16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अर्बौ ऋण नतिरी भाग्दै एन.बी ग्रुप

9 - Aug-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 नेपालको बैंकिङ क्षेत्रमा खराब संस्कृति भित्राउने एनबी ग्रुपका लक्ष्मी बहादुर श्रेष्ठले करिब डेढ दर्जन बैंक तथा वित्तिय संस्थाबाट लिएको झण्डै एक अर्ब बराबरको ऋण चार बर्षदेखि अदालती झन्झटबाट पाखा लगाउँदै आएका छन् । 
भाखा नाघेका कारण चार बर्षअघि नै लिलाम गरिसक्नु पर्ने कर्जाबापतको धितो हालसम्म पनि विभिन्न मुद्दा मामिला तेस्र्याएर बैंकहरुलाई झुलाउँदै आएका छन् । चार बर्षअघि देखि विभिन्न बैंक तथा वित्तिय संस्थाले एनबी ग्रुपले धितोबापत दिएको शेयर लिलाम गर्न खोज्दा अदालती झन्झटका कारण सम्भव हुन सकेको छैन । नेपालका १९ वटा बैंक तथा वित्तिय संस्थालाई धरासायी बनाउने गरिएको उक्त प्रकरण अझै नटुंगिएको एक बैंकका कर्मचारीले आर्थिक दैनिकलाई बताए । उनले भने ‘हामीेले पटक पटक मुद्दा जित्यौ पनि, लिलाम गर्ने प्रक्रिया लामो हुने भएकोले परिवारका सदस्यको नाममा पालैपालो मुद्दा दायर गरी बैंक तथा वित्तिय संस्था डुबाउने काम मात्रै भएको छ ।’ एनबी ग्रुपका लक्ष्मी बहादुर श्रेष्ठले सो शेयर लिलाम रोक्नको लागि, छोरा र बुहारीको नाममा पालैपालो रिट दायर गर्दै कर्जा असुलीमा अबरोध पु¥याउँदै आएका छन् । यसअघि पुनरावेदन जिल्ला अदालत पाटनमा चलेको मुद्दामा विभिन्न बहानामा पेश सारेर बैंक तथा वित्तिय संस्थालाई हैरान बनाएका थिए । पछि बैंक तथा वित्तिय संस्थालाई शेयर लिलाम गर्ने पक्षमा पुनरावेदन अदालतबाट फैसला भएपछि एनबी ग्रुपको धितोमा रहेको शेयर लिलाम गर्ने प्रक्रिया सुरु भएको थियो । सो बैंकको प्रक्रिया सुरु भएसँगै पुनः छोरा एल्सन श्रेष्ठको नाममा अर्को मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरियो । उक्त मुद्दा किनारा लागेपछि अहिले पुनः एल्सन श्रेष्ठकी श्रीमती (बुहारी) को नाममा मुद्दा दायर गरेर बैंक तथा वित्तिय संस्थाबाट लिएको एक अर्ब रुपैयाँ कर्जा असुली गर्ने बाटो रोक्ने प्रयास भइरहेको देखिएको छ ।  पछिल्लो पटक गत पुस २ गते काठमाडौं जिल्ला अदालतबाट अन्तरिम आदेश गराउने प्रयास गरेका श्रेष्ठले सो प्रयास असफल भएपछि गत पुस ७ गते एल्सनकी श्रीमती अपेक्षा श्रेष्ठको नाममा मुद्दा दायर गरेपछि १९ वटा बैंक तथा वित्तिय संस्थाले कर्जा असुलीको प्रक्रिया अघि बढाउन पाएका छैनन् । अदालती प्रक्रियामा खेल्न माहिर मानिएको लक्ष्मी बहादुर श्रेष्ठले बुहारीको नाममा दायर गरेको मुद्दा भने काठमाडौं जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।  गत पुसदेखि यता पनि पटक पटक मुद्दा पेशबाट हटाउँदै आएका श्रेष्ठ परिवारले गत बैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि भने अर्को नयाँ निहुँ पाएकाले धितोबापतको जमानत लिलाम गर्न पाउनु पर्ने सम्बन्धी अधिकार बिरुद्धमा परेको मुद्दा चाँडै टुङ्गो लागेर यसै आर्थिक बर्षभित्रमा कर्जा असुली गर्ने प्रक्रिया हुन गर्न सक्ने हो वा होइन भन्नेमा बैंक तथा वित्तिय संस्थाका अधिकारीहरु चिन्तित बनेका छन् । 

Posted on: 2015-Aug-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar