28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

स्वस्थ रहनलाई यसो गर्नुहोस्

1 - Oct-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 स्वस्थ रहनको लागि तौलको व्यवस्थापन
गर्नुपर्छ । तौल व्यवस्थापन भनेको खाने र अरु बानीको व्यवस्थापन हो यसले तौल घटाएर मुटुरोग जस्ता घातक रोग लाग्ने जोखिम घटाउँछ । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिइरहनुपर्छ । आवश्यक तौल सहज रुपमा नाप्ने सूत्र हो, आफ्नो उचाइ (सेन्टिमिटरमा) मा १०० घटाउने । उदाहरणका लागि यदि तपाईँको उचाई १६० सेन्टिमिटर छ भने तपाईँको तौल ६० केजी हुनुपर्छ । यदि यसभन्दा बढी तपाईँको तौल छ भने तपाईँले तौल कम गर्न सुरु गरिहाल्नुपर्छ । मानिसको कार्यक्षमता उमेर अनुसार घट्दै जान्छ । यस अर्थमा मुटुको मांशपेशी र यसको कार्यक्षमता ३० वर्षको उमेरपछि कम हुँदै जान्छ । उमेर बढ्दै जाँदा हामी निष्किृय बन्दै जान्छौँ । उमेर, सम्पति र पेशागत कुरा बढ्दै जाँदा शारीरिक रुपमा हामी कार्यालय तथा घरको दैनिक क्रियाकलापमा सक्रियता कम हुँदै जान्छ । त्यसैले हामीले क्योलोरी नष्ट गर्न उपयुक्त कोशिस जारी राख्नुपर्छ । जसका लागि व्यायाम एक उपाय हुन सक्छ । नियमित व्यायामले रगतको कोलेस्टेरोल, मधुमेह लगायतका रोगका कारक तत्वहरुमा कमी आउँछ । फलस्वरुप तपाईँको तौल ज्यादा भए पनि तपाईँ स्वस्थ रहन सक्नुहुन्छ । २५ हजार भन्दा बढी स्वयमसेवक र अनुसन्धानकर्ता मिलेर गरेको एक अध्ययबाट हाम्रो मृत्युको निर्धारण शारीरिक तौलले नभई तन्दुरुस्तीले गर्छ र तौल बढी भएर पनि तन्दुरुस्त रहेको मानिस धेरै समय बाँच्छ भन्ने कुरा पत्ता लागेको छ । युवाहरुको हकमा एक दिनमा ४० देखि ५० मिनेटको व्यायाम जरुरी हुन्छ । दिनभरिमा कम्तीमा पनि ५ पटक तर थोरै थोरै गरेर नियमित खाना खाने बानी बसाल्नुपर्छ । खाना छोड्दै खाँदै गर्नु झनै खतरनाक हुन सक्छ । स्वस्थ रहनको लागि अपनाउनु पर्ने केही टिप्स – साँझ बिहान ताजा खाना सेवन गर्ने । – निश्चित समयभित्र खाना खाने गर्ने । – पानी धेरै भन्दा धेरै सेवन गर्ने । – रातीको खाना सुत्नुभन्दा तीन घण्टा अगाडि सेवन गर्ने । – खाना खाईसकेपछि ३० मिनेट बज्रासनमा अवश्य बस्ने । – खाना खानुभन्दा अगाडि र खाना खाने बित्तिकै पानी नखाने । – मसालादार, चिल्लो खानाबाट टाढै रहने । – सलाद, सुप खानामा समावेश नगर्ने । – केक, पेस्ट्री, आइसक्रिम जस्ता पदार्थ कम मात्रामा सेवन गर्दा स्वास्थ्यको लागि फाईदाजनक हुन्छ ।

Posted on: 2015-Oct-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar