16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

क्षमताले भ्याएसम्म काम गरेका छांै ।

22 - Sep-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 म यस क्षेत्रमा बृत प्रमुखको रुपमा आएको झण्डै सात
महिना पुगिसक्यो । यो बिचमा रात्रीकालीन व्यवसाय कै कारण यस क्षेत्रमा ठुला अपराध भएका छैनन । हामीले अपराधीक ,गतिबिधीहरु हुने संभावना रहेका क्षेत्रहरुमा प्रभावकारी रुपमा प्रहरी परिचालन गर्ने गरेका छौ । सबै व्यवसायीहरुलाई बोलाएर बेलाबेलामा आफ्नो व्यवसायलाई व्यवस्थित, मयार्दित र कानुनी दायराको अधिनमा रहेर सञ्चालन गर्न निर्देशन दिएका छौ । अहिले दरबार मार्ग क्षेत्र २४ सै घण्टा खुल्ला हुने प्रकृया कै चरणमा रहेको छ । यो बीचमा यदाकदा ठमेललाई पनि २४ सै घण्टा खुल्ला गर्नुपर्छ भन्ने पक्षमा यस क्षेत्रका केही व्यवसायीहरु लगि परेका छन । स्वस्थ र मर्यादित व्यवसायमा नै आर्थिक समृद्धि संभव रहेको छ , त्यही कारण पनि सबै व्यवसायी मिलेर आफ्नो व्यवसायलाई मयार्दित बनाउनु पर्छ । यसको लागि आवस्यक सहयोग गर्न प्रहरी तयार रहेको छ । हामीले यस क्षेत्रमा हुने लुटपाट र डकैतीलाई नियन्त्रण गर्नको लागि ठमेलको मुख्य मुख्य ठाउँहरुमा सिसिटिभी जडान गर्ने अन्तिम तयारी गरेका छौ । यस क्षेत्रमा मसाज सेन्टरहरुको संख्या पनि अत्याधिक रहेको छ । यसलाई व्यवस्थीत गर्नको लागि हामीले यहाँको स्थानीय क्लव तथा नागरिक मञ्चहरुसँग समन्वय गरेर पूर्णरुपमा आचार सहिंता लागू गर्ने गरी गरेको छ । मसाज प्रत्यक्ष रुपमा स्वास्थसंग जोडिएको र स्वास्थ गम्भिर बिषय भएकोले यसमा खेलवाड गर्ने छुट कसैलाई पनि दिदैनौ, नियमसंग रुपमा खुलेका मसाज सेन्टरहरुले आचार संहिता अन्र्तगत रहेर खुल्छन, यस बाहेकका अन्य मसाज सेन्टरहरु बन्द गरिदिन्छौ । यदि कुनै घरभेटीले आफ्नो घर कोठा मसाज सेन्टरलाई राम्रो भाडाको प्रलोभनमा दिएका छन् भने हामी मसाज सेन्टर चलाउने मालिक देखि लिएर घरपेटीलाई समेत कारवाही गर्छो । आफ्नो घर कोठा कस्तो व्यक्तिले कुन प्रयोजनको लागि लिएको छ, यसको बारेमा घरभेटी निकै नै सचेत हुनुपर्छ । अहिले सोह्खुटे क्षेत्रमा अपराधाकि गतिबिधीहरु कम भएका छन् । हामीले यहाँको शान्ती सुरक्षा कायम राख्न कुनै पनि कसर बाँकी राखेका छैनौं ।   सिताराम रिजाल डिएसपी, महानगरीय प्रहरी बृत सोह्रखुट्ट

Posted on: 2015-Sep-22

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar