16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

रिर्पोटिङ्गका क्रममा जे देखियो..

22 - Sep-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 युवा हुंकारको विशेष रिपोर्ट अप्रेसन नाईटको लागि
हाम्रो युनिट शुक्रवार राती काठमाडौ, लैनचौर र कमलपोखरीको विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा छिरौं । हाम्रो उद्ेश्य खाने र मनोरञ्जन गर्ने थिएन् । रात्री जीवन बारेको जतिसक्दो धेरै सुचना लिनु नै हाम्रो प्रमुख उद्ेश्य रहेको थियो । सोही उदेश्य अनुरुप हामी गुड फ्राईडेमा विभिन्न रेष्टुरेन्टहरु घुमेका थियौं । रातीको १२ बजेर ३० मिनेट गएको हुंदो हो, दरबारमार्गमा हाम्रो गाडी रोकियो, जताततै गाडि रोकिएका कारण पार्किड अस्त व्यस्त रहेको थियो । प्रहरी चेक गर्नको लागि ब्रेथलाई मुखमा लगाईदियो । म जाँड रक्सी केही नखानी शुद्ध शाकाहारी थिए , गाडी पनि मैले नै ड्राईभ गर्दे थिए । ट्राफिक प्रहरीले बे्रथलाईजर लगाउँदा मेलै मापसे गरेको देखिएको । म माछामासु नखाने शुद्ध शाकाहारी थिए, जाँड रक्सी त परको कुरा । मेलै ट्राफ्रिकलाई आफुले मापसे सेवन गर्ने नगरेको बताए । टाफ्रिकले पत्यायन फेरि ब्रेथलाईजर लगायो पुनः मापसे देखाए, मैले आफ्नो बचाउ गरे । पछि थाहा भयो, ब्रेथलाईजर बिग्रेको रहेको छ । ट्राफिक स्वंयले भने आफ्नो गल्ती स्विकादै ब्रेथलाईजर बिग्रिएर यस्तो भएको बतायो । म कहिले जाँड रक्सी नखाने व्यक्तिलाई त यसले यसरी झुक्यायो अन्यलाई कति झुक्यायो, होला ।जति रात छिप्पिदै गयो उति नै मात्रामा तन्नरीहरु तछाड मछाड गर्दे यत्रतत्र हिंड्नथाले । हाम्रो टोली दरबार मार्गको भिक्टी रेष्ट्रो एण्ड बारमा पुग्यो । मुख्य सडक भरी गाडीहरु छरपष्ट गरी पार्कि∙ गरिएको थियो । अन्य रेष्टुरेन्टहरु राती बाह बजेसम्म चल्ने भएपनि यो रेष्टुरेन्ट राती तीन बजेसम्म चल्दो रहेछ । त्यहाँ पनि भिडभाड थियो । युवायुवतीहरु बियर र मदिरामा लट्ठ् थिए । सो रेष्टुरेन्ट आर्मी र प्रहरीका उच्च अधिकारीहरुको छोराछोरीहरुको बिशेष जमघट हुने क्षेत्र रहेछ । त्यहाँको भिडभाड त्यहाँको हाउभाउ सबैलाई बिचार गर्दा त्यो ठाउँ कुनै पनि दृष्टिकोणबाट सुरक्षित छैन । जुनसुकै बेला पनि युवतीको बिषयमा होस वा अन्य कुनै बिषयमा झगडा हुन सक्ने संभावना पनि त्यत्तिकै रहेको थियो । हाम्रो टोली त्यो भिडलाई पनि छिचोलेर कमलपोखरीमा रहेको २४ हाउस नामक रेष्टुरेन्टमा आईपुग्यौ । त्यो रेष्टुरेन्ट पनि तोकिएको निर्धारित समसय भन्दा ढिलासम्म नै खुल्ने रहेछ । रेष्टुरेन्टका मालिक सलिम अख्तर रहेछन । सोही रेष्टुरेन्टमा भएको झगडामा रेष्टुरेन्टका प्रवन्धक सम्पदन कमलपोखरी बृतमा थुनामा समेत परेका थिए । हामीले रेष्टुरेन्टका सहायक प्रवन्धक निरेशसंग अख्तरलाई भेट्न भन्यौ । सहायक प्रवन्धकले उहाँलाई भेट्न नमिल्ने र सम्पर्क नम्वर पनि दिन नमिल्ने भन्दै हामीले पन्छाए । हामीले थाहा पायौं तत्कालीन डिएसपी बिनोद सिलवालको पालामा सम्पदनलाई एक रात थुनिएको रहेछ । त्यो रेष्टुरेन्ट पनि स्थानीय प्रशासनले तोकिदिएको समय सिमा भन्दा बढी खुल्दो रहेछ । यि त केही प्रतिनिधी घटना तथा रेष्टुरेन्ट मात्र भए यस्ता रेष्टुरेन्ट धेरै नै रहेका छन् । जो स्थानीय प्रशासनले तोकेको समय भन्दा बढी खुल्छन । यि सबै रेष्टुरेन्टको अध्ययन भ्रमण गर्दा हाम्रो अनुभव के रह्यो भने उपत्यकमा सञ्चालित रेष्टुरेन्टहरु बिशुद्ध मनोरञ्जन स्थल भन्दा पनि अपराध उत्पादन गर्ने कारखानाकोरुपमा बिकसित हुदै छन । यहीकाा डान्स रेन्टुरेन्ट काम गर्ने युवतीहरु मानव तस्करहरुको माध्यमद्धारा सिरिया, अफ्रिका लगायतका बिभिन्न मुलुकहरुमा बिक्री हुने गरेकाछन् । लागु औषधको कारोवारको लेनदेन यहीँका बारहरुमा हुने गरेको बेश्याबृति यही नै हुने गरेको छ । झगडा लुटपाट र डकैती पनि यहीबाट हुने गरेको छ । यि सबैको लागि योजना यस्तै ठाउँमा बसेर बन्ने गरेकाछन् । यही कारण पनि नेपालका रात्रीकालिन रेष्टुरेन्टहरु बिशुद्ध मनोरञ्जनका लागि भन्दा पनि अपराध उत्पादन गर्ने कारखानाको रुपमा विकास हुदै गएको अनुभव हामीले गर्यौं ।   युवा हुंकार संवाददाता

Posted on: 2015-Sep-22

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar