27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

गर्मि तथा बर्षायाममा छाला सुन्दर बनाउने घरेलु तथा प्राकृतिक बिधिहरु

9 - Aug-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 शारिरीक तथा मानसिकरुपमा शुन्दर हुनको लागि छाला पनि शुन्दर हुनु पर्छ । शुन्दरताले कुनै पनि क्षेत्रमा काम गर्नको लागि आत्मवल बढाउने गर्छ । त्यहीकारण पनि हरेक मानिसहरुमा आफु शुन्दर हुन पाउँ भन्ने चाहाना रहेको हुन्छ । तर चाहाना गर्देमा सबै मानिसहरु शुन्दर हुन सक्दैनन । शुन्दरताको लागि सुुन्दर छाला पनि आवस्यक रहेको हुन्छ ।  छालालाई  सुुन्दर बनाउन कस्मेटिक भन्दा प्राकृतिक वस्तुहरुको प्रयोग बढी प्रभावकारी हुन्छ । यस्ता वस्तुहरुको प्रयोगले कुनै पनि साईड ईफेक्ट बिना नै कुनै पनि व्यक्ति शुन्दर हुन सक्छ अर्थात आफ्नो छाला शुन्दर बनाउन सक्छ । यसको मतलव छाला शुन्दर बनाउन घरेलु बिधी मात्र प्रभावकारी हुन्छ भन्ने मान्यता राख्नु भने गलत हो । राम्रो संग बुझेर राम्रो व्यटि पार्लहरुमा गएर बिज्ञहरुसंगको सल्लाहरुमा शौन्र्दय सामाग्री प्रयोग गरेको खण्डमा पनि छाला शुन्दर बनाउन सकिन्छ । 
छाला शुन्दर बनाउने प्राकृति बस्तु प्रयोग गर्ने तरिका गोलभेंडा  कुनै पनि मानिसको अनुहार चिल्लो छ र छालामा कालो दाग रहेको छ भने त्यस्ता मानिसहरुले बढी मात्रामा गोलभेंडा प्रयोग गर्नुपर्दछ । यसको लागि गोलभेडालाई लेदो बनाई पूरै अनुहारमा लगाउनुपर्छ । आँखा, मुख र नाक बाहेक सम्पुर्ण भागमा लेदो बनाईएको गोलभेडां लगाएर २० मिनेटपछि सफा पानीले अनुहार सफा गरेमा अनुहार चम्किलो हुनुको साथै सबै दाग हटेर जान्छ ।    बेसार अनुहार फुस्रो र दाग भएका मानिसहरुले बेसारको मसिनो लेप दूधमा हाली पातलो घोल बनाएर नुहाउनु अघि सम्पूर्ण शरीरमा हल्का मालिस गर्नुपर्छ । यो मालिसले केही दिनमै सम्पूर्ण शरीरको छालामा निखार आई छाला मुलायम, गोरो एवं बेदाग र सफा देखिन्छ ।    मुसुरोको दाल  अनुहार फोहोर भएका मानिसले मुसुरोको दाललाई धुलो बनाएर डब्बामा राख्नु पर्छ ।  यही पाउडरले  अनुहार धोएको खण्डमा छाला राम्रो र शुन्दर देखिने छ ।    काँक्रो शुन्दर छाला बनाउनको लागि काँक्रोको प्रयोग पनि निकै नै फलदायी हुने गरेको छ । छाला चिल्लो हुनेहरुले काँक्राको रस अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्नुपर्छ  । छालामा अनावश्यक चिल्लो भएको खण्डमा यसको प्रयोगले चिल्लो हटेर अनुहार चम्किलो हुने छ ।    आलु  आँखा वरिपरि कालो घेरालाई हटाउनको लागि आलु निकैै फलदायी रहेको छ । आलुलाई कोरेसोमा कोर्ने र आँखामाथिबाट कोरेको आलु १५ मिनेटसम्म राखेर नियमित रूपमा सफा गरेको खण्डमा कालो घेरा हटेर जान्छ ।  मह  महलाई प्राकृतिक मोस्चराइजरकोरुपमा पनि लिने गरिन्छ । छाला सुख्खा छ भने सधैं राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ । महले छाला मुलायम एवं चम्किलो बनाउन मद्धत पुग्छ ।  अण्डा  अण्डाको प्रयोगले अनुहारको चम्किलोपनमा बृद्धि हुन्छ । छाला सुख्खा छ भने अण्डाको पहेंलो भागलाई साताको दुई पटक अनुहारमा लगाएर पखाल्नु पर्छ । छाला चिल्लो छ भने अण्डाको सेतो भाग लगाउनुपर्छ ।  सुख्खा छालामा पहेंलो भाग नियमित लगाए अनुहारको छाला कसिलो बनाउन हुन्छ । चिल्लो छालामा सेतो भाग लगाइएको छ भने छालामा रहेको अनावश्यक चिल्लोपना हटेर जाने छ ।  मेवा  मेवामा पाइने एन्जाइमले छालाको मृत कोषलाई  हटाएर नयाँ कोष उत्पन्न गर्छ र छाला मुलायम हुन्छ । मेवाको लेप लगातार केही महिना लगाउने हो भने छालाको सबै दाग हराउँछ ।  कागती कागतीको प्रयोगले अनुहारको शौन्दर्य बृद्धि हुन्छ । कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं बेदाग हुन्छ । छाला सुख्खा छ भने पनि कागतीको रसमा थोरै दुधको तर मिसाएर अनुहारमा लगाउनुपर्छ । यसो गर्दा छालाको फोहोर निस्कनुका साथै छाला नरम एवं मुलायम हुन्छ । कागतीमा प्राकृतिक ब्लीच भएका कारण यसको प्रयोग प्रत्येक दिन गर्दा छाला गोरो एवं सफा देखिन्छ । दही  दही छाला र कपाल दुबैको शौन्दर्यको लागि निकै नै प्रभावकारी रहेको छ । सुख्खा, सामान्य र चिल्लो  छालाका लागि दही निकै नै गुणकारी मानिन्छ । दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुख्खा र सामान्य छाला सधैं चम्किलो देखिन्छ। छाला चिल्लो छ भने दुई चम्चा दही लिने र त्यसमा एक चुटकी बेसार र एक चम्चा गहुँको चोकर मिसाई लेदो बनाएर पूरा अनुहारमा लगाउने र सुकेपछि चिसो पानीले अनुहार धुने, छाला गोरो, बेदाग र चम्किलो देखिन्छ ।  केरा शुख्खा छालालाई शुन्दर बनाउनको लागि केरा पनि निकै नै फलदायी मानिन्छ । केरालाई दूधमा मिसाई बनाइएको लेप लगाउनाले छालाको शौन्दर्य बढ्छ ।  यसको लागि पहिला अनुहारमा केराको लेप लगाउनुपर्छ । यो प्रकृया नियममितरुपमा एक महिनासम्म गरेको खण्डमा छाला चम्किलो भई छालामा भएको चाउरीपना पनि हटेर जान्छ । तुलसीका पातलाई कागतीको रसमा मिसाएर मसिनो पेस्ट बनाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा छालामा भएको दाग एवं चाउरीपना हटेर जान्छ ।   

Posted on: 2015-Aug-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar