16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बैदेशिक रोजगारीको लागि इजरायल पनि खुल्ला

1 - Oct-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सरकारले औपचारिक रूपमा नै इजरायलमा
जानको लागि श्रम सम्झौता गरेको छ । नेपालीहरूको लागि आकर्षक गन्तव्यको रूपमा रहेको इजरायलमा लामो समयको प्रतीक्षापछि शुक्रबार यी दुई मुलुकहरूबीच सम्झौता भएको हो । इजरायललाई कृषिको लागि सुरक्षित र आकर्षक गन्तव्यका रूपमा लिइने भएकोले पनि दुई मुलुकबीच कृषिको लागि ‘केयरगिभर’ रुपमा नेपाली कामदार छनोट गरी इजरायल पठाउनेसम्बन्धी संयुक्त नमुना कार्यक्रमको सम्झौतामा हस्ताक्षर भएको हो । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदी र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो कार्यक्रमानुसार तीन सय नेपाली कामदार इजरायलमा केयरगिभरका रुपमा छनोट हुने अपेक्षा लिइएको छ । यसरी छनोट हुने नेपालीहरूले कम्तीमा मासिक एक लाखको हाराहारीमा तलब पाउने भएकाले इजरायल नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुकमा पर्छ । इजरायलमा विशेषतः त्यहाँका बूढाबूढीलाई स्याहारसुसार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लिने गरिन्छ । केही दिनमै इजरायल जानका लागि आवेदन दिन वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गरिने र त्यसमा आवेदन दिनेमध्येबाट परीक्षाका माध्यमबाट उत्तीर्ण उम्मेदवारलाई कामदारका रुपमा छानिने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार इजरायल जान स्वास्थ्य परीक्षण, बीमा र कल्याणकारी कोषको रुकम गरी करिब १० हजार रुपैयाँ तथा हवाईजहाजको भाडाबापतको रकममात्रै तिर्नुपर्ने हुन्छ । कामदारले प्रवेशाज्ञाबापत र सेवा शुल्कबापत भने रकमतिर्नुपर्दैन । इजरायलले नेपाली कामदारलाई केयरगिभरका रुपमा लिने सहमति यसअघि भए पनि वैदेशिक रोजगार संस्थाले कामदार लाई ठगी गर्दै बढी रकम उठाएपछि केही वर्ष अघिदेखि इजरायलले नेपाली कामदार लिन रोकेको थियो । इजरायलले नेपाली कामदार रोकेपछि संस्थामार्फत नभई दुवै देशका सरकारबीचको सहमतिअनुसार सरकारले नै कामदार पठाउने तयारी गरेको हो ।

Posted on: 2015-Oct-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar