16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नेपाल प्रहरीमा दरबन्दी थप

15 - Oct-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 नेपाल प्रहरीमा दरबन्दी थप हुने भएको छ । प्रहरी मुख्यालयको सिफारिससँगै गृह मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले स्वीकृति दिएपछि नेपाल प्रहरीमा झण्डै पाँच हजारको संख्यामा दरवन्दी थप हुन लागेको हो । प्रहरीको उच्च श्रोतका अनुसार थपिएका दरबन्दीहरूमध्ये छ जना एसपी तहका रहेकाछन  । ति मध्ये पनि विधि विज्ञानको प्राविधिकका हकमा एक र प्रशासनतर्फका हकमा पाँच एसपी छन् भने नौ जना डीएसपीको दरबन्दी रहेको छ । यसैगरी ५७ जना प्रहरी निरीक्षकको दरबन्दीसहित पाँच हजार १६ दरबन्दी सरकारले स्वीकृत गरेको हो । नेपाल प्रहरीले यसअघि नै १० हजार दरबन्दीको माग गर्दै आएको थियो । त्यसपछि गतवैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि ३५ सय दरबन्दी तत्काल माग गरी पठाए पनि सरकारले दिएको थिएन । दरवन्दी थप भएपछि ६७ हजारको संख्यामा रहेको नेपाल प्रहरीको संख्या बढेर ७२ हजार भन्दा बढी पुग्ने छ । 
 

Posted on: 2015-Oct-15

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar