05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मोडलिड क्षेत्रमा नै केही गर्न चाहान्छु

15 - Oct-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 मोडलिड क्षेत्रमा नै केही गर्न चाहान्छु, प्रशंसा  
जीवनमा सफल हुने रहर कसलाई हुदैन र ? जीवनलाई शुखमय बनाउनको लागि चाहिने पैसा सबैले कमाएका हुन्छन, फरक यति हो कसैले थोरै कमाउछन त कसैले धेरै कमाउनछन तर जति कमाएपनि मान्छेको आवस्यकता घट्नुको साटो झन बढ्दै जान्छ  तर कलाकारिता, मोडलिड  त्यस्तो क्षेत्र हो जसमा मान्छेको पहिचान बढ्दै जान्छ, राम्रो गर्न सकेको खण्डमा नाम र दाम सबै नै पाईन्छ । यि सबै थोक पाउने प्रयासमा यतिखेर २३ बर्षिय मोडल प्रशंसा पौडेल लागि परेकीछन ।  काठमाडौमा नै जन्मेर हुर्की बढेकी प्रशंसा बालाजुकी स्थायीवासी हुन । कला क्षेत्रमा आफ्नो भन्ने कोही नभएपनि यस क्षेत्रमा केही गर्ने उदे्श्य रहेको उनी बताउँछिन । जिवनमा सफल हुनको लागि नाम कमाउनु पर्छ यही सोचका साथ अगाडि बढेकी प्रशंसा अहिले पढाई बाहेकको फुर्सदको समयमा मोडलिड क्षेत्रमा व्यस्त रहेकीछन । साउथ वेष्र्टन कलेजमा अध्यनरत पौडेललाई मोडलिड क्षेत्रमा लाग्नको लागि परिवारको त्यति धेरै प्रोत्साहन त छैन तापनि मोडलिड क्षेत्रप्रतिको आफ्नो आर्कषणलाई उजागर गर्न भर्खरै आर्कषक फोटोशेसन समेत गर्नु भएको छ । गीत संगितमा पनि पौडेलको निकै नै ठुलो रुची रहेको छ । सोही कारण गायनको समेत शिक्षा लिएकी पौडेल फुर्सदको समय गीत समेत गाउने गर्छिन ।   यस अघि बिभिन्न किमिसका फेशन शो मा समेत भाग लिइसक्नु भएकी पौडेलले र्याम्प र केही लाईभ सो हरुमा समेत मोडलिड गरिसक्नु भएको छ । नयाँ गायकको एउटा म्युजिक भिडियोमा समेत मोडलिड गर्ने तयारीमा रहनु भएकी पौडेल यस क्षेत्रको लागि आसा लाग्दी प्रतिभा हुनुहुन्छ । शैक्षिकरुपमा समेत योग्य मोडलहरुको अभाव रहेको यो क्षेत्रमा पौडेलको संभावना निकै नै बलियो रहेको छ । सबैसंग मिलनसार मेहनती पौेडेललको समाज सेवामा पनि योगदान लक्ष्य रहेको छ । सोही लक्ष्य अनुरुप पढाई कै शिलसिलामा समेत उहाँ बिभिन्न सामाजिक कार्यक्रमहरुमा सहभागिता जनाउँदै आउनुभएको छ ।   

Posted on: 2015-Oct-15

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar