25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

संसारमै नभेटिएको पापी जून भेटियो

22 - Sep-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 तपेन्द्र घोडासैनी, तिम्रो आँखाको गाजल बगे मेरो
दिन अँध्यारो हुन्छ, तिम्रो ओठको र· उडे मेरो सपना छारो हुन्छ, जतिजति भाँसिदै जान्छौ तिमी मृत्युको नीलो दहमा, उति निस्सासिन्छु म मलाई श्वास फेर्न गाह्रो हुन्छ । अन्तिम श्रष्ठाका चोटिला मुक्तकहरु सर्वनाम थिएटरको हलमा गुञ्जिदै थिए । यो अन्तिम मुक्त वाचन हुदैगर्दा माहौल केही भावुक बनेकोथियो । हलमा गडगडाहट तालीको वर्षा भइरहेको थियो । सभाध्यक्ष रामकाजी कोनेले केही मुक्तक वाचन गर्दै कार्यक्रम बिसर्जन गरेपछि प्रफुल्लित मुद्रामा दर्शकहरु उठे । हलमा चियापान सँगसँगै हाँसो, मजाक र भलाकुसारी चल्यो । त्यत्तिकैमा एउटी तन्नेरी आईमाई परेला धमिलो पार्दै लत्रदै नजिक आइन् । र भनिन्,”“हजूरको आखिरी मुक्तकले त मलाई रुवायो ।” ठट्ट्यौलो पारामा जवाफ आयो,”“हजूरलाई रुवाउन त मैले लेखेको होइन ।” चाहे मुक्तकमा होस्, चाहे गीतमा होस्, चाहे कवितामा होस् मान्छेको मुटुमा चोटिलो प्रहार गर्नुहुन्छ कवि गीतकार रत्नशमशेर थापा । वि सं १९९६ मा काठमाडौं कमलपोखरीमा जन्मिनुभएका कवि थापाको बाल्यकाल कमलपोखरी स्थित घरमै बित्यो । बाह्रखरी घरमै सिक्नुभएका थापाले वि सं २०१० सालमा दरबार हाईस्कुलबाट एस् एल् सि पास गर्नुभयो । विज्ञान विषयमा त्रि”चन्द्र कलेजमा भर्ना भए पनि स्वास्थ्यस्थिति बिग्रेका कारण सफल हुन नसकेपछि मोर· सुगर मिलमा जुनियर अफिसर भएर दुई बर्ष जागिर गर्नुभयो । जिन्दगीलाई सोझो बाटो नभएर बा·ो बाटो हिडाउने वहाँको संयोग हो वा स्वभाव हो बुझ्न निकै सकस हुन्छ । सुगर मिलको वातावरण पनि खासै चित्त नबुझेपछि काठमाडौ फर्किनुभयो । काठमाडौमा पुरानो साथि डा. प्रयागराज शर्मासित भेट भएपछि वहाँको सल्लाह बमोजिम त्रि”चन्द्रमै भर्ना हुनुभयो । बाल्यकालमा सगै पढेका डा प्रचण्ड प्रधान लगयत साथीहरुसित चेलोको रुपमा पढ्नुपर्ने भयो । रोचक र चाख लाग्ने विषय भएकाले इतिहासलाई प्रमुख विषय बनाउनुभयो । ठट्टा गर्दै वहाँ भन्नुहुन्छ, “जाँचमा त मिति कण्ठ पार्नुपर्ने रहेछ, अनि त छोडिदिएँ इतिहास पनि” । वहाँले पछि अं·ेजिमा स्नतकोत्तर गर्नुभयो । त्यसैबेला स्कुलसाथीको रुपमा भेट भयो स्वरसम्राट नारायण गोपाल र संगिकार गोपाल योञ्जनसँग । त्यसैबेला एउटा नेपाली संगित र शैली झल्किने गीत लेख्न नारायणगोपालले आग्रह गरेपछि वहाँकै सल्लाहमा वहाँकै घरमा लेखियो ‘हे कान्छि ठट्टैमा यो बैस जान लाग्यो.....’ नारायणगोपाल र तारादेवीले युगल गला दिए । गीत निकै चर्चित र कालजयी बन्यो । त्यतिखेरको प्रविधिको सिमित आयतनको खल्लो अनुभव पनि छ वहाँसित । वहाँ भन्नुहुन्छ, “तीन मिनेटको गीतमात्र रेकर्ड हुने भएकाले ‘हे कान्छि’ को एउटा अन्तरा हटाउनुपरेको छ ।” त्यतिखेर संचार माध्यमको रुपमा रेडियो नेपालमात्रथयो । रेडियो नेपालबाट यो गीत घन्किन थाल्यो । गीत लेखनमात्र नभएर मुक्तक लेखनमा पनि आफ्नै इतिहास रच्नुभएको छ वहाँले । एकपटक झापामा अल नेपाल लिटरेचर सम्मेलन हँुदा कवि हिमांशु थापा, विजय मल्ल लगायतहरुको टोलीसित वहाँ पनि जानुभएछ । त्यो बेला काँकडभित्ताको बाटो पनि नबनेका कारण भारतको गलगलिया स्टेसन भएर दार्जिलि जानुपथ्र्यो । दार्जिलि·का कवि तथा साहित्यकारहरूले वहाँहरूको प्रमुख आतिथ्यमा कवि गोष्ठिको आयोजना गर्नुभयो । वहाँले मुक्तक वाचन गर्नुभयो । कुल्ची हिड हाँसी हाँसी यो छात्ती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थुप्रो माटो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरी सुकेको एक थोपा आँसूको टाँटो हो दार्जिलि·का कविहरूबीच यो मुक्तक निकै चर्चित बन्यो । दार्जिलि·मा भाषाको उच्चारणमा ‘कुल्ची’को ‘किल्ची’ बन्दोरहेछ । उनीहरूले पछिसम्म पनि भन,े “तपाइँको ‘किल्ची’वाला मुक्तक सुनेपछि आफ्ना तमाम गीतहरू बिर्सियौँ ।” यो मुक्तकदेखि संगितकार गोपाल योञ्जन पनि निकै लोभिनुभएको थियो । वहाँले “यसमा दुई लाइन थपिदिनुस् म यसलाई गाउँछु” भन्नुभएछ । तर मुक्तकलाई गीत बनाउँदा त्यसको त्यसको शोभा घट्नसक्ने जोखिमप्रति सचेत हुदैँ वहाँले भन्नुभएछ “बरु नयाँ गीत माग्नुस् म तुरुन्त दिन्छुँ ।” यही मुक्तक नाट्यसम्राट बालकृष्ण समले पनि निकै सुन्नुहुन्थ्यो । प्राय प्रत्येक कार्यक्रममावहाँ यो मुक्तक दोहा¥ेयाउन लगाउनुहुन्थ्यो । समकालिन कविहरू पनि वहाँका फरक फरक मुक्तकका फ्यान थिए । युगकवि सिद्धिचरण श्रेष्ठ वहाँको मुक्तक “बाँध्न नसके पनि तिम्रो जितको प्रसंसामा एउटा सुन्दर पुल, चढाउँन नसके पनि तिम्रो जन्म दिनमा रातो गुलाफको फूल, तिमीले पाइला टेक्ने हर बाटो मोड र सडक सडकमा, तिम्रै सम्मानका लागि ओछ्याइदिन सक्छुँ आफ्नै रगतको तुल” खुब सुन्नुहुन्थ्यो । कवि वाशु शशी भने अर्को मुक्तक साहित्य   ‘तिम्रो आँखाको गाजल बगे मेरो दिन अँध्यारो हुन्छ’ का फ्यान हुनुहुन्थ्यो । तथाभावी अल्लारे शैलीमा भइरहेको मुक्तक लेखनका कारण युवाहरुमा मुक्तकप्रति नै वितृष्णा भइरहेका बेला थापा जस्ता कविहरू नभएको भए नेपाली मुक्तककै नाक जोगाउन गाह्रो हुने वरिष्ठ गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेल बताउनुहुन्छ । वहाँ भन्नुहुन्छ “मुक्तकमा कवित्वको गुण मिसाउन सक्ने वहाँको सिपले गर्दा वहाँको सिपले गर्दा वहाँका मुक्तकहरु निकै वजनदार छन् ।” तर किताबको रुपमा वहाँका मुक्तकहरु नआएकाले सभा समारोह तथा पत्रपत्रिकामै चित्त बुझाउनु परिरहेको गुनासो पोख्नुहुन्छ वहाँ । थापाको भने आफ्नै खालको समस्या छ यसमा पनि । जुन पानामा लेख्यो त्यही च्यातेर दिने गरेका कारण संकलन गर्न कठिनाई भएको छ । सम्झिदै ५०,६० वटा संकलन गरिसकेको र १०१ पुगेपछि प्रकाशन गर्ने सोच छ वहाँको । नेपाली आधुनिक गीत लेखनको इतिहासमा वहाँको विशिष्ठ योगदान छ । गीतमा पनि कवितात्मक तत्व मिसाउनसक्ने कवि थापा ट्र्याकमा गीत लेख्नसक्ने विलक्षण सामथ्र्य भएको प्रतिभाका रुपमा लिनुहुन्छ कवि, गीतकार तथा रेडियोकर्मी नवराज लम्साल । “समय, परिवेश र परिस्थिति अनुसार तुरुन्त लेख्नसक्ने सामथ्र्य छ कवि थापासँग” वहाँ भन्नुहुन्छ । बहुचर्चित गीत ‘घुम्तीमा न आऊ है ’ पनि ट्र्याकमा नै लेख्नुभएको हो वहाँले । गायक संगितकार प्रेमध्वज प्रधानले ट्र्याक तयार गरी सुनाएपछि र वहाँकी आमाले पनि निकै आग्रह गर्दा वहाँकै घरमा लेख्नुभएको हो कवि थापाले यो गीत । बेलायतमा रेष्टुरेन्ट चलाएर बसेका साहित्यकर्मी ईश्वर मानन्धरले संसारका कुनैपनि साहित्यमा आफूले ‘जूनलाई पापी’ भनेको नभेटेको कवि थापाको गीतमा भेट्दा आफू चकित भएको रेडियो नेपालको आँगनमा थापासँगको भेटमा खुसी व्यक्त गर्दै भन्नुभएको थियो । यो गीतको एक हरफमा छ ‘आँउदैन आँगनमा पापी जून चिहाउन’ प्रकृति र प्रेमका मात्र नभएर राष्ट्रिय भावनाका गीतहरु पनि उत्तिकै चर्चित र कालजयी छन् वहाँका । पंक्षीमा डाँफे राम्रो फूलमा लालीगुराँस......, जाग लम्क चम्क........... आदि वहाँका चर्चित देशभक्ति गीतहरू हुन् । गीत लेख्दा गीत कुन भावमा लेख्ने हो सो कुरा निश्चित गरी विम्बमा खेल्नुपर्ने कुरामा वहाँ जोड दिनुहुन्छ । पछिल्लो चरणका गीतहरूप्रति भने त्यति सन्तुष्ट हुनुहुन्न वहाँ । “पछिल्लो चरणमा गीतमा साहित्यिक तत्व र साहित्यिक स्वाद भेटिन छाडेको छ । यस्ता गीतहरु मात्र लेखिने हो भने नेपाली गीतको स्तर खस्किनसक्छ । त्यसैले गीतकारहरुले गीत लेख्दा निकै सचेत हुनुपर्छ ।” वहाँ भन्नुहुन्छ । गीत वा कविताको समय र परिस्थितिसँग प्रत्यक्ष सम्बन्ध हुने र समय अनुसार नै साहित्यको लेखन तथा वाचन गरिनुपर्ने वहाँको तर्क छ । वहाँ भन्नुहुन्छ “युद्धको गीत युद्धको बेला काम लाग्छ शान्तिको गीतका लागि परिवेश हुन्छ । तर जीवन र प्रेमका गीत तथा कविताहरु भने जीवन्त हुन्छन् ।” एउटा राम्रो गीत लेख्न एउटा राम्रो कविता लेख्नभन्दा निकै गाह्रो हुने वहाँको अनुभव छ । कवितामा पनि आफ्नै शैली छ वहाँको । शिर्षक नै अनौठो रुचाउने कवि थापाको एउटा निकै लामो कविता ‘कुहिरोले आँखा उघार्छ हुस्सुभित्र’ कवि मोहन कोइरालाले सिंगो किताबको रुपमा छाप्नुभएको छ । दिल्ली विश्वविद्यालयमा नेपाली कवितामा प्रवृत्ति विषयक कार्यपत्र प्रस्तुत गर्ने क्रममा वहाँले वाचन गर्नुभएको कविता ‘शान्ति कुनै बादमा छैन शान्ति कसैको हातमा छैन हाम्रो पुख्र्यौली अंशमा शान्ति त पोखिएको छ शुन्यतामा...........’ वाचन गर्दा त्यहाँका प्राध्यापकहरूले निकै तारिफ गरेका थिए । वि. सं. २००९ देखि साहित्य लेखन थाल्नुभएका कवि थापाले नेपाली सिनेमा जुनी, भाग्यरेखा, चोखो माया, सिमाना, अवतार आदिमा गीत लेखन गर्नुभएको छ भने वहाँका अतित सम्झिदै, दोभान र जीवनका लहरहरू नेपाली गीती एलबम र घुम्तिमा न आऊ है तथा मधुमासमा सि. डि. प्रकाशित छन् । पुस्तकको रुपमा भने ओभानो सिउँदो (२०२०) र रुझेको परेला (२०२५) गीत संग्रह तथा चाक्लाभरिको घाँम (२०३६) र ताराका काँचा र· (२०६०) कविता संग्रह प्रकाशित छन् । प्रवल गोरखा दक्षिणबाहु, छिन्नलता गीत पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, जगदम्बा श्री पुरस्कार लगायत डेढ दर्जन राष्ट्रिय तथा विभिन्न संघ संस्थाहरूबाट पुरस्कार र सम्मानहरूद्वारा सम्मानित कवि थापालाई भारत नेपाल मैत्री संघले नेपालका आधुनिक कविको रुपमा विभुषित गरेको थियो । दूरदर्शन, अल एण्डिया रेडियो लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचारमा( ध्यमले साहित्यिक अन्तर्वाता समेत लिएका कवि थापा भारत र पाकिस्तानका विभिन्न साहित्यिक समारोहमा सहभागी हुनुभएको छ ।

Posted on: 2015-Sep-22

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar