29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मानवियताको पहिचानमा : मानव धर्म

11 - Aug-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
एकेन्द्र प्रसाद जैसी नयाँ बर्षको आगमन हुदै गर्दा नेपालले ठुलो विपत्तिको सामना गर्नुप¥यो । सिंगो देश नै रोइरहेको थियो । मानिसहरुलाई आफ्नो धन, सम्पति, घर, व्यापार÷व्यवसायप्रति आशा मरिसकेको थियो केवल आफ्नो ज्यान जोगाउन खुला आकाश मुनिको सुरक्षित आवासको खोजी गदै थिए । यो समयमा कति रोईरहेका थिए भने कति आशु पुछिरहेका थिए । वास्तवमा समय यस्तो पनि आउँदो रहेछ कि अरु कुरा सबै सहायक ठानेर आफ्नो प्राणको सुरक्षा गर्न भौतारिरहेका थिए र अरुको सेवा गर्न सकिरहेका थिएनन् । किनकि जो सुकै व्यक्तिहरु पनि भूकम्पिय जोखिममा थिए । यसको एउटा मात्र उदाहरण दिँदा स्वयम् सरकार, सरकारी निकाय समेत ३ दिन सम्म अन्यौलमा नै रह्यो र कुनै उद्घार राहतको आवाज समेत दिन सकेन र नसकेको भन्दै क्षमा समेत माग्न पछि परेन । तर यो समयमा एउटा धार्मिक संस्था नेपाल मानव धर्म सेवा समिति र यस संस्थामा आस्थावान् भक्तहरुका लागि त्यो समय एकदमै सेवा गर्ने अवसर बन्यो । सडक देखि हवाई सेवा समेत बन्द हुँदा घर देखि होटल व्यवासाय समेत ठप्प रहँदा राजधानीको सडक सडकमा भोकभोकै मानिसहरु हिडिरहेका, बसिरहेका र सुतिरहेका देखिन्थे । यो अवस्थामा नेपाल मानव धर्म सेवा समितिले हजारौंको संख्यामा रहेका गौशाला र एयरपोर्ट क्षेत्रका पिडितहरुलाई खाना बनाएर वितरण गर्न सुरु ग¥यो । भक्तहरुको सेवादानबाट संकलन भएको चामल, दालले करिब तीन हजार व्यक्तिहरुलाई खाना वितरण ग¥यो । त्यसपछि भूकम्पबाट घाईते भएका पिडितहरुलाई उद्घार तथा राहतका साथै औषधि उपचार, फलफुल वितरण जस्ता कार्यमा पनि दिनरात खटिरह्यो । भूकम्पबाट प्रभावित विभिन्न जिल्लाका दर्जनौ ठाउँमा प्रत्यक्ष सहभागि भई लगातार ३ महिना सम्म राहत वितरण कार्य जारी राख्यो ।  एउटा सानो धार्मिक संस्थाले आस्थावान् भक्तहरु तथा अन्य संघसंस्थाहरुलाई समन्वय गर्दै यति ठूलो राहत सामग्रीहरु जुटाईरह्यो । जसले गर्दा धेरै भूकम्प प्रभावितहरुले संस्थाको राहत वितरण परिमाण, तरिका र वास्तविक प्रभावित समुदाय तथा व्यक्तिहरुको पहिचान गर्दै व्यवस्थित रुपमा राहत वितरण गरेको स्थानिय निकाय, प्रहरी प्रशासन र वास्तविक पिडितहरुले संस्थाको ठूलो प्रशंसा गर्दै उदाहरणिय कामको संज्ञा दिएका छन् । संघसंस्था भन्ने वितिकै विदेशी डलर कमाउन देखासिकी गर्ने कार्यलाई चुनौति दिदै मानविय कार्यमा नेपाल मानव धर्म सेवा समितिले अभियान चलाउँदै आफना्े कार्य जारी गरेको जनाएको छ । संस्थाले नेपाल लगायत विभिन्न देशमा रहेकका भक्तहरु तथा दानी दाताहरुबाट नगद लगायत जिन्सी खाद्यान्न, लत्ता कपडा र अन्य सामग्रीहरु जुटाउँदै राहत सामग्री सकंलन तिव्र पारेको थियो । दाल, चामल, चिनि, त्रिपाल, कम्बल, मसला, नुन, चियापत्ति चिउरा, चाउचाउ, बिस्कुट जस्ता खाद्य बस्तुहरु वितरण गर्नुका साथै भूकम्पबाट घाईते भएका व्यक्तिहरुलाई आधारभुत स्वास्थ्य उपचारका लागि स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको छ ।   संस्थाले राहत वितरणमा पारदर्शिता र प्रभावकारी बनाउन र वास्तविक भूकम्प प्रभावितलाई राहत दिनका लागि प्रभावितहरुको तथ्यांक संकलन र व्यक्तिगत तथा पारिवारिक हिसाबले वर्गिकरण गर्दै उनिहरुलाई राहत वितरण टोकन उपलब्ध गराई सोहि अनुसार राहत वितरण ग¥यो । जसबाट राहतको नाममा राहत सामग्री वितरणमा अनियमितता र लापरबाही गर्ने स्थानिय टाठाबाठा भनौदाहरुका लागि चुनौति दिदै स्तरिय र पारदर्शि र सबैको पहुँच प्रदान गर्दै उदाहरणिय कार्य गरेकोमा संस्थालाई कहिल्यै नभूल्ने वास्तविक पिडितहरुले यस कार्यको प्रशंसा गरेका छन् ।      अति प्रभावित सबै जिल्लाका दर्जनौं  गाउँ, समुदायमा राहत वितरण गरेको  धार्मिक संस्थाबाट राहत वितरणमा उत्कृष्ट कार्य गरेको   लगातार ३ महिना सम्म राहत वितरण ।   निश्चित मापदण्ड प्रणालीको प्रयोगबाट वास्तविक पिडितको पहिचान  प्रत्यक्ष सहभागिता मूलक राहत वितरण ।   निःशुल्क स्वास्थ्य शिविरको आयोजना   राहत वितरणको विवरण   क्र.सं. वितरण मिति वितरण स्थान सामग्रीहरु परिमाण ज्ञ। २०७२ बैशाख १२ गौशाला परिसर खाना(दाल, भात, सब्जी) १३५० जना लाई द्द। २०७२ बैशाख १३ र १४ हंस मण्डप, पशुपति क्षेत्र परिसर खाना(दाल, भात, सब्जी) १२२० जना लाई घ। २०७२ बैशाख १५ टिचिङ्ग अस्पताल र कान्तिबाल अस्पताल, महाराजगञ्ज कुरुवाहरुलाई खाना, फलफुल, दुध वितरण ८३१ जनालाई द्ध। २०७२ बैशाख १६ गते साँखु र सिनामंगलमा खाना(दाल, भात, सब्जी) ५४८ जना लाई छ। २०७२ बैशाख १७ स्यूचाटार त्रिपाल, प्याकेट सब्जी, शुद्घ पिउने पानी ३५० जनालाई ट। २०७२ बैशाख १८ नयाँ बसपार्क, गोगंबुमा शुद्घ पिउने पानी ५०८ जनालाई ठ। २०७२ बैशाख १९ चोभारमा तरकारी, फलफुल तथा पानी ३०० घरधुरीलाइ ड। २०७२ बैशाख १९ धादिङ्ग जिल्ला छत्रे देउराली खाद्यान्न, त्रिपाल, सोलार प्यानल वितरण ३१० घरधुरीलाइ ढ। २०७२ बैशाख २० गते ललितपुर जिल्लाका डुकुछाप, लेले, बोराटार, झरुवारासी, बुलु खाद्यान्न, त्रिपाल, सोलार प्यानल वितरण साथै स्वास्थ्य शिविर ५३२ घरधुरीलाई ज्ञण्। २०७२ बैशाख २१ गते फ्युचर होप नेपाल, काडाँघारी  स्थित बाल केन्द्र खाद्यान्न, पानी तथा फलफुल वितरण ३० जना बालबालिकाहरु ज्ञज्ञ। २०७२ बैशाख २३ काठमाण्डौं शंखरापुर नगरपालिका सुनटोल खाद्यान्न तथा त्रिपाल वितरण । १०० घरधुरीलाई ज्ञद्द। २०७२ बैशाख २५ जिल्लाको सन्द्रावती, सुनखानी, जिलु, काटाकुटी, झँ्याकु गा.वि.स. तथा सिन्धुपाल्चोक जेठलका खाद्यान्न, त्रिपाल वितरण साथै स्वास्थ्य शिविर सञ्चालन ९८० घरधुरीलाइ ज्ञघ। २०७२ बैशाख २७ गत काठमाण्डौं जिल्लाको नाङ्गलेभार खाद्यान्न, त्रिपाल वितरण साथै स्वास्थ्य शिविर सञ्चालन । २५० घरधुरीलाइ ज्ञद्ध। २०७२ बैशाख २८ काठमाण्डौको कोटेश्वर आर्मी ब्यारेक भित्र शुद्घ पिउने पानी, खाद्यान्न, चिउरा, सक्खर, मुरई वितरण १८५४ जनालाइ ज्ञछ। २०७२ ज्येष्ठ ११ सिन्धुपाल्चोक जिल्लाको भोट्सिपर तथा भिमटार गा.वि.स. साथै काभ्रेपलाञ्चोक जिल्लाको सिपाघाट खाद्यान्न, त्रिपाल वितरण साथै स्वास्थ्य शिविर सञ्चालन । ८१९घरधुरीलाइ ज्ञट। २०७२ ज्येष्ठ १८ काभ्रेपलान्चोक जिल्ला खरेलथोक गा.वि.स. सोलार प्यानल, खाद्यान्न, त्रिपाल वितरण साथै स्वास्थ्य शिविर सञ्चालन  ४५० घरधुरीलाई ज्ञठ। २०७२ ज्येष्ठ २० ललितपुर जिल्लाको बुङ्गमती, खोकनामा शुद्घ पिउने पानी वितरण । ४०० घरधुरीलाई ज्ञड। २०७२ ज्येष्ठ २१ रामेछाप जिल्लाको सेलेघाट र सित्खा गा.वि.स. खाद्यान्न, लत्तापकडा, त्रिपाल वितरण साथै स्वास्थ्य शिविर सञ्चालन । ५०० घरधुरीलाइ ज्ञढ। २०७२ ज्येष्ठ ३० नुवाकोट जिल्लाको छाप गा.वि.स. त्रिपाल, कम्बल, खाद्यान्न तथा निशुल्क स्वास्थ्य उपचार वितरण ४०० घरपरिवारलाइ द्दण्। २०७२ असार ९ धादिङ्ग जिल्लामा त्रिपाल, कम्बल, खाद्यान्न तथा निशुल्क स्वास्थ्य उपचार वितरण १३० घरपरिवारलाई द्दज्ञ। २०७२ असार ११ गोरखा जिल्लाको हर्मी गा.वि.स. त्रिपाल, कम्बल, खाद्यान्न तथा निशुल्क स्वास्थ्य उपचार वितरण ६१० घरपरिवारलाई द्दद्द। २०७२ श्रावण ४ सिन्धुपाल्चोक जिल्लाको बाडे गा.वि.स. त्रिपाल, कम्बल, खाद्यान्न तथा निशुल्क स्वास्थ्य उपचार वितरण घरपरिवारलाइ द्दघ। २०७२ श्रावण ६ जिरीमा त्रिपाल, कम्बल, खाद्यान्न तथा निशुल्क स्वास्थ्य उपचार वितरण ६५० घरपरिवार द्दद्ध। २०७२ श्रावण ६ गते सुन्द्रावती गा.वि.स.मा श्री कालिका उच्च मा.वि. सहित ७ वटा विद्यालय पाठ्यसामग्री तथा स्टेशनरी साथै चाउचाउ, विस्कुट ८५० विद्यार्थिहरुलाई      

Posted on: 2015-Aug-11

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar