरा गर्ने,मधिरा सेवन गरेर समय वर्वाद पारेको देख्दा भित्र देखी नै मन रोएर आउने लभकुश दाजुभाई वताउछन् । करिव २ वर्ष विदेश वस्दा कडा मेहनत काम गरेको अनुभव सुनाउदै ओली दाजुभाई भन्छन् “ विदेशमा अर्काको माटोमा पसीना कडा परिश्रम गरी कमाएउने पैसा वरावर नेपालमा मेहनत गर्ने हो भने राम्रो गर्न सकिने मनस्र्थीती भएपछि समय अवधी नपुग्दै नेपाल फर्कीएका हौ” । हुन पनि वली जुमल्याह दाजुभाई लभकुशले विदेशवाट आएको वर्षमै जिल्लाकै उत्कृष्ठ होटल खोली चर्चा कमाउन सफल भएका छन् । अहिले होटलमा काम गर्ने मानिस समेत राखेर तलव दिने गरेका छन् । अव होटल पनि राम्रो चलेका कारण पढाईलाई निरन्तरता दिने उनीहरुको भनाई छ । उनीहरु जस्तै खगेनकोटका गाविस वडा नं ६ का शान्तवहादुर खत्री ३वर्ष मलेसिय वसेर अहिले घर फर्केर आर्थीक अभावमा रहेको आप्नो परिवारलाई सुखी, शान्त वनाउन सफल भएका छन् ।  उनी विदेश हुदा उनको घर हल्चौरमा रहेकी उनकी श्रीमतीले अकै संग विवाह गरेर गईन तर उनी श्रीमतीको विवाह भएपनि दिदेशमा काम गरिरहे । नेपाल फर्केर पुरानै श्रीमतीकै माईती पर्नेकै छोरी विवाह गरी हल्चौरमा ठुलो घर निर्माण गरी वगारामा ५० मुरी धान फल्ने खेत किनेर अहिले त्यसमा राम्रो धान फलाएर राम्रो आम्दानी लिने मोडमा छन् । उत्ता कम्जोर पारिवारिक स्र्थीती भएका सक्ला गाविस वडा नं १ का प्रेमवहादुर खत्री एसएलसी पास गर्न वितिकै वैदेशिक रोजगारीमा गएर राम्रो कमाई गरी सक्लाको साँघुतरामा करिव ८ लाख वरावरको पसल खोलेर राम्रो आम्दानी गरिरहेको वताउछन् । दैनिक यत्ती दुर्गम ठाउँमा पनि ३० हजार भन्दा माथीको व्यापार हुने गरेको छ । वारेकोट क्षेत्रका नायकवाडा,रोकायगाउँ र रामीडाडाका अधिकांश व्यापारीहरु उनकै पसलवाट दैनिक उपभभोग्य सामग्रीहरु लिएर कारोवार गरिरहेको खत्रीको भनाई छ ।  पसल संगै होटल खोल्ने योजनामा आफु रहेको उनले आर्थीक दैनिकलाई वताएका छन् । कक्षा ४ मा पढ्दै गर्दा उपचार गर्ने सामान्य रकम सम्मा नभएर उनकी आमाको मृत्यू भएको सम्झदै भन्छन् अहिले जस्तो चेतना र पैसा भएको भए आमाको उपचार गरेर ज्यान वचाउने थिए । धामी,झाक्री र रकम नहुँदा आमाको ज्यान गएको गह भरी आसु चुहाउदै उनी कुरा सुनाउछन् । कुनै वेला यहि रुपैया नहुदा मेरी आमाले अकालमा मृत्यू हुन पुग्यो अहिले म संग सवै थोक छ तर आमा छैन्न रुदै उनी भन्छन् पैसा भनेको दुष्मण पनि हो मित्र पनि हो । गाउँमा विरामी हुन वितिकै आफु कहाँ पैसा माग्दै स्थानिय दाजु भाई आउने गर्दछन म पनि रकम दिएर ज्यान वचाउन सल्लाह दिन्छु , आखीर मेरी आमा जस्तै थुपै आमाको ज्यान वचाउन पाएभने मेरो कर्तव्य त्याही हुनेछ ।  जाजरकोटमा अधिकांश यूवाहरु वैदेशिक रोजगारीवाट राम्रो कमाई हात पारेर आप्नो भु भागमा आएर जीवन स्तर माथी उठेको देखिन्छ । एकाध केही यूवाहरुका परिवारमा कोचलो भएको देखिन्छ । मासीक रुपमा ३० लाख भन्दा वढी रकम जाजरकोटमा भित्रने गरेको जाजरकोटका वैंकहरुले वताएका छन् ।     

Posted on: 2016-Feb-28

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar