16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

आवासको जोह गदै समृद्ध नयाँ नेपाल

11 - Aug-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 आवासको जोह गदै समृद्ध नयाँ नेपाल
ललितपुर,         करिब दुई महिना अघि नेपालमा गएको महा भुकम्पले अहिले सम्म पनि जनजिवन सामान्य बन्न सकेको छैन । भुकम्पबाट प्रभावित धेरै परिवारहरु अहिले पनि घर फर्कन सकेका छैनन् र अधिकांसको घर नै छैन । उनिहरुको दिनचर्या पालमै वित्तिरहेको छ । हाल कति समुदाय तथा समुदायका व्यक्तिहरु आनो पुरानो दैनिकीमा फर्कका छन भने कतिपय पिडितहरु जसले घर,खेत,धन,सम्पति भन्ने चिज सबै गुमाए उनीहरुमा अहिले कनै राहतको आस बाहेक अरु केहि छैन । बर्षातको झरी सुरु भइसकेको समयमा कतिपय ठाउ“मा भुकम्प पिडितहरु ओभानो आश्रय स्थल कै खोजीमा भौतारिरहेका छन ।  तर कुनै कुनै ठाउ“मा सरकार, विभिन्न संसस्था, समुहले बनाई दिएको टहराहरुले उनिहरुलाई कतै घामपानीबाट बचिन्छ की भन्ने आस पलाएको छ । देशका विभिन्न ठाउमा विभिन्न समस्या तथा अभावले ग्रसित पिडितहरुका समस्याहरु दैनिक रुपमा बढ्दै गएका छन ।  यस्तै समस्या परेको र आनो समुदायमा  कसैको पनि राम्रोसंग ध्यान नगएको गुनासो गरेका थिए ललितपुरका लेले, ढुकुछाप र चुम्पीका हजारौ पिडितहरुले । राजधानीबाट करिब १६ किलामिटर मात्र टाढा रहेको उक्त ठाउ“मा पनि ध्यान नजानु बिडम्बना वा दुर्भाग्य नै हो  त्यहा“ भुकम्पबाट उपत्यकाको आसपासको तुलनामा ठुलो क्षति भएको छ ।  समुदायमा परेको यो पिडालाई समृद्ध नया“ नेपाल नामक एउटा संस्थाले त्यहि क्षेत्रमा नजर पु¥याएको छ, हाल उक्त संस्थाले ललितपुरको ढुकुछाप, चुम्पी र लेलेमा बनाएको अस्थायी टहरामा बसिरहेका स्थानियहरुमा  अहिले साह्रै हर्स पलाएको बताउ“छन । संसस्था विदेशी डलर खानेको लागी चलिरहेका छन भन्ने बुझाईलाइ चिरेर सानो बजेटबाट काम गरेको समृद्ध नया“ नेपालले एउटा उदाहरणको रुपमा काम गरेको  छ । उक्त संस्थाले व्यक्तिगत सहयोगको सदुपयोग गदै  हाल ६० ओटा टहरा बनाइसकिएको र थप करिब २०० टहरा निर्माणा गरिरहेको संस्थाका अध्यक्ष राजिव पौडेलले बताएका छन   । काठमाडौं डिल्लीबजारमा रहेको एउटा आई ग्लोबल(ध्ध्ध्। ष्नयिदबअिभलतचभ।अयm)कन्सलटेन्सिको समन्वयमा ‘‘अस्ट्रेलिन एजुकेशन कन्सलटेन्टस एलियन्स” ले  एउटा फेस बुक पेज‘‘ नेपाल निड्स हेल्प” मार्फत नेपाली भुकम्प पिडितलाई सहयोगको लागी सानो व्यक्तिगत सहयोग जुटाउदै यो सहयोग जुटाई समृद्ध नया“ नेपाल संस्थालाई हस्तान्तरण गर्ने गरी प्रभावित क्षेत्र भ्रमण गरेको थियो । फलस्वरुप सहयोगको घोषण गरी काम सुरु भएको थियो ।  लगभव ५÷६ जना बस्न मिल्ने १२ फिट लामो, १० फिट चौडाई ७ फिट उचाई रहेका टहरा करिब १५००० हजारको लागतमा एउटा टहराको निर्माण भएको जनाइएको छ ।  संस्थाका स्वयमसेवक तथा स्थानियले पिडित समुदायका युवाहरुले पनि निर्माण कार्यमा स्वस्फुर्त  पनि सहयोग गरेका छन ।  लामो समय सम्म शैक्षिक क्षेत्र दुर्गमका बालबालिका र विद्यालयको क्षेत्रमा काम गरिरहेको संस्थाले अहिले विपतको समयमा विद्यार्थी, विद्यालय र अभिभावक सबैलाई सहयोग गर्ने निर्णय गरी आवास निर्माण कायर्  सुरु गरेका छ । विद्यार्थीको पहिलो पाठशाला घर नै भएकाले जब सम्म बालबालीकालाई घरमा राम्रो बातावरण राम्रो हुदैन तब सम्म उनिहरुले बाह्य वाताबरणमा सिकाई गर्न नसक्ने भएकोले आफुहरुले विद्यार्थीको आवास निर्माण त्यसपछि विद्यालय निर्माणमा प्राथमिकता दिइएको अध्यक्ष पौडेलको भनाई छ ।  साथै  उहा“ले संस्थाले दुर्गमका विद्यार्थीहरुका लागी पाठ्यसामग्री तथा स्टेशनरी संकलन गरी दुर्गम क्षेत्र अछाम,बैतडी,बाजुरा जिल्लामा पुस्तकालय बनाउने कार्य गदै आएको र सो कार्य पनि निरन्तर चलिरहेको बताएका छन  ।  संस्थाको समन्वयमा काठमाडौंका दर्जनौ विद्यालयले दुर्गम क्षेत्रका विद्यालयमा पुस्तकालय संचालनका लागी विद्यालय स्तरमा बुक दान अभियान नै चलाएका छन । जसमा शिक्षक तथा विद्यार्थीहरु सहभागि भई अध्ययन पुरा गरेका र अन्य सन्दर्भसामग्री सम्बन्धि किताबहरु संकलन गदै दान बक्समा जम्मा गरिरहेका छन  र उक्त शैक्षिक सामग्रीहरु बैतडीका दुर्गम विद्यालयमा पुस्तकालय निर्माण निर्माण गरिरहेको सो कार्यमा उपत्यकाका कलेजका शिक्षक तथा विद्यार्थीले राम्रो सहयोग गरेको र यो कार्य निरन्तर चलिहेको सस्थाका प्रोजेक्ट म्यानेजर  सुर्य बहादुर रानाले बताएका छन।              

Posted on: 2015-Aug-11

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar