हुण्डीको जालो, कहाँ सम्म ? तारे होटल देखि मनी चेन्जर समेत हुण्डीको गैरकानुनी हुण्डीको कारोवारमा
15 - Oct-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
हुण्डीको गैर कानुनी कार्यमा नाम चलेका पाँच तारे होटल देखि लिएर साईवर, ट्राभल एजेन्सी र मनी चेन्जर कम्पनीहरुको संलग्ता रहेको गरेको पुष्टि भएको छ । बिगत लामो समय देखि हण्डी कारोवारीका बिषयमा बिशेष अपरेशन सञ्चालन गर्दे आएको प्रहरीले एकै पटक ठुलो परिमाणको रकम सहित कारोवारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो ।
प्रहरीको होटल, मनिचेन्जर र ट्राभल एजेन्सीको खोल ओडेर गैरकानुनीरुपमा हुण्डीको कारोबार गर्ने नौ जना व्यक्तिलाई लाखौ रकम सहित पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा नर्थ प्वाइण्ट मनि एक्सचेन्ज प्रालिका सञ्चालक राजाराम पाण्डे सहितका नौ जना व्यक्तिहरु रहेको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पाण्डेले ठमेलको पुष्कर होटल र आफ्नै कम्पनी नर्थ प्वाईन्ट मनी एक्सचेन्जबाट हुण्डीको कारोवार गर्दे आएका थिए । महाशाखाले असोज महिनाको पहिलो साता काठमाडौको मुटु सुन्धारा र ठमेलमा सञ्चालनमा रहेका मनी एक्सचेन्ज कम्पनी, साना ठुला होटल तथा ट्राभल एजेन्सीहरुमा एक्रै पटक छापा मारेको थियो । महाशाखाले एकै पटक सुन्धारा र ठमेल क्षेत्रमा सञ्चालित होटल र मनी चेन्जरहरुमा छापा मारेर नौ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सवेन्द्र खनालले जानकारी दिनुभयो । मनी चेन्जरको आवहरणमा हुण्डीको कारोवार हुने गरेको बिशेष सुचनाको आधारमा ति संस्थाहरुलाई बिशेष निगरानीमा राखी पक्राउ गरिएको महाशाखा प्रमुख खनालले बताउनुभयो । उक्त अपरेशनमा प्रहरीले एक महिना देखि नै बिशेषरुपमा निगरानीमा राखेको एक महिनापछि एकै पटक आठ वटै संस्थामा छापा मारी पक्राउ गरिएको महाशाखाले जनाएको छ । महाशाखाले काठमाडौको खिचापोखरीस्थित मिलाप चन्द जैनका सञ्चालक शंकरलाल कोठारीबाट १८ लाख ३३ हजार ९ सय ३३, ,नर्थ प्वाइन्ट मनी एक्सचेन्जका सञ्चालक पाण्डेबाट ५९ लाख, ठहिटीस्थित ओम मनी ट्रान्सफरबाट राकेश वैद्यलार्ई पक्राउ गरी ३१ लख ९६ हजार रुपैयाँ बरामद गरेको थियो । यसैगरी आरबी कम्प्लेक्सस्थित नीलगिरि रेमिटबाट ८८ लाख ३५ हजार, सुन्धारास्थित देउराली मनी एक्सचेन्जबाट ३६ लाख ५३ हजार एक सय ८५, सुन्धारास्थित देउराली ट्राभल्स एन्ड टुर्सबाट ७ सय ११ अमेरिकी डलर, न्युरोडस्थित केशरी चन्द कोसरियाबाट १६ लाख बरामद गरेको छ । प्रहरीले नीलगिरिका सञ्चालक किरणकुमार गुरुङ, देउरालीका नवराज गुरुङ, देउराली ट्राभल्सका जेवाल हक सहितका व्यक्तिहरु रहेका थिए । पक्राउ परेका व्यक्तिहरु मध्ये नीलगिरिका सञ्चालक गुरुड र नर्थ प्वाईन्टमा सञ्चालक पाण्डे यसअघि पनि गैरकानुनी हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ परेका व्यक्तिहरु रहेको प्रहरीले बताएको छ । पक्राउ कै क्रममा प्रहरीले ठमेलमा बिना स्वीकृती ओम मणी मनी एक्सचेन्ज सञ्चालन हुदै आएको पनि जानकारी दिएको छ । हुण्डी पुर्णरुपमा गैरकानुनी भएकोले हुण्डी मार्फत रकम कारोवार गर्ने र गराउने दुबै व्यक्तिहरु दोषी हुने हुंदा हुण्डीबाट ठगिनेको संख्या धेरै भएको हुण्डी सक्ने तथा यसबाट पीडित हुने व्यक्तिहरु कारवाहीमा पर्ने डरले प्रहरीको नियमित सम्पर्कमा नआउने गरेको समेत प्रहरीले दावी गरेको छ । यही कारण पनि हुण्डीले अन्य प्रकृतीको अपराधलाई पनि प्रोत्साहित गर्ने गरेको यसबाट राज्यले नियमितरुपमा पाउनु पर्ने अर्बो रुपैयाँको कर पनि प्राप्त गर्न नसकेको देखिन्छ । बिगतमा हुण्डी मार्फत हुने गैरकानुनी कारोवार रोक्नको लागि रेमिटेन्स कारोवारलाई मान्यता दिएको भएपनि बार्षिकरुपमा जुन परिमाणबाट रेमिटेन्स कम्पनीको माध्यमबाट बैधानिकरुपमा रकम कारोवार हुन्छ, त्यति नै परिमाणमा हुण्डी मार्फत अवैधरुपमा रकम कारोवार हुने गरेको समेत प्रहरीले बताएको छ ।
Posted on: 2015-Oct-15

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story