08 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

भूकम्पका कारण चलचित्र उद्योग धरासायी ग्राहकहरुमा अझै भूकम्पको त्रास

9 - Aug-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
बैशाख १२ गते गएको भुकम्प पश्चात नेपाली चलचित्र क्षेत्र धरासायी भएको छ । भुकम्पकबाट उत्पन्न असहज परिस्थीतीका कारण अधिंकास हलहरु चर्किएको, ग्राहकहरुले मानिसकरुपमा चिन्तित रहेकाले हलसम्म गएर फिल्म हेर्ने मनस्थितीमा नभएको र लगातार आईरहेको भुकम्पको पराकम्पन संगै अझै भुकम्पको त्रास बाँकी रहेकाले पनि चलचित्र क्षेत्र धरासायी बन्न पुगेको हो ।  भुकम्पअघि यसक्षेत्रमा ‘हबल्दार सुन्तली’ र ‘नाइ नभन्नु ल–३’ले प्रतिस्पर्धात्मक बजार तताइरहेको अवस्थामा देशले एउटा महाविपति भोग्नपुग्यो । वैशाख १२ को यो विपत्तिले दशौं हजारको ज्यान लियो भने बीसौं हजार घाइते भए अनि लाखौं घरबारविहीन । यो महाविपत्तिपछि अरु क्षेत्र जस्तै चलचित्र क्षेत्रको व्यवसाय पनि ठप्प भयो । सयौं चलचित्र भवनहरु बन्द गर्नुपर्ने भयो । यसले गर्दा व्यवसायीहरु स्तब्ध भए । के गर्ने के नगर्ने मनस्थितिमा पु¥यायो, सबै चलचित्र व्यवसायीहरुलाई नयाँ चलचित्र प्रदर्शनको मिति घोषणा गरेका चलचित्रहरुले पनि प्रदर्शन मिति पछाडि धकेल्नुपर्ने बाध्यता भयो । यो विपत्ति भएको दुई महिना बितिसक्दा पनि उपत्यकामा नयाँ चलचित्र प्रदर्शन गर्ने हिम्मत कुनै निर्माता, निर्देशकले गर्न सकेका छैनन् तर उपत्यका बाहिर हेटौंडाको हलमा विभिन्न स्कुलमा च्यारिटी शो गरिएको चलचित्र ‘टियर’ प्रदर्शनमा आएको सम्बन्धित निर्माण पक्षले जनाएको छ । भूकम्प गएपछिका दिनमा विगतमा राम्रो व्यापार गर्न सफल रहेका चलचित्र ‘छ एकान छ’ जेठको दोस्रो सातादेखि प्रदर्शन गरियो । यस्तै असार ४ मा चलचित्र ‘आभास’ पनि प्रदर्शन गरियो । गत शुक्रबारदेखि स्वर्गीय श्रीकृष्ण श्रेष्ठको ‘कोहिनुर’ चलचित्र प्रदर्शनमा आएको छ । भूकम्पपीडितको नाम दिएर पुनः प्रदर्शनमा आएका यी चलचित्रले सोचे जति व्यवसाय त के गर्न सक्थे र केबल यसको निरन्तरता दिनको लागि हो तर यो केवल निरन्तरताले मात्रै पनि त चलचित्र व्यवसाय माथि उकासिन सक्दैन नि । यसको लागि त चलचित्र क्षेत्रमा व्यापक सुधारको खाँचो छ, साथै व्यवसायलाई पूर्ण रुपमा साथ दिनका लागि सहयोगी बन्ने आदरणीय दर्शकमा भयरहित वातावरणको सिर्जना गर्नुपर्ने अवस्था छ । यसको लागि सम्वन्धीत निकाय सबैले चलचित्रमैत्री सुरक्षित मनोरञ्जनको वातावरण निर्माण गर्नुपर्छ । सरकारले पनि आम नागरिकलाई म जहाँ गएपनि सुरक्षित छ भन्ने किसिमको सन्देश दिन सक्नु पर्छ ।     


Posted on: 2015-Aug-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar