28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

भूकम्पमा खर्बौ रुपैंयाको संरचना ध्वस्त, पुननिर्माण कहिले?

9 - Aug-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
  बैशाख १२ गते, २९ गते त्यसपछि पटक पटक गएको भुकम्पकारण सरकारी तथा नीजि दुरसञ्चार प्रदायक कम्पनीहरुको एक सय ६३ वटा टावर ध्वस्त भएको छ । नेपाल दुर सञ्चार प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल टेलिकम, एनसेल र युटियलको काठमाडौ भक्तपुर, ललितपुुर सहित बिभिन्न १५ जिल्लाहरुमा रहेका टावहरु ध्यवस्त भएका हुन ।  नेपालमा अहिले पनि दुर सञ्चार प्रदायक कम्पनीहरुले नेटर्विर्कडको लागि बिश्वमा नै पुरानो प्रबिधि मानिएको रिपिटर टावर प्रयोग गर्दे आएको छ । यसको मुख्य काम एउटा टावरबाट अर्को टावर सम्म नेटवर्किडको काम गर्नु हो, तर भुकम्पकाकारण बिभिन्न स्थानमा रहेका यस्ता टावहरुमा क्षति पुगेपछि मोवाईलको नेटवर्कको समस्या उत्पन्न भएको छ । कुरा गर्दा नसुनिने, कुरा गर्दा गर्दे बिचमा काटिने फोन नलाग्ने लगायतमा समस्याहरु बढेकाछन ।  अहिले नेपालमा पुरानो प्रविधिका रिपिटर टावरहरू प्रयोगमा छन् । एउटा मोबाइलबाट गरेको सम्पर्कलाई अर्काे टावरसँग जोडेर नागरिकलाई मोबाइल सेवा दिनको लागि पुराना प्रविधिका यस्ता टावरहरू अग्ला ठाउँमा राख्नुपर्ने हुन्छ । तर, राजधानीमा यसरी अग्ला स्थानमा टावर राख्नको लागि खुल्ला स्थानको अभाव भएकोले घरहरूमाथि नै टावरहरू सञ्चालनमा ल्याइँदै आइएको छ । सरकारसँग यसरी घरधनीहरूले आफ्नो घरबाट टावरहरू प्रतिस्थापन गरेको खण्डमा राजधानीमा सञ्चारसम्पर्कलाई यथास्थितिमा सञ्चालनमा ल्याउने कुनै पनि वैकल्पिक प्रविधि छैन । नेपालबाहिर छिमेकी मुलुक भारतमै पनि कम तौलको प्रविधियुक्त एन्टेनाले मोबाइलको रिपिटर टावरको काम गर्ने भए पनि नेपाली टेलिकम कम्पनीहरूले कमिसनको खेलमा नयाँ प्रविधिको विकास नगरी पुरानै प्रविधिको प्रयोगले आम उपत्यकाबासी समेत जोखिममा पर्ने गरेका छन् । ‘तत्कालीन अवस्थामा त घरधनीहरूले टावर प्रतिस्थापन गरेको खण्डमा सञ्चारसम्पर्कविच्छेदको कुनै विकल्प छैन’ नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता अच्यूतानन्द मिश्रले भन्नुभयो ‘अहिले तत्कालको लागि नेपालमा त्यस्तो प्रविधिको विकास हुनसकेको छैन ।’ काठमाडौंमा टावर राख्नको लागि खाली ठाउँ पनि कतै नभएको र नयाँ प्रविधि प्रयोग गर्नसक्ने अवस्थामा घरबेटीहरूले पनि टावर राख्न नदिने भएमा राजधानीको सञ्चारसेवा नै बन्द हुने अवस्था रहेको जानकारी दिनुभयो ।  नेपालमा सञ्चालित छ वटा मोबाइल सेवाप्रदायक कम्पनीहरूले घरको कौसीबाट रिपिटर टावर सञ्चालनमा ल्याउँदै आएका छन् । तौलका हिसाबले छ देखि सात टनसम्म हुने यस्ता टावरहरू ग्राहकका लागि बढी प्रभावकारी बनाउन भन्दै धेरै अग्लो बनाउँदा पनि टावर वरपरका घरहरू असुरक्षित बन्नपुगेका हुन् । बिकसित राष्टहरूमा अत्याधुनिक प्रविधिले गर्दा एउटा एन्टेना राखेर मोबाइल सेवा सञ्चालनमा ल्याउने गरिए पनि नेपालमा तत्कालको लागि त्यस्तो प्रविधि सम्भव नहुने देखिएको छ । राजधानीमा विभिन्न मोबाइल सेवाप्रदायक कम्पनीका टावरहरू राख्दै आएका घरधनीहरूले भने यस्ता टावरहरूको तौल बढी हुने गरेकोले भूकम्पजस्ता दैवी प्रकोपको बेला आफ्नो घर असुरक्षित रहने गरेको भन्दै त्यस्ता टावरहरू हटाउन माग गर्न थालेकाछन । वि.सं. २०६९ सालमा बढीमा सात मिटरभन्दा अग्ला रिपिटर टावरहरू बनाउन नपाइने नीति बनाए पनि त्यो कार्यान्वयनमा आउन नसक्दा टेलिकमहरूले गगनचुम्बी टावरहरू निर्माण गर्ने गरेका हुन । उपत्यकामा घरधनीहरूले टावर राखेबापत मासिक १० देखि १५ हजारसम्म लिने गरेका प्राधिकरणका कर्मचारीहरु बताउँछन ।  प्राधिकरणको तथ्याङ्कअनुसार देशका भूकम्प प्रभावित जिल्लाहरूमा रहेका कुल टावरमध्ये एक सय ६३ वटा टावरमा क्षति पुगेको छ । यसमा नेपाल टेलिकमका टावरहरू बढी रहेका छन् । भूकम्प प्रभावित १८ जिल्लामा रहेका कुल सात सय ९८ वटा टावरमध्ये ९१ वटा टावरमा क्षति पुगेको छ । त्यस्तै निजी लगानीका एनसेल र यूटीएलका टावरहरूमा पनि धेरै क्षति भएको छ । त्यसमध्ये एनसेलको भूकम्प प्रभावित १८ जिल्लामा रहेका पाँच सय ९६ वटा टावरमध्ये ५० वटा टावरले भूकम्पबाट क्षतिग्रस्त बनेपछि काम गर्नछाडेका छन् भने टेलिकम कम्पनी यूटीएलको पनि ३८ वटा टावरमध्ये २२ वटामा क्षति पुगेको प्राधिकरणले जनाएको छ । बाँकी तीनवटा टेलिकम कम्पनीहरू भने भूकम्पप्रभावित क्षेत्रमा नपरेकाले कुनै पनि क्षति नभएको प्राधिकरणले जानकारी दिएको छ ।    बक्स चार्ट बनाएर राख्ने बिभिन्न जिल्लाहरुमा भएको क्षतिको पछिल्लो अवस्था    नेपाल टेलिकम एनसेल यूटीएल जम्मा टावर  संख्या क्षति पुगेका टावर संख्या जम्मा टावर संख्या क्षति पुगेको टावर संख्या जम्मा टावर संख्या क्षति पुगेको टावर संख्या भक्तपुर ५५१ ४१ ३० २ २ १ काठमाडौं २४२ २६ १९ १० ललितपुर ७५ ३ ५ २ सोलुखुम्बु १४ ५ १० २ – – ओखलढुङ्गा ८ १ ३ ० – – धादिङ १७ १ ३१ ० २ २ दोलखा १४ १० ४ २ – – गोरखा ३६ ७ ४० १ २ १ काभ्रेपलाञ्चोक ३४ ३ ३३ ० ३ २ लमजुङ २७ १ १३ १ १ १ मकवानपुर ४७ २ ४४ ० – – नुवाकोट १० १ २५ ५ १ १ रामेछाप १७ ७ ७ २ – – रसुवा ४ २ ६ ० – – सिन्धुपाल्चोक १९ १० २३ ६ – – जम्मा ७९८ ९१ ५९६ ५० ३८ २२ दूरसञ्चार प्राधिकरण   

Posted on: 2015-Aug-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar