बीमाको ईतिहाँस, कार्यप्रणाली र व्यवस्थापकीय चुनौती
9 - Nov-2015, Posted by: Yuwahunkar | COMMENTS: 0

प्रमुख कार्यकारी अधिकृत नेपाल इन्स्योरेन्स कम्पनी लि. मानिस सामाजिक प्राणी हो र संसारभरिमा जे पनि विकास र विनाश भएका छन् ती मानव सृजित परिणामहरु छन् यदाकदा प्रकृती श्रृजित घटना दुर्घटना पनि हुने गरेका छन् तरपनि प्राकृतिक प्रकोपहरु पनि मानिसमै प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावका कारणहरुले हुन्छन् संसारभरिमा यस्ता प्रकारका विकास र विनाशका कारणले मानव जीवन जोखिमबाट सुरक्षित रहन सक्दैन् त्यसैले भविष्यमा हुन सक्ने सम्भावित जोखिमका कारणले मानिसको जीवनमा धेरै प्रकारका धनजनको क्षति हुन जान्छ यस्ता घटना दुर्घटना मानिसले केहिमात्रामा घटाउन र हटाउन सक्ला तर सबै घटना दुर्घटना भने हटाउन घटाउन सक्दैन जुन उसको क्षमताभन्दा धेरै परको कुरा हो । त्यसैले विभिन्न प्रकारका घटना दुर्घटना प्राकृतिक प्रकोप, मानव श्रृजित जोखिमको परिणाम स्वरुप मानवजीवनमा आर्थिक क्रियाकलाप उद्योग व्यवसाय, कलकारखाना, सामाजिक,सांस्कृतिक ,राजनैतिक, पारिवारिक अवस्था भयावह हुनसक्छन् त्यसैलै यस्ता प्रकारका जोखिमहरुको परिणाम स्वरुप भएको धनजनको क्षतिको आर्थिक क्षतिपूर्ति गर्ने व्यवसाय नै बिमा व्यवसाय हो । बिमा व्यवसाय एक प्रकारको गुठी वा सहकारी वा परम व्यवसाय जस्तो व्यवसाय हो । सदस्यहरुमध्ये कसैलाई नोक्सानी प¥र्योभने उसलाई सहयोग गर्ने गरी एउटा कोष सदसयहरुबाटनै थोरै थोरै रकम जम्मा गरिन्छ त्यसबाटनै उसलाई परेको आर्थिक नोक्सानीको क्षतिपुर्ति गर्र्नको लागि स्थापित परम्परागत व्यवसायको बिमा आधुनिक युगमा भिन्न तरिकाले विकसित भै एक महत्वपूर्ण उद्योगको रुपमा संसारभरि अनिवार्य र स्वेच्छिक रुपमा अगाडी बढेको पाइन्छ । आधुनिक युगमा बिमा भन्नाले जीवनबिमा, निर्जीवनबिमा र पूर्नबिमालाई बुझाउँछ । जीवनबिमा भन्नाले मानिसको निश्चित समायावधिसम्म वा आजिवनसम्म निजको मृत्यु भएमा वा नभएमा पनि निजले गरेको बिमाङ्क रकम र त्यसमा बोनश सहित रकम थप गरी मृत्युभएमा इच्छाएको व्यक्ति वा बिमित व्यक्ति जीवित भएमा निजलाईनै भुक्तानी गर्ने गरी गरिएको बिमा व्यवसायलाई जीवनबिमा भनिन्छ र यस्तो बीमा व्यबशायगर्ने सस्थांलाई जीवनबीमा कम्पनी भनिन्छ । जीवनबिमा कम्पनीहरुले विभिन्न प्रकारका जीवनबीमालेखहरु आफ्ना ग्राहकहरुलाई बिक्री वितरण गरिरहेका छन् तर बीमित वा ग्राहकले यस्ता जीवनबिमा कम्पनीहरुको बोनश दर, कम्पनीको अवस्था हेरी बिमा गर्नु उपयुक्त हुन्छ । निर्जीवन बिमा व्यवसाय भन्नाले जीवनबीमा बाहेक अन्य सबै प्रंकारका बीमालाई निर्जीवनबीमा व्यवसाय भनिन्छ । यसमा मानिसहरुको दुर्घटनाबीमा, स्वस्थ उपचारबिमा देखि विभिन्न प्रकारका धनसम्पत्तिहरुको बीमा व्यवसाय निर्जीवनबीमा व्यवसायभित्र पर्दछन । निर्जीवनबीमा व्यवसाय अन्र्तगत बिमालेखमा उल्लेखित जोखिमको कारणाले धनजनको क्षतिभएमामात्र आर्थिक क्षतिपुर्ति गरिन्छ तर नोक्सान नभएमा उक्त रकम बीमा कम्पनीले बीमितलाई फिर्ता गर्र्दैन अर्थात् बीमित वा बिमा गर्ने व्यक्ति वा संस्थाले जुनजुन जोखिमको लागी बिमा प्रिमियम बिमा कम्पनीलाई भुक्तानी गरेको छ त्यसै कारणले नोक्सानी भएमामात्र क्षतिपूर्ति गर्दछ त्यसैले बिमा गर्दा खेरी नै बीमतिले हुन सक्ने सम्भावित जोखिमको पूर्व आकंलन गरि सोही अनुसारको जोखिमको रक्षावरण गर्नुपर्दछ । त्यसैगरी बिमा गरिने धन सम्पत्तिको मुल्याङ्कन पनि वास्तविक मुल्यमा गर्नुपर्दछ कम मुल्यमा बिमा गरेमा औषतदरमा ब्खभचबनभ च्बतभ लाग्दछ भने बढि मुल्याङ्कन गसर बिमा गरेमा पनि क्षतिपुर्ति बढि पाइदैन त्यसैले आफ्नो धनसम्पत्तिको बिमा वास्तविक मुल्यमा गर्नुपर्दछ । ग्राहकले आफ्नो धनसम्पत्तिको विवरण सहि रुपमा बीमा कम्पनीलाई उपलब्ध गराउनुपर्दछ किनकी बिमा व्यवसाय परम सद्विश्वासको आधारमा गरिने व्यवसाय हो यसरी यस्तो प्रकारको बिमा गर्ने बिमा कम्पनीहरुलाई निर्जीवन बिमा कम्पनी भनिन्छ । यस्तो बिमा गर्दा बीमितले कम्पनीको आर्थिक अवस्था, लगानीकर्ता, संचालक समिति, दाबी भुक्तानी प्रक्रिया, कम्पनीको ईतिहास, कम्पनीको व्यवस्थापन, पूर्नबिमा व्यवस्था आदि कुराहरुलाई मध्येनजर गरी बिमा गर्न उपयुक्त हुन्छ र बिमालेख लिँदा नै बिमा प्रिमियम भुक्तानी गरेको हुनुपर्दछ उधारो बिमालेख रक्षावरण गर्दैन । पुर्नबिमा भन्नाले जीवन र निर्जीवन बिमा कम्पनीहरुको बीमाको पनि बिमा गर्ने व्यवसायनै पुर्नविमा व्यवसाय नै हो अर्थात् बिमा कम्पनीहरुले आफूले रक्षावरण गरेको बिमाको सम्पूर्ण जोखिम आफैले बहन गर्न नसक्ने भएकोले त्यसलाई वा जोखिमलाई न्यूनिकरण गर्न जोखिमको हस्तान्तरण एक कम्पनीबाट अर्को कम्पनीमा गर्दछन् जसलाई पूर्नबिमा भनिन्छ । सामान्यता पूर्नबिमा कम्पनीहरुले सोझै ग्राहकबाट बिमा स्वीकार नगरी बीमा कम्पनीहरुबाट बिमा स्वीकार गर्दछन् । यस्तो बिमा संसारभरि संजालको रुपमा फैलिएर रहेको हुन्छ, यसरी एक बिमा कम्पनीबाट अर्को पूर्नबिमाकम्पनीमा सोझै कम्पनी कम्पनी एक आपसमा पुर्नबिमा गर्न पनि सक्दछन् भने दुवै कम्पनीहरुको विचमा ब्रोकरको सहयोग बाट पनि पुर्नबिमा गर्न सक्दछन् सामान्यतया बिमा कम्पनीहरुले पूर्नबिमा कम्पनीहरुसंग बिमा गर्दा मध्यस्तकर्ता दलाल (द्यचयपभच) को सहयोगमा बिमा गर्दा बढि सुरक्षित हुने गर्दछ । हाम्रो देशमा बीमा ऐन २०४९ अनुसार हरेक बिमा कम्पनीहरुले आफ्नो पुँजीसंरचना –क्जबचभजयमिभच भ्त्रगष्तथ) को अधिकतम ५% सम्म मात्र रक्षावरण आफुले राखी बाँकी बिमाङ्ककको पूर्नबिमा गर्नुपर्ने हुन्छ । पुर्नबिमा कम्पनीहरुले बिमा कम्पनीहरुलाई ऐतिहासिक बिमा प्रिमियम र दाबीहरुको आँकडाहरुको आधारमा सुविधाहरु उपलब्ध गराउँदछ भने बमिा कम्पनीहरुले ग्राहकले तिरेको प्रिमियम जति बिमाङ्ककको रक्षावरण आफुले गरेको छ सोही अनुपातमा आफु राख्दछ र बाँकी जुनजुन पूर्नबिमालाई जोखिम हस्तान्तरण गर्दछ सोही अनुपातमा प्रिंमियम पनि तिर्नुपर्ने हुन्छ । सोझै वा ब्रोकरको सहयोगको आधारमा हरेक आर्थिक वर्ष शुरुुहुनुभन्दा अगाडी बिमा कमपनीहरु र पूर्नबिमक कम्पनीहरुको पूर्नबिमा सम्झौता गर्ने गर्दछन् । यसमा विभिन्न सेवा, शर्तहरु र सीमाहरु उल्लेख हुन्छन् सो भन्दा बढी रकमको बिमा गर्नुपरेमा हरेक बीमाङ्कको लागि छुट्टाछुट्टै सम्झौता पनि गर्नुपर्दछ जसलाई ँबअगतिबतष्खभ च्भ–क्ष्लकगचबलअभ भनिन्छ । नेपालको सन्र्दभमा भन्दा वि.स. २००४ सालभन्दा पहिले नेपालीबिमा कम्पनीहरु थिएनन् नेपालको उद्योग व्यवसायमा रघुपति जुटमिल र नेपाल बैंक लिमिटेडको महत्वपूर्ण भुमिका रहेको छ । वि.स. १९९४ सालमा नेपाल बैंकको स्थापना भएपश्चात् वि.स. २००४ सालमा नेपाल बैंकले नेपाल ईन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी स्थापना गरेको थियो । शुरुमा यसले नेपालको बिमा व्यवसाय र ट्रान्सपोर्टको काम गरेको थियो जुन कम्पनी हाल निर्जीवन बिमाको काम नेपाल ईन्स्योरेन्स कम्पनी लि. को नामले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ र यो नै नेपालको पहिलो बिमा कम्पनी हो । वि.स. २००४ साल भन्दा पूर्व र पछि केही भारतिय बिमा कम्पनीहरुले नेपालमा बिमा व्यवसाय गर्दै आएका थिए । वि.स. २०२५ सालमा राष्ट्रियबीमा संस्थान नेपाल सरकारले स्थापना ग¥यो र बिमा समिति पनि २०२५ सालमा स्थापना गरियो तत्पश्चात् नेपालमा सरकारी स्तरबाट बिमाको पार्दुभावमा कोशेढुङ्गा सावित भयो तथापी नोपलमा भएका ठूलठूला परिवर्तिनको कारणले नेपाल सरकारले लिएको आर्थिक उदारिकरणको परिणाम स्वरुप नेपालको उद्योग व्यवसाय, शिक्षा स्वास्थ्यमा धेरै उन्नती प्रगति हुनुपग्यो र हाल आएर नेपालमा २६ वटा बिमा कम्पनीहरुको स्थाापना भै जीवन ९ वटा र निर्जीवन १७ वटा कम्पनीहरुले बिमा सेवाहरु प्रदान गर्दै आएका छन् त्यतिमात्र होइन वि.स. २०७१ सालमा नेपालको आकस्मिक बिमा कोषलाई नेपाल सरकारको र नेपालका निर्जीवन बिमा कम्पनीहरुको सहभागितामा २ अर्ब १० करोडको चुत्तापूँजिमा पुर्नबिमा कम्पनी समेत स्थापना भै सकेको छ आ.व.०७०÷०७१ को आकंडामात्र हेर्ने हो भने प्रिमियम संकलन २८ अर्ब २४ करोड, जिडिपीमा १.४६% को योगदान, करीव ३४०० जना प्रत्यक्ष रोजगार, ७०० जना सर्भेयर, १७१९८७ अभिकर्ता बिमा क्षेत्रमा आबद्ध रहेका छन् र प्रत्येकवर्ष बिमा प्रिमियम लगभग १५% को दरले वृद्धि हुदै गएको छ भने बिमाक्षेत्रको लगानी ७२ अर्ब ७३ करोड रहेको छ भने जम्मा बिमा कम्पनीका शाखाहरु नेपाल अधिराज्यभरि करीब ७०० वटा रहेका छन् । तरपनि नोपलको कुल जनसंख्याको ७ % हाराहारीमामात्र बिमा सेवाको पँहुच पुगेको छ भने अझ पनि ९३% जनता बिमाको पहुँच भन्दा बाहिर रहेकोले नेपालको बिमा व्यसायको भविष्य अतिनै सुन्दर र आशलाग्दो रहेको छ जसलाई अगाडी बढाउन सकेमा देशको आर्थिक विकासमा निकै ठूलोे टेवा पुग्न जान सम्भावना रहेको छ ।
Posted on: 2015-Nov-9

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story