अपराध उत्पादन गर्ने कारखाना बन्दै रात्रीकालिन व्यवसाय
22 - Sep-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
रात निकै रंगिन छ, लोड सेडिडले सिंगो
मुलुकलाई थला पारेको भएपनि राजधानी काठमाडौको ठमेल, दरबार मार्ग, लैन चौर, सुन्धारा, कमलपोखरी लगायतका क्षेत्रहरु सधैं बलिरहेका छन्, चम्किरहेका छन् । जेनरेटर र युपियस प्रयोग गरेर भएपनि रातलाई निकै नैरंगिन बनाउने कार्य भईरहेको छ । बैशाख १२ गते आएको शक्तिशाली भुकम्पले आम नेपाली जनतालाई निकै नै पीडा दिएको भएपनि यहाँ पुग्दा यस्तो भान हुन्छ, हामी युरोप, अमेरिकाको रंगिन दुनियाँमा छौ, जहाँ दुःखको नाम निशाना नै छैन । सबै आफ्नै धुनमा खाएका छन्, नाचेका छन, आफनो मनले चाहेको गरेका छन् । यो दुनियाँ यस्तो दुनियाँ हो र यस्तो रंगिन रातमा रमाउने मानिसहरु यस्ता मानिसहरु हुन्, जसलाई राती आफ्ना छोराछोरीले के खान्छन्, चिन्ता छैन, रातो घरमा पानी छिर्छ छिर्देन, चिन्ता छैन, अनि श्रीमति साउनको झरी सँगै एक गाँस भात भएपनि सँगै खाँउ भनेर बसेकी होलिन् भन्ने पनि चिन्ता छैन, हो यो ठमेल हो, नेपालको ठमेल, राजधानी काठमाडौको ठमेल, यसलाई कसैको चिन्ता छैन, यो सधँै उठ्छ, जागा रहन्छ, कहिले सुत्दैन, यसका हरेक रातहरु रंगिन हुन्छ, उत्तेजक, अनि रोमाञ्चक हुन्छ । किनकी यो ठमेल हो । बत्तीको चम्किलो प्रकाश जसलाई पारदर्शी शिसाहरु राखेर प्रकाश खिच्ने काम हुन्छ, जसको मधुरो प्रकाश नै लठ्ठ बनाउने हुन्छ, त्यही प्रकाशमा मदिरा र युवतीको मस्त यौवनमा सिंगो ठमेल झुमेको हुन्छ, सायद जिन्दगी भनेको यही हो, मजा भनेको नै यही हो, अनि खुसी भनेको नै यही हो । तर यो कृतिम उज्यालो भित्र कैयौँ सपनाहरु दुःखमा साटिएका छन् । पैसाको भरमा जीवन र जोवन बेचिएका छन् । वास्ववमा ठमेल पैसाको लागि सबै थोक बेचिने ठाउँ अनि पैसा भएपछि सबै चिज पाईने ठाउँ हो । धादिडका रमेश तामा∙ (नाम परिवर्तन) दुई बर्ष मलेसिया बसे । आफ्नो परिवारको लागि दिन रात नभनी केही रकम जोहो गरे । आफ्नै देशमा केही गर्छुँ, छोराछोरी पाल्छुँ, भनेर नेपाल फर्किए । काठमाडौको एयर पोर्टमा साँझ ओर्लिएपछि सिधै आफ्नो जन्मथलो धादिडको बिकटगाउँ पुग्न संभव थिएन । ट्याक्सीले होटलमा बस्नको लागि ठमेल लगिदियो । एकै रात तामाडको सारा सपना लुटियो, मलेसियामा दुई बर्षसम्म मिहेनत गरेर कमाएको पैसा ठमेलको एउटा बारमा जाँदा लुटियो, कस कसले उनको त्यो रकम लुटे केही पत्ता लागेन, उनी पनि स्वंम नसामा थिए । उनलाई यति थाहा छ, उनी केही केटीहरु संग मदिरामा लठिदै बसेका थिए । जब उनी त्यो नसाबाट बाहिर निस्किए ठमेल फेरि चम्किएको थियो, तर बत्तीको उज्यालोमा होईन दिनको उज्यालोमा । त्यो उज्यालोमा हिजोको मस्त जवानीहरु थिएनन्, कहाँ बस्छन्, पनि थाहा छैन, रकम लुटिएको बारेमा प्रहरी कहाँ खबर गर्दा पनि उल्टै उनले दुःख पाए रे , रित्तो मलेसिया गएका हुन्, नेपाल फर्किदा भरी हात लिएर फर्किए पनि ठमेलमाउनी लुटिए, धादि∙मा पुन खाली हात फर्किए । यो ठमेल यो यहाँ यस्ता थुप्रै घटनाहरु हुन्छन्, कति बाहिर आउँछन्, कति भित्र हराउँछन्, कति कुटिन्छन्, लुटिन्छन्, पिटिन्छन् र मारिन्छन् पनि, कतिको यौनिकता पैसामा बिक्छ, । पैसा तिरेर भाडामा समेत यहाँ केही दिनको लागि श्रीमती पाईन्छ । यो शहरमा एकरात बस्दा मान्छे हुनुको अर्थ नै रहदैनन्, यो बेअर्थको सहर हो ठमेल । मदिरा, युवती र पैसा सायद ठमेल यही हो । यहाँ यसको लागि सबै काम हुन्छ, यसको लागि सबै लुटिन्छन् । सपनाका (नाम परिवर्तन) सानैमा बाउ बिते, आमा अर्के व्यक्तिसंग पोईल गईन्, हजुरबा, हजुरआमा हुनुहुन्थ्यो, जतिसम्म काम गर्नु सक्नुहुन्थ्यो, पाल्नु भयो, नौ कक्षासम्म पढाउनु भयो । जब काम गर्न नसक्ने हुनुभयो । उहाँहरुलाई पाल्ने जिम्मा मैमा थियो । बुढाबुढी भएपछि रोगले पनि धेरै पेल्दो रहेछ, दम खोकी, सुगर औषधी गर्न सधँै पैसा नहुने भएको खेत बेच्दा पनि उपचार गर्न पुगेन, दैनिक औषधी खानुपर्ने । कमाउन काठमाडौ आईन् रे, नौ कक्षा पढेको हो । पैसा धेरै कमाउनु छ, योग्यता छैन, बेच्ने कुरा पनि केही छैन, मर्नु भन्दा बौलाउनु जाती, बुवा बित्नु भयो, आमा पोईल जानु भयो, मैले हजूरबा हजूरआमालाई पाल्नुपर्छ, उपचार गर्नुपर्छ, बुढा हुनुहुन्छ, म बाहेक उहाँहरुको को छ र । म त जवान छु, राम्री छु जबसम्म म सँग यि दुबै छन्, सबै मेरा हुन आउँछन्, तर म कसैको हुदिन्, बस म मेरा हजूरबा हजूरआमाको मात्र हुने छ, मेरो शरीर अरुसँग जोडिए पनि मेरो आत्मा मेरो मन मष्तिष्क त्यही मेरा, बुढा हजूरबा हजूरआमाको वरिपरि हुने छु, जसलाई खुसी राख्नको लागि, अभाव हटाउनको लागि यो सब गरिरहेको छ, किनकी मेरो जिन्दगीमाथि मेरो अधिकार छ, मेरो शरीरमाथि मेरो अधिकार छ, कसैले पैसा दिएर मलाई उपभोग गर्ला, यसो गर्दा उसलाई खुसी मिल्ला तर मलाई खुसी हजूरबाको लागि एक सिलिण्डर अक्सिजन ग्यास किन्दा, हुन्छ, दिनमा एउटा सिलिण्डर चाहिन्छ, जब ग्याँस हुदैन, तब पीडा सुरु हुन्छ । यसो भनिरहंदा सपनाको आखाँ रसाएका थिए, पेसाले उनी डान्सर हुन । राम्री छन्, सबै कोणबाट, तर उनी भित्र निकै ठुलो पीडा छ, । सबैलाई सबै कुरा भनिदैन, सबैसंग आँसु पनि झर्देन, मसँग किन उनले आँसू झारिन्, आफ्ना बारेमा किन यति धेरै कुरा भनिन्, थाहा छैन । ठमेलको चर्चित डान्स बारको तल आएर अध्याँरो प्रकाशमा उनले म संग निकै बेर कुरा गरिन्, यति धेरै कुरा गर्नको लागि उनीसँग समय थिएन, तर टाउको दुखेकाले आज आफूले डान्स गर्न नसक्ने भन्दै डान्स क्लबको मालिकलाई भने पछि उनले त्यो समय निकालेकीे रहिछन् । नाँच्नु बाहेकको उनको अतिरिक्त काम पनि छ, अतिरिक्त कमाई पनि छ । तर यो काम लामो समयसम्म हुदैन, मेरो हजूरबा हजूरआमा निकै बुढो भई सक्नुभयो, अब कति बाँच्नुहुन्छ, थाहा छैन, बाचुँञ्जेल उहाँहरुलाई बचाउनको लागि पनि मेलै यो काम गर्नैपर्छ, जब बित्नुहुन्छ, म यो संसारको नितान्त एक्लो हुन्छँु, सायद यो सबै काम छोड्छँु, नयाँ ठाउँमा गएर नयाँ परिचयका साथ इज्जतको काम गर्छुँ। उनी भन्दै थिइन्, मेरो बुवा हुनुहुन्न, आमा कहाँ छन्, केही थाहा छैन, हुनु र नहुनको पनि केही अर्थ छैन, मेरो हजूरबा हजूरआमाको लागि मैले मेरो बुवाले गर्नुपर्ने कर्तव्य पूरा गर्छँु, यसबाट मेरो बुवाको आत्मालाई शान्ति मिल्छ, यसैको लागि म यो सब गरिरहेको छ । यी केही उदाहरण मात्र हुन जसको जिन्दगी ठमेलसँग जोडिएको छ, बदनामी सँग जोडिएको छ । आखिरमा जे जस्तो भएपनि सबैको आफ्नो पीडा छ, ठमेलको रंगिन रातमा नाच्ने युवतीहरु अधिकांसको निकै नै दर्दनाक पीडा छ । ठमेलको कुनै कुनै कुनामा बसेर सिंगो ठमेलाई नियाल्दा यस्ता धेरै पीडाहरुको एकोहोरो रुवाई पीडा सुन्न सकिन्छ । ठमेलमा सब थोक छ, गुण्डागर्दी, लागुऔषध, ड्रग्सको कारोबारी, बेस्याबृत्ति, लुटपाट, डकैती, मारपीट सबै छ । सोझो र भलादमी व्यक्ति यहाँ ठमेलमा टिक्न सक्दैन, अथवा ठमेलको जस्तै प्रकृति भएको लेनचौर, दरवारमार्ग डिल्लीबजार कुनै पनि ठाउँमा टिक्न सक्दैन । यहाँ टिक्नको लागि बिक्नको लागि पनि शुन्दर हुनैपपर्छ, राम्री हुनुपर्छ, अनि खराब पनि हुनै पर्छ । भुवन केसी (जेरोम)
Posted on: 2015-Sep-22

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story