16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

हाम्रो उदेश्य अपराध शुन्य समाज निर्माण गर्नु हो

22 - Sep-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 हाम्रो उद्ेश्य जहिले पनि अपराध शुन्य समाजको निर्माण
गर्नु हो । यसको लागि नै प्रहरीले कार्य गर्दे आएको छ । म यो बृतमा आएको धेरै समय भएको छैन । आएको केही हप्तामा नै मैले यहाँको रात्रीकालीन व्यवसायलाई ऐन र कानुको परिधी भित्र रहेर सञ्चालन गर्न नीति निर्देशन दिईसकेको छ । यसक्रममा केही घटनाहरु भए त्यस्ता समस्या समाधान गर्नको प्रहरी सदैव तयार रहेको छ । यहाँ जतिपनि रात्रीकालिन रेष्टुरेन्टहरु रहेकाछन, ति सबै स्थानीय प्रशासनले तोकेको समयसिमा भित्र सञ्चालनमा रहेकाछन । यस क्षेत्रमा रहेको २४ हाउस नामक रेष्टुरेन्ट तोकिएको समयभन्दा ढिलासम्म खुल्ने गरेको सुचना पाएका थियौ, त्यसलाई पनि हामीले कारवाही गरी १२ बजेसम्म मात्र खुल्न निर्देशन दिएका छौ । हाम्रो उदेश्य भनेको नै यस क्षेत्रमा गुण्डागर्दी, बेश्याबृति, जुवातास र अवैध घरेलु मदिराको कारोवार नियन्त्रण गर्ने हो । यसको लागि हामी एक्सनमा गई सकेका छौ । पछिल्लो समय हामीले बिक्रीको लागि झण्डै सात सय लिटर घरेलु मदिरा बिभिन्न ठाउँबाट नियन्त्रणमा लिईसकेका छौ, नियन्त्रणमा लिने क्रम अझै जारी रहेको छ । रात्रीकालीन व्यवसायमा संलग्न जति पनि व्यवसायीहरु रहेकाछन, उनीहरुलाई हामीले आफ्ना कर्मचारीहरुलाई निश्चित समय मात्र काम लगाउने तोकिएको समयमा मात्र जसको जुन काम हो, त्यही काम मात्र लगाउन निर्देशन दिएका छौ । प्रत्येक कर्मचारीहरुले आप्mनो कामको प्रकृति अनुसार अनिवार्यरुपमा परिचय पत्र झुण्याउनु पर्ने नियम पनि लागु गरेका छौ । साथै रेष्टुरेन्टमा बन्सर नराख्न पनि निर्देशन दिएका छौ । किनकी बन्सर राख्नुको मुल कारण नै असुरक्षित रहनुले हो । व्यवसाय सञ्चालनका क्रममा कुनै पनि घटना भएमा तत्काल प्रहरीलाई खवर गरेको खण्डमा तुरन्त प्रहरी पुग्ने छ । अर्कोतर्फ स्थानीय नागरिकरुले पनि आफ्नो क्षेत्रलाई सबै दृष्टिकोणबाट सुरक्षित र व्यवस्थीत बनाउनको लागि प्रहरीसंग हातेमाले गर्नु आवस्यक छ । कुनै पनि दुर्घटना भएमा वा संभावित दुर्घटनाका बारेमा पुर्व जानकारी पाएमा प्रहरीलाई खवर गरी सहयोग गर्नु पर्छ । प्रहरी र नागरिक एकै सिक्का दुईवटा पाटा हुन, प्रहरी बिना सुरक्षित समाजको परिकल्पना गर्न अहिलेको अवस्थामा सहज हुदैन भन्ने भावना सबैमा जागृत हुनुपर्छ ।   लोकेन्द्र श्रेष्ठ डिएसपी, महानगरीय प्रहरी बृत्त, कमलपोखरी

Posted on: 2015-Sep-22

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar