29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मानव धर्म सम्बन्धमा सोधिएका केहि प्रश्नहरुको सन्क्षिप्त जवाफ

11 - Aug-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
   के हो मानव धर्म र के छ यसको शास्त्रिय महत्व एवं धारणा ?                                                                         महात्मा चमेली बाइजी, केन्द्र प्रमुख वास्तवमा मानव धर्मलाई केहि क्षण धैर्यता लिएर बुझ्ने प्रयास गर्ने हो भने शाब्दिक अर्थले नै यसको  महत्व एवं  व्यापकतालाई सहजै  संकेत गर्दछ । तर  एक पछि अर्को गर्दै समाजमा धेरै प्रकारका धर्मका नामहरु सुन्न पाईन्छ । जसले  गर्दा  मानव  समाजलाई अन्यौल  र उल्झन  थप्दै विभाजनको कगारमा पु¥याएको देखिन्छ ।  श्रृष्टी आदी देखि चलिआएको धर्म नै सनातन धर्म हो श्रृष्टीको अनादी कालमा कुनै भाषा थिएन त्यहि भएर भाषा देखि परको पनि धर्म छ । अर्थात सनातन धर्मको दुई भाग छ एउटा छ भाषामा आउछ भने एउटा भाषा देखि पर छ । इन्द्रिय देखि पर छ बुद्धि देखि पर छ त्यसैलाई सनातन धर्मले शास्त्रले बताएको छ एउटा परा विद्या र अर्काे अपरा विद्या भनिएको छ । अपरा विद्या जुन बुद्धिले भ्याउछ त्यो विद्यालाई अपरा भनियो र बुद्धि देखि परको विद्यालाई परा विद्या भनियो र त्यसलाई विज्ञानले मेटाफिजिकल भन्यो, सनातन धर्मको हामी जति कुरा गछौं बद्धिको अन्र्तरगत भएर गछौं ।  चार वेद छ, शास्त्र,सत्र, पुराण, एक सय आठ उपनिषद यो सबै अपराको विषय बस्तु हुन, । जुन चिजमा ईश्वर तत्व तथा चेतना छ त्यो त परा विद्या अर्थात मेटाफिजिकल हो । त्यो भाषा र बुद्धि,इन्द्रिय देखि पर छ । सनातन धर्ममा त्यो आत्म तत्वको कुरा छ । तर त्यसको प्रयोगात्मक र व्यावहारिक रुप नै मानव धर्म हो । यसलाई मानव धर्म किन भनियो भन्दा सनातन धर्म भनेको शास्त्रीक वर्णनमा सिमित पारियो । तर त्यसलाई व्यावहारमा चिनाउन दिइएको नाम नै मानव धर्म हो वास्तवमा मानव धर्म भन्नु नै प्रयोगात्कम सनातन धर्म हो । यसलाई प्रयोगात्क रुममा आत्मानुभति समयको तत्वदर्शी, ज्ञानी गुरुले गरेको हुन्छ  । यो पुर्ण ज्ञान हो यो प्राप्त भएमा अरु जिज्ञासाको समाधान आफै हुन्छ अतः यसलाई नै मानव धर्म भनिएको पाइन्छ । यो कुनै नयाँ धर्म होइन ।                     वेद पुराण, गीता, रामायण, उपनिषद लगायतका  शास्त्रहरुका अनुसार भगवान कृष्णले पनि अर्जनलाई भन्नु भयो हे अर्जुन तिमिले आत्मज्ञान तत्वदर्शी महापुरुषबाट त्यो ज्ञानलाई जान तत्वदर्शी महापुरुषले यसको अनुभती गराइदिनु हुन्छ र यो तिम्रो हाम्रो शरिर एउटै हो  हाम्रा यी कर्मरुपी आखााँले यहि देख्छ तर मेरो वास्तविक रुप देख्न दिव्य दृष्ट्रि चाहिन्छ जसको लागी विन्रमपुर्वक,श्रद्धापुर्वक तत्वदर्शी गुरुको शरणमा जाउँ भनेर बताएको शास्त्रबाट पाईन्छ । गुरु भन्ने वित्तिकै यस्तो गुरुलाई जनाउछ की जसले अध्यारोबाट प्रकाश,असत्यबाट सत्य र मृत्यृबाट अमरत्व तिर लिने ज्ञानको अनुभती गराईदिनु हुन्छ यस्तो गुरु पाउन दुर्लभ छ भनेर शास्त्रमा बताएको छ रामायणमा तुलसीदास भन्नुहुन्छ हामी परमात्माको अंश हौ हामी भित्र चिन्तामणी झै प्रकाशस्वरुप ज्योती चम्किरहेको छ , हृदयरमण गरिरहेको यो भर्गाेज्योतीलाई जानौं , यो अखण्ड जलिरहन्छ । हामीभित्र हाम्रो प्रत्येकको श्वास एउटै छ सबैको भित्र इश्वर लुप्त छ त्यस श्वासमा एउटा स्पन्दन छ त्यहि स्पन्दनभित्र एउटा ज्योती छ भनेर वेदमा पनि बताएको छ त्यसैले शास्त्रपरक मात्र नभइ यस तत्वलाई आत्मानुभती गर्न सकिन्छ । हरेक युगका मानवरुपी भगवानले यहि तत्वको बोध गराउदै आएको पाइन्छ ।  त्यसैले हामी मानव भएर पनि आफुले आफुलाई चिनेका छैनौं । अतः यस आत्मज्ञानलाई जान्नु र त्यसको अनुभती गर्नु प्रत्येक मानिसको भौतिक एवंम आत्मिक कल्याण को बाटो पत्ता लगाउनु हो त्यसैले यसलाई मानव धर्म भनेर बताइएको छ ।      यदि हामीले गहन विचार गर्ने हो भने आफैले आफैलाई धर्म सम्प्रदायको घेरा भित्र सिमित गरेका छौं जसको कारण कोहि भन्दछौं म हिन्दु हुँ, म मुसलमान हुँ, म ईसाई हुँ, म शिख हुँ, म बौद्घिष्ट हुँ, तर हिन्दु, मुस्लिम, शिख, ईसाई अथवा बौद्घिष्ट हुनु भन्दा पहिले हामी मानव हौं  र मानव हुनुको नाताले मानवको वास्तविक धर्म मानविय धर्म हो, अर्थात मानव धर्म हो  । यदि हामीले हाम्रा मूल शास्त्रहरुलाई अध्ययन ग¥यौं भने या त सनातन धर्म उल्लेख गरेको पाईन्छ या त मानव धर्म उल्लेख भएको पाईन्छ ।  यसर्थ जब समाजले मानव धर्मलाई साँचो अर्थमा अपनाउँदछ, त्यहाँ जातिय झगडा समाप्त हुन्छ, त्यहाँ धार्मिक झागडा समाप्त हुन्छ त्यहाँ क्षेत्रिय झगडा समाप्त हुन्छ, तब नै मानवतावादी व्यवहार देख्न पाईन्छ र साँचो अर्थमा समाजमा दिगो शान्ति स्थापित हुन्छ । समाजमा विभेद रहित मानविय मूल्य र मान्यता कायम हन सक्दछ, यहि मानव धर्म को मर्म हो र यसलाई आत्मसात गर्न सकेमा समाजमा सद्भावना फैलिने छ, विश्व बन्धुत्वको भावना जागृत हुनेछ । यसै सन्दर्भमा मानव को स्वधर्म अर्थात मानव धर्मको शास्त्र सम्बत् व्यवहारिक र विज्ञान युक्त प्रवचन दिदैं परमपुज्य सद्गुरुदेव श्री सतपाल जी महाराज भन्नुहुन्छ – मानव भित्र सुषुप्त रुपमा अपार शक्ती विद्यमान रहेको हुन्छ, त्यो शक्तिले मानवलाई निरन्तर स्पन्दित गर्ने हुँदा मानव अग्रगामी दिशामा क्रियाशिल र मर्म स्पर्शि हुन्छ । यसरी मानव भित्र अन्र्तनिहित शक्तिलाई अध्यात्मले आदि स्पन्दन अर्थात एचष्mयचमष्ब िख्ष्दचबतष्यल को रुपमा स्विकार्दछ र यसलाई व्यवहारिक रुपमा अनुभूति गर्नु नै मानव धर्मको मर्म हो । जस्को आत्मसात पश्चात जातिवाद, सम्प्रदायवादबाट माथि उठेर मानव मानवताको चरणमा प्रवेश गर्दछ र समाज साँचो अर्थमा शान्त, सुखी र समृद्घ बन्न सक्दछ ।    


Posted on: 2015-Aug-11

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar