16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

दरवारमार्गका रात्रीकालिन व्यवसाय व्यवस्थित र मर्यादित छन् ।

22 - Sep-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 दरबार मार्गका रात्रीकालिन व्यवसायहरु
व्यवस्थीत र मर्यादित रहेका छन् । एकाध बाहेक यस क्षेत्रको व्यवसायमा खासै समस्या रहेको छैन । यो क्षेत्र पर्यटकीय क्षेत्र भएको र यहाँ आउने अधिकांस ग्राहकहरु उच्च वर्गका भएको हुदा खासै त्यस्तो हो हल्ला र झै झगडाको संभावना हुदैन । राजदरबारको दक्षिणगेट देखि महेन्द्र शालिकसम्म हामीले १० ठाउँमा सिसीटिभी राखेका छौ । पछिल्लो समय दरवार मार्ग क्षेत्रलाई २४ सै घण्टा खुल्ला गरिनुपर्छ भन्दै दरवारमार्ग विकास समितीले पहल गरिहेको छ । यसको लागि विभिन्न चरणमा स्थानीय अधिकारीहरु सँग छलफल पनि भईरहेको छ । यहाँका होटल व्यवसायीहरुले यस क्षेत्रलाई २४ सै घण्टा खुल्ला गर्नुपर्ने माग सहित सरकारका उच्च अधिकारीहरुसंग छलफल गरिरहेका छन । स्थानीय प्रशासनले हालसम्म पनि दरबार मार्ग क्षेत्रलाई दुई बजेसम्म मात्र खुल्ला गर्नु अनुमती दिएको छ । दुई बजेसम्म खुल्ला गर्नु भनेको दुई बजेपछि बन्द गर्नु भनेको हो । हाम्रो कार्य क्षेत्र भनेको राजदरवारको उत्तरगेट देखि महेन्द्र शालिकसम्म हो । हालको समयमा हाम्रो कार्यक्षेत्र भित्र रहेका रेष्टुरेन्टहरु दुई बजेसम्म मात्र खुल्छन । यहाँको रेष्टुरेन्टहरुमा खासै समस्या छ्रैन । व्यवसाय सञ्चालनको क्रममा केही घटनाहरु भएको खण्डमा प्रहरी प्रशासन ऐन समय भित्र पुगेर समस्या समाधान गर्ने गरेको छ । अहिले हामीले दरवार मार्गको धेरै क्षेत्रमा सिसीटिभी जडान गरिसकेका छौ । दरवार मार्ग होटल बाहेक पनि अन्य व्यवसाय पनि रहेको हुदां अन्य क्षेत्रमा जस्तो झै झगडा यहाँ हुदैनन । बृतले यस क्षेत्रलाई सबै दृष्टिकोणले सुरक्षित राख्नको लागि आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको छ ।   रमेश बस्नेत, डिएसपी, महानगरीय प्रहरी बृत, दरवारमार्ग    


Posted on: 2015-Sep-22

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar