सँजाए भुक्तानीकाक्रममा कारागारमा रहेका कैदीहरुको खानपीनमा मात्र ६८ करोड रुपैयाँ खर्च
15 - Oct-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
सरकारले कैदिहरुको खानपीनको लागि मात्र झण्डै ६८ करोड रुपैयाँ खर्च गर्ने गरेको छ । कारगार व्यवस्थापन बिभागका अनुसार देशका विभिन्न स्थानमा रहेका कारागार तथा सुधारगृहमा कैदसजाय भोगिरहेका कैदी तथा थुनुवाको भरणपोषणमा उक्त अनुपातमा खर्च हुने गरेको हो ।
बिभागका अनुसार देशमा ७४ वटै कारागार तथा विराटनगर, सराङकोट र भक्तपुरमा रहेको बाल सुधारगृहमा रहेका झण्डै १८ हजार पाँच सय कैदीबन्दीहरूको लागि आर्थिक वर्ष २०७१÷०७२ मा मात्रै ६८ करोड नौ लाख ५१ हजार चार सय रूपैयाँ निकासा भएको छ । उक्त आर्थिक वर्षको कुल चालू खर्च एक अर्ब पाँच करोड ८९ लाख ३० हजार आठ सय ९७ रूपैयाँमध्ये ‘सामाजिक सुरक्षा–सशर्त’ शीर्षकमा सो रकम विनियोजन भएको विभागले जानकारी दिएको छ । ‘सामाजिक सुरक्षा शीर्षकमा विनियोजन तथा निकासा भएको रकम कारागारमा कैद सजाय भोगिरहेका कैदीबन्दीको भरणपोषणको लागि नै भएको बिभागले जानकारी दिएको छ । यस्तो रकमहरू आर्थिक वर्षको सुरूमा नै केही प्रतिशत निकासा गर्ने गरिएको छ भने बाँकी पैसा माग भएअनुरुप पछिल्ला चार महिनामा विस्तारित रूपमा दिने गरिन्छ । देशभरमा अहिलेसम्म ७४ वटा कारागार, तीनवटा बाल सुधारगृह सञ्चालनमा रहेका छन् । त्यस्तै सो संख्याको लागि कारागार कार्यालयहरूमा औषधि खरिदको लागि मात्रै पाँच करोड खर्च हुने विभागको तथ्याङ्कले देखाएको छ । बिभागका अनुसार सबै भन्दा धेरै खर्च ललितपुर जिल्लामा रहेको कारागारको लागि हुने गरेको छ । उक्त कारागारमा अघिल्लो आर्थिक बर्षमा एक करोड ५३ लाख रूपैयाँ बजेट निकासा भएको छ । बाजुरा जिल्लामा भने सबैभन्दा कम अर्थात दुई लाख ५० हजार रूपैयाँ निकासा भएको छ । बिभागका अनुसार आर्थिक बर्ष २०७२ को असार मसान्तसम्ममा देशका सबै कारगारहरुमा समेत गरी एक सय ४७ जना पुरूष कैदी, १२ सय ५७ जना महिला कैदी, ९५ जना आश्रित र एक हजार तीन जना विदेशी कैदी तथा थुनुवाहरू रहेका छन् ।
Posted on: 2015-Oct-15

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story