26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कमजोर वित्तीय संस्थामा लाभांसको सम्भावना न्यून

30 - Sep-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
बाँणिज्य बैकहरु मध्येमा हालसम्म झण्डै दुई दर्जन बाँणिज्य बैकहरुले आर्थिक बर्ष २०७१–०७२ को बित्तीय बिवरण सार्वजनिक गरेकाछन । अपरिष्कृत बित्तीय बिवरण अनुसार नविल बैक र नेपाल इन्भेष्मेन्ट बैक सहित सात बैकहरुको खुद मुनाफा एक अर्ब रुपैयाँ नाघेको छ । चुक्ता पुंजी कम भएका बाँणिज्य बैकहरुको खुद मुनाफा भने ३० देखि ५० करोड रुपैयाँको हाराहारीमा रहेको छ । २०७२ असार मसान्तसम्ममा नविल बैकले दुई अर्ब १० करोड २९ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुंजी तीन अर्ब ६६ करोड ७६ लाख ५४ हजार रुपैयाँ रहेको बैकले सो अवधिमा एक खर्ब तीन अर्ब ९५ करोड ७० लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब १६ करोड १६ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संभावित जोखिम व्यवस्थापन शिर्षकमा १६ करोड ८८ लाख ५७ हजार रुपैयाँ खर्च गरेको बैकमा नविलमा निष्क्रिय कर्जाको अनुपात एक दसमलव ८२ प्रतिसत रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैकले आव २०७१–०७२ को असार मसान्तसम्ममा एक अर्ब९७ करोड ४५ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । निष्क्रिय कर्जाको अनुपात एक दसमलव २७ प्रतिसत रहेको बैकले सो अवधिमा ९० अर्ब ६३ करोड छ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ६९ करोड एक लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने संभावित जोखिम व्यवस्थापन शिर्षकमा ५७ करोड १३ लाख ९१ हजार रुपैयाँ छुट्याएको छ । बैकको चुक्ता पुंजी चार अर्ब ७७ करोड १२ लाख चार हजार रुपैयाँ रहेको छ । एक अर्ब नाफा कमाउने बैकको सुचीमा परेको नेपाल एसबिआईले घुमाउरोरुपमा नाफा बढाएको छ । अघिल्लो आवको असार मसान्तसम्ममा कर्जा तथा निक्षेपको व्याजदरको फरक (स्प्रेड दर )चार दसमलव ९३ प्रतिसत रहेको एसबिआईले २०७२ को असार मसान्तसम्ममा स्प्रेड दर बढाएर पाँच दसमलव ४३ प्रतिसत कायम गरेको छ । सोही आधारमा अघिल्लो आवको असार मसान्तसम्ममा ९२ करोड २९ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैकले २०७२ असार मसान्तसम्ममा यस्तो मुनाफा बढाएर एक अर्ब छ करोड ५४ लाख ३८ हजार रुपैयाँपुर्याएको छ । चुक्ता पुंजी तीन अर्ब पाँच करोड ८० लाख ६० हजार रुपैयाँ रहेको बैकले सो अवधिमा ५१ अर्ब ६२ करोड ८२ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ९७ करोड ९१ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जाको अनुपात शुन्य दसमलव १९ प्रतिसत रहेको बैकले संभावित जोखिम व्यवस्थापन शिर्षकमा ११ करोड ६६ लाख ४१ हजार रुपैयाँ छुट्याएको छ । प्रभु बैकले पनि २०७२ को असार मसान्तसम्ममा एक अर्ब तीन करोड ५९ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुंजी तीन अर्ब २० करोड ८८ लाख ८५ हजार रुपैयाँ रहेको बैकले सो अवधिमा ४२ अर्ब १५ करोड ५२ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ७० करोड ४७ लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । ग्लोवल आईएमई बैकले भने सो अवधिमा एक अर्ब एक करोड नौ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । । बैकको नाम खुद मुनाफा प्रोभिजन निष्क्रिय कर्जा नविल बैक २,१०२९,५२ १६,८८,५७ १.८२ नेपाल इन्भेष्टमेन्ट बैक १,९७,४५,४१ ५७,१३,९१ १.२७ एभरेष्ट बैक १,५७,४३,५२ १६,३९,६३ ०.६६ स्टान्र्डड चार्टड बैक १,२९,४८,२८ १७,५१,८६ ०.२८ नेपाल एसबिआई बैक १,०६,५४,३८ ११,६६,४१ ०.१९ प्रभु बैक १,०३,५९,६५ ६७,७३,९८ ७.३९ ग्लोबल आईएमई बैक १,०१,०९,७० ५२,०४,०३ २.१९ प्राईम कर्मसियल बैक ८०,१२,५८ ३१,११,९२.५० १.७५ एनबी बैक ७९,२७,७८ ७,७५,९५ १.३२ सिद्धार्थ बैक ७६,३७,६२ २४,७७,२६ १.८० सिटिजन्स बैक ७२,३८,९० २१,४२,८६ १.४३ बैकको नाम खुद मुनाफा प्रोभिजन

Posted on: 2015-Sep-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar