29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

विज्ञहरु भन्छन, धेरै सहवास गर्दा खुसी घट्छ

11 - Aug-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 धेरै सहवास गर्दा खुसी घट्ने खतरा रहेको बिज्ञहरुले औल्याएकाछन । श्रीमान श्रीमति तथा प्र्रेमी प्रेमिकाबिच  अधिक मात्रामा यौन सम्बन्ध कायम हुदाँ त्यसले सम्बन्धमा खुसी थप्ने नभै असन्तुष्टि सिर्जना गर्ने जोखिम रहने गरेको अध्ययनले देखाएको छ । छोटो समयमा धेरै सहवास गर्दा पार्टनरहरुमा यौनप्रति अरुची पैदा हुने र यौनआनन्दमा समेत कमी आउन संभावना अधिक रहेको बिज्ञहरुको भनाई छ । यौन र जीवनका सम्वन्धमा अनुसन्धान गरेको अमेरिकाको पेन्सिल्भेनियास्थित कर्नेज मेलन विश्वविद्यालयका शोधकर्ताहरुले यो तथ्य पत्ता लगायएका हुन ।
पहिलोपटक यौन सम्पर्क गर्दा प्राप्त हुने आनन्द तथा कामेच्छा त्यसपछिका यौन सम्पर्कहरुमा घट्दै जाने अनुसन्धानमा उल्ल्ेख छ । यौन सम्पर्कको दर बढ्दै जाँदा आनन्द र इच्छामा गिरावट हुँदै जान्छ । त्यसैले सनातनी प्रकारको संसर्गले जोडीहरुमा शारीरिक सम्बन्ध मै अरुची पैदा गरिदिने भएकाले यौन इच्छा जगाउने तथा सहवासलाई बढि आनन्ददायी बनाउने माहोल सिर्जना गर्ने कोसिस गर्नुपर्ने सुझाव अमेरिकी शोधकर्ताहरुले दिएकाछन । सहवासको दर तथा खुसीबीच रहेको सम्बन्धको जाँच गर्ने उद्धेश्यले शोधकर्ताहरुले १ सय २८ दम्पतिलाई अध्ययनमा सहभागी गराएका थिए । उनीहरुलाई सामान्य अवस्थामा भन्दा बढि सहवास गर्न लगाइयो । तीन महिनापछि सामान्य भन्दा बढि सहवास गरेका ती एक सय २८ दम्पतीका साथै सामान्य दरमा यौन सम्पर्क गर्ने अन्य दम्पतीहरुबीचमा तुलना गरियो । त्यसक्रममा के पाइयो भने बढि यौन सम्पर्क गर्न लगाइएका एक सय २८ दम्पतिहरुमा अन्य दम्पतीमा भन्दा यौन सम्पर्कमा इच्छा, खुसी तथा आनन्दको स्तर थोरै कम भएको पाइयो । शोधकर्ता तमर कृष्णमूर्तिका अनुसार यौन आनन्द, यौन इच्छा तथा खुसीमा आएको गिरावटको एकमात्र कारण अत्यधिक सहवास नै हो भनेर ठोकुवा गरिहाल्न नसकिने भएपनि अत्यधिक सहवासले युगल सम्बन्धमा प्रभाव पार्ने निष्कर्ष भने निकाल्न सकिने बताए । त्यसैले दम्पतिबीच निरन्तरको यौन सम्पर्कका कारण यौन तथा पारिवारिक जिवनमा निरस तथा बेखसी नबनोस् भन्नका लागि सहवासमा पुनर्ताजगी तथा नयाँपन ल्याउनुका साथै सकेसम्म आनन्ददायी बनाउनुपर्ने उनको सल्लाह छ ।   

Posted on: 2015-Aug-11

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar